सिरहा,पुष २८ गते । अबैध रुपमा ओसार पसार गरी ल्याउदै गरेको साईकल र साल काठ डिभिजन वन कार्यालय लहान सिरहाले बरामद गरेको छ । 

सब डिभिजन वन कार्यालय चोर्हवा अन्र्तगत रहेको वन क्षेत्र भित्र अबैध रुपमा राती ३ बजेको समयमा साईकलमा लोड गरी ल्याउदै गरेको अबस्थामा पक्राउ गरेको डिभिजनल वन अधिकृत सुभाष चन्द्र दासले बताउनु भयो । 

दासका अनुसार विशेष सुचनाको अधारमा सब डिभिजन वन कार्यालय चोर्हवा र डिभिजन वन कार्यालयबाट खटिएका गस्ती टोलीले ८ थान सालको फेन्टा र ४ थान साईकल सहित पक्राउ गरेको बाताउनु भयो । 

चुरे पहाडबाट अबैध रुपमा चोरी निकासी गर्दै ल्याईरहेको अबस्थामा वन कर्मचारीहरुलाई देखेपछि तस्कर फरार भएको जम्दार योगेन्द्र प्रसाद यादबले बताए । यस अधि पनि डिभिजन वन कार्यालय लहान,सिरहाले भारी मात्रामा सालकाठ पक्राउ गरेको बताए ।