सिरहा,पुष २८ गते – मकवानपुर, रुपन्देही, बाँके, कैलाली, धनुषा, मोरङ, सिरहा र कपिलवस्तुका छुट्टाछुट्टै स्थानबाट बिभिन्न लागूऔषध सहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 मनहरी गाउँपालिका– ८ सिमपानीबाट २० किलो ५ सय ग्राम अवैध लागूऔषध चरेस र १० किलो अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ सहित राक्सिराङ गाउँपालिका– ६ बस्ने ३३ वर्षीय सन्त बहादुर थिङ सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । चिवतनबाट हेटौंडातर्फ जाँदै गरेको लु।३ च ९७४ नम्बरको पिकअप गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी गाडी चालक थिङ समेत ३ जनालाई पक्राउ गरेको हो ।

 तिलोत्तमा नगरपालिका– ७ भलवाडीबाट विभिन्न लागूऔषध सहित भारत महाराजगंज नौतुनुवा बस्ने २० वर्षीय  सेहावाद आलम लगायत ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुटबलबाट खटिएको प्रहरीले उनीहरुको साथबाट ३ ग्राम ८ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ  र नियन्त्रित लागूऔषध १२ चक्की स्पास्मो, ६ चक्की नाइट्रोभेट, नगद १८ हजार ९ सय रुपैयाँ र ६ थान मोबाइल सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

  नेपालगंज उपमहानगरपालिका– २० राझा चोकबाट नियन्त्रित लागूऔषध ४ लिटर कोरेक्स र १ हजार क्याप्सुल ट्रामाजोल सहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका– १० बस्ने ४२ वर्षीय बिबेकसिल मल्ललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले उनले बोकेको कार्टुमा राखेको उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

नेपालगंज उपमहानगरपालिका– १५ जमुनाहबाट १६ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित दाङ घोराही उपमहानगरपालिका– १३ बस्ने ३६ वर्षीय अरुण रोका मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

 धनगढी उपमहानगरपालिका– ३ बोराडाडीबाट ११ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २७ वर्षीय अशोक पाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको   हो ।

 औरही गाउँपालिका– १ पौडौश्वरबाट २ सय ५० ग्राम अवैध लागूऔषध गाँजा, नियन्त्रित लागूऔषध १२ ट्याब्लेट नाइट्राभेट र ४ क्याप्सुल स्पास्मो प्रोक्सभिन प्लस सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षीय अजय सहनी र ४२ वर्षीय कृष्णा सहनी रहेका छन् । ज।३ प ८९५० नम्बरको मोटरसाइकललाई प्रहरी चौकी कपिलेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक अजय र मोटरसाइकलमा सवार कृष्णालाई पक्राउ गरेको हो ।

  रतुवामाई नगरपालिका(३ माहादेवाबाट १८ ग्राम अवैध लागूऔषध ब्राउनसुगर र ५ लिटर कोरेक्स जस्तो देखिने वस्तु सहित झापा गौरीगंज गाउँपालिका(५ बस्ने ३५ वर्षीया सरस्वती शाहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेकी उनलाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

    सिरहा, लहान नगरपालिका– १२ पडरिया चोकबाट करिब ५ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद ११ हजार रुपैयाँ सहित सोही ठाउँ बस्ने प्रशान्त चौधरी लगायत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

 मायादेवी गाउँपालिका– १ ईमिलियाबाट नियन्त्रित लागूऔषध १ सय ३३ ट्याब्लेट उइनस्पास्मो र ९ ट्याब्लेट नाइट्राभेट सहित शुद्धोधन गाउँपालिका– १ बस्ने २१ वर्षीय रेशम थारुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ