सिरहा,पुष २६ गते – डा. अम्बेडकर कुमार यादवले ४ वर्षदेखि यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखाको मेडिकल टेण्डरमा एकलौटी रजाई गरीरहेका छन् ।

वि.स. २०७४ सालमा मेडिकल टेण्डर प्राप्त गरेदेखि हरेक वर्षमा पुनः टेण्डर आह्वान हुनुपर्नेमा त्यसो नभएर लगातार डा= यादवले नै कब्जा जमाएर बसेको पाइएको छ । आफ्नो जिम्मामा टेण्डर परेपनि आफूले काम नगरी अरु २ जना चिकित्सकलाई राखेर डा। यादवले रौतहटको चन्द्रपुरस्थित अस्पतालमा काम गरीरहेको तथ्य बाहिरिएको हो । हरेक वर्षको ७ महिना ३० गते टेण्डरको मिती सकिने र ८ महिना १ गते पुनः टेण्डर आह्वान गर्नुपर्ने प्रावधान रहेपनि उक्त प्रावधानको खिल्ली उडाउँदै डा।

यादवले रजाई गरीरहेका छन् । एनएमसी नम्बर १५४०२ रहेका डा। यादवले डा. रामएकवाल राय र डा. रमेश महतोलाई निरोगिता प्रमाण पत्र प्रदान गर्ने जिम्मेवारी सुम्पिएका छन् । अरुलाई काम लगाए पनि डा। यादव बेला बेला आएर निरीक्षण गर्नु पर्नेमा उनी लामो समयदेखि कार्यालयमा अनुपस्थित छन् । प्रति व्यक्ति निरोगिता प्रमाण पत्रबापत रु १ सय र रक्त समुह परीक्षणको रु ५० का दरले डा। यादवले टेण्डर पाएका थिए । सोही दरलाई आधार मानेर प्रतिदिन निरोगिता प्रमाण पत्र र रक्त समूह परीक्षण बापत झण्डै ६० हजारको हाराहारीमा रकम संकलन हुने गरेको छ । अर्थात १ वर्षमा लगभग १ करोड ६० लाख रकम हुन जान्छ । स्वास्थ्य परीक्षण गरेबापत डा। यादवले १५ प्रतिशत टिडिएस तिर्नुपर्ने सरकारी प्रावधान रहेको छ । तर यादले ४ वर्षदेखि करोडौँ रकमको टिडिएस नतिरेर सरकारको राजस्वसमेत छली गरेको पाइएको स्रोतले जनाएको छ