सिरहा,पुष २८ गते –  बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा सुनको मूल्य प्रतितोला ४०० ले बढेको हो। 

त्यसैगरी चाँदीको मूल्य पनि आज प्रतितोला पाँचले बढेको छ। महासङ्घका अनुसार मूल्य बढेसँगै छापावाल सुन प्रतितोला ९२ हजारमा कारोबार भएको छ। तेजावी सुन तोलाको ९१ हजार ५०० पुगेको छ। चाँदी प्रतितोला एक हजार २३५ पुगेको छ