सिरहा,पुष २६ गते –  सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । गत शुक्रबारदेखि प्रति तोला ९१ हजार ६ सय रुपैयाँमास्थिर रहेको छापावाल सुनको मूल्य सोमबार ९१ हजार तीन सय रुपैयाँमा झरेको छ ।

यस्तै सोमबारका लागि तेजावी सुनको मूल्य ९० हजार ८ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेर कारोबार भइरहेको छ । सोमबार चाँदीको प्रतितोला मूल्य एक हजार दुई सय २० रुपैयाँ तोकिएको छ