स्याङ्जा,पुष २६ गते – ज्यानसम्बन्धी कसुरमा ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। पक्राउ पर्नेमा स्याङ्जा आँधीखोला गाउँपालिका १ का वर्षीय भिमबहादुर सुनार, १८ का सुनिल विक, २४ का दिनेश ९रेवत० पौडेल, ३७ का धनबहादुर विक, २४ का ९गोबिन्द० फुननारायण अधिकारी र २८ का साजन कामी रहेको प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए।उनका अनुसार, पुस २० गते राती अन्दाजी १० बजे आँधीखाला गाउँपालिका १ कालिखर्क जंगलमा अबैध भरुवा बन्दुकसहित वन कुखुरा मार्न गएका ७ जना मध्ये सोही स्थान बस्ने २७ वर्षीय मनोज विकको बन्दुकको छर्रा (गोली) लागि घटनास्थलमै मृत्यु भएपछि फरार
काठमाडौं,पुष २६ गते – रामेछापको गेलुमा कार्यरत एक शिक्षक विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। मन्थली नगरपालिका(११ स्थित शारदा मावि गेलुमा कार्यरत शिक्षक दिनेशकुमार गुप्तालाई कक्षा ९ मा अध्ययनरत बालिकामाथि बाल यौन दूर्व्यवहार गरेको आरोपमा आइतबार पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार कक्षा ९ मा अध्यनरत बालिकालाई आइतबार बिहान विद्यालयको बाटो हुँदै घर आउनेक्रममा जबरजस्ती कोठाभित्र लगेर संवेदनशिल अंगहरुमा समाई बालिकालाई दुर्व्यवहार गरेका थिए। घटनाको प्रारम्भिक अनुसन्धानमा ‘गुप्ताले उत्तर पुस्तिका जाँच भइ सकेको छ हेर्न आउ भनि बोलाउँदा सरले कक्षा
कर्णाली, पुष २६ गते – वीरेन्द्रननगर नगरपालिका–१० सुर्खेतस्थित इगरब्रिज बोडिङ स्कुलमा आइतबार बिहान आगलागी हुँदा रु तीन लाख बराबरको क्षति भएको छ । भुइँ तलामा रहेको छात्रावासको भान्सामा नयाँ ग्यास सिलिण्डरमा जडान गरी लाइटर बालेर जाँच गर्दा एक्कासि ग्यास सिलिण्डबाट आगलागी भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।उक्त आगलागीबाट स्टोरमा रहेको खाद्यान्न भाडावर्तन फर्निचरका सामान जलेर पूर्णरुपले नष्ट भएको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिए पनि आगलागीबाट रु तीन लाख २०० बराबरको क्षति भएको छ । त्य
सिरहा,पुष २६ गते – डा. अम्बेडकर कुमार यादवले ४ वर्षदेखि यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखाको मेडिकल टेण्डरमा एकलौटी रजाई गरीरहेका छन् ।वि.स. २०७४ सालमा मेडिकल टेण्डर प्राप्त गरेदेखि हरेक वर्षमा पुनः टेण्डर आह्वान हुनुपर्नेमा त्यसो नभएर लगातार डा= यादवले नै कब्जा जमाएर बसेको पाइएको छ । आफ्नो जिम्मामा टेण्डर परेपनि आफूले काम नगरी अरु २ जना चिकित्सकलाई राखेर डा। यादवले रौतहटको चन्द्रपुरस्थित अस्पतालमा काम गरीरहेको तथ्य बाहिरिएको हो । हरेक वर्षको ७ महिना ३० गते टेण्डरको मिती सकिने र ८ महिना १ गते पुनः टेण्डर आह्वान गर्नुपर्ने प्रावधान रहेपनि उक्त प्रावधानको खिल्ली उडाउँदै डा। यादवले रजाई गरीर
सिरहा,पुष २६ गते – सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेको छ । गत शुक्रबारदेखि प्रति तोला ९१ हजार ६ सय रुपैयाँमास्थिर रहेको छापावाल सुनको मूल्य सोमबार ९१ हजार तीन सय रुपैयाँमा झरेको छ ।यस्तै सोमबारका लागि तेजावी सुनको मूल्य ९० हजार ८ सय रुपैयाँ तोकिएको छ भने चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेर कारोबार भइरहेको छ । सोमबार चाँदीको प्रतितोला मूल्य एक हजार दुई सय २० रुपैयाँ तोकिएको छ
सिरहा,पुष २६ गते – नेपाल कम्युनिस्ट पार्टी (एमाले) को यही पुस २३ गते ६३ जिल्लामा एकैसाथ सुरु भएको अधिवेशनले ३१ जिल्लामा अध्यक्षसहितको नेतृत्व चयन गरेको छ । आइतबार साँझसम्म ३४ जिल्ला र दुईवटा विशेष जिल्ला कमिटीले नयाँ नेतृत्व निर्वाचित गरेको प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।एमाले झापाको अध्यक्षमा दीपक कार्की, पाल्पामा धनेन्द्रराज घिमिरे, दाङमा हुकुमबहादुर बस्नेत र डोल्पाको अध्यक्षमा शेरबहादुर बुढा निर्वाचित हुनुभएको छ । सल्यानमा गोविन्द पुन, बर्दियामा लालबहादुर श्रेष्ठ, बाँके किस्मतबहादुर कक्षपति तथा धादिङको अध्यक्षमा भूमि त्रिपाठी निर्वाचित हुनुभएको सो पार्टी
सिरहा,पुष २६ गते – राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा पाँचौ संस्करणको प्रधानमन्त्री कप आज सोमबारदेखि सुरु हुँदैछ ।यसअघिका चार संस्करण एकदिवसीय फर्म्याटमा भएको थियो । तर आगामी फेब्रुअरीमा ओमान हुने टी– २० विश्वकप ग्लोबल क्वालिफायरलाई मध्यनजर गर्दै यसपटक टी– २० फर्म्याटमा खेलाइँदैछ ।त्यसैले यसपटक खेलाडीहरूका लागि राम्रो प्रदर्शन गर्दै राष्ट्रिय टिमको क्याम्पमा पर्ने अवसरसमेत छ । यसअघि नै मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राष्ट्रिय टिमको लागि क्याम्पमा ३० खेलाडी बोलाएर प्रशिक्षण सुरु गरिसकेका छन् । ती खेलाडीले पनि प्रधानमन्त्री कप खेल्नेछन् र र
मोरङ, धनपालथान गाउँपालिका– २ बरियाती टोलबाट करिब ३ किलो १ सय ५ ग्राम अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ४० वर्षीय वसन्त पासवानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी अमाहिवरियातीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । साथै उक्त गाँजा ओसारपसारमा संलग्न रहेको अभियोगमा सुनसरी धरान उपमहानगरपालिका– १६ बस्ने ३६ वर्षीय रबिन राईलाई नगद २० हजार ५ सय रुपैयाँ र सोही ठाउँ बस्ने २९ वर्षीय वचन राईलाई प्रदेश नम्बर १-०२०-०४५ प. २६९९ नम्बरको मोटरसाइकल सहित प्रहरीले नियन्त्रणमा लिएको छ । मेचीनगर नगरपालिका– १
बाँके,पुष २६ गते – नेपालगंज उपमहानगरपालिका– २० मनिकापुरबाट १ थान कटुवा पेस्तोल सहित सोही उपमहानगरपालिका– १३ बस्ने २६ वर्षीय पंकज कुर्मीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पेस्तोल सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ
काठमाडौँ, पुष २६ गते – काठमाडौँको नागढुङ्गा र धादिङको नौबिसे सुरुङ मार्गले आकार लिन लाग्दा अरू पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि सरकारले प्रक्रिया थालेको छ । पहाडी क्षेत्रका पाँचवटा सडकखण्डमा सुरुङ निर्माण गर्ने प्रक्रिया अगाडि बढाइएको छ । बागलुङ–बिहुँ–नरेठाँटी सुरुङ मार्ग बागलुङ, फुस्रेखोला–छोरेपाटन (पोखरा)–स्याङ्जा–गुडीखोला सडक सुरुङ कास्की–स्याङ्जा, रारा राजमार्गअन्तर्गत कुशेपाटन–जाजरकोट (ब्याउलीढुङ्गा)–जुम्ला (इमलिचा खोला), प्रवाश–जोरटे (पाल्पा) र भक्तपुरको ताथली–सिन्धुपाल्चोकको रविओपी सडकमा सुरुङ निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको हो । सडक विभागले ती सुरुङ मार्गको स
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.