सप्तरी,पुष २७ गते । इट्टा भट्टाको पर्खाल खसेर एक जना मजदुरको मृत्यु भएको छ भन्ने दुई जना गम्भीर घाइते भएका छन् ।
सप्तरीको रुपनीसमा रहेको विशाल ईट्टा भट्टाको पर्खाल जिउमा खसेर गम्भिर घाइते सप्तरी जगमोहनकी ४७ वर्षीया जतरीदेवी सदाको उपचारको क्रममा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले बताए ।
त्यसैगरी घाइते हुनेमा सोही भट्टामा कार्यरत ५० वर्षीय मंगल सदा, ४५ वर्षीय रमेश लोधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी (प्रवक्ता) डिएसपी माधवप्रसाद काप्लेले जानकारी दिए ।घाइतेहको अस्पतालमा उपचार भइरहेको काफ्लेले भनाई रहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




















