काठमाडौं, माघ ३ गते – नेपालमा कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको झन्डै ९० लाख डोज खोप मौज्दात रहेको छ । यद्यपि अझै ३९ प्रतिशत लक्षित वर्गका नागरिकले खोपको दोस्रो मात्रा लगाउन पाएका छैनन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पहिलो खोप नै नलगाएका नागरिकको सङ्ख्या २० दशमलव ५ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। सङ्गीता मिश्राका अनुसार १८ वर्षमाथिका एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ तर खोप सुरु भएपछि आइतबारसम्मको तथ्याङ्कअनुसार देशभरि दुई करोड ७९ लाख ६५ हजार पाँच सय मात्रा खोप लगाइएको जनाइएको छ ।मन्त्रालयका अनुसार लक्षित नागर
सिरहा ३ माघ – सिरहाको गोलबजार नगरपालिका वडा नं। १० धोवियाधारमा रहेका ४० घरपरिवारको मुसहर बस्तिको जनजीवन जाडोले प्रभावित भएको छ । पूर्व–पश्चिम राजमार्गको गोलबजारबाट करिव ५ किलोमिटर उत्तरी चुरे क्षेत्रमा रहेको उक्त बस्तिका स्थानीयहरु जाडोले कठ्याङ्ग्रिएको छ । हुस्सु र शितलहरले तराइनै चिसिएको बेला यहाँका विपन्न मुसहरहरुको अवस्था अझै कष्टकर भइरहेको छ । चार छोरारछोरी र श्रीमति सहित छ जनाको परिवार रहेका शिवु सदाय खरले बारेको छाप्रोमा वस्छन् । मुस्किले चिसो शिरेटो छेक्ने छाप्रोभित्र उनीहरुको ओछ्यान चिसो भुईमा पराल र ओड्ने पातला कपडाले मात्र रात बिताउनु पर्ने बाध्यता छन् । छोरा छोरीप
कलैया,पुष ३ गते – ईलाका प्रहरी कार्यालय सिमरा ,बाराले लाखौँ मुल्य बराबरको भन्सार छलीको गहना सहित एक जनालाई पक्राउ गरेको छ ।बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप–महानगरपालिका–।१ स्थित नेपाल टेलिकम अगाडि गहना सहित एक जनालाई पक्राउ गरेको हो । गहना सहित पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला ढाका बस्ने बर्ष २३ का सुनिल गुप्ता रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । वीरगञ्ज पथलैयातर्फ जाँदैँ गरेको ना ३३ प ८५२६ नम्बरको मोटरसाईकलको तेल ट्याङ्कीको भित्र फल्स बट्न बनाई लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा ११ लाख ३५ हजार ९ सय ७३ रुपैया ब
कलैया,माघ ३ गते – जिल्ला प्रहरी कार्यालय बाराले एक बालिकालाई जबर्जस्तीकरणी गर्ने घट्नामा संलग्न दुइ जनालाई पक्राउ गरेको छ ।आदर्श कोतवाल गाउंपालिका–।७ कोतवाली टोल बस्ने मोतिलाल साह कानूको छोरी वर्ष ९ की रुपमाला कुमारी साहको जबर्जस्ती करणी गरी हत्या गरेको घट्नामा उनीहरु संलग्न थिए । पक्राउ पर्नेमा आदर्श कोतवाल गाउंपालिका–८ टोल कोतवाली बस्ने बर्ष २० का सन्तोष साह कानु र बर्ष ४० का शान्ति देबी रहेका छन् । कानुले बालिका बाख्रा चराउन गएको बेला तिर्खा लागेर पानी खान जाँदा जबर्जस्तीकरणी गरी हत्या गरेको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिए । पक्राउ परेकी अर्का अभियुक
काठमाडौं, माघ ३ गते – रोग निको हुने अन्धविश्वासका कारण धामी झाँक्रीकहाँ धाउने प्रचलन कायमै छ । समाजका शिक्षित व्यक्तिसमेत झारफुक गरी रोग बिसेक हुने विश्वासमा धामी झाँक्रीकहाँ पुग्ने गरेका छन् । झारफुकमै विश्वास गर्दा कतिपयले ज्यानसमेत गुमाउनुपरेको छ ।टोलमा टाँगिएका ‘झारफुकबाट सबै रोगको उपचार गरिन्छ’ वा ‘टुनामुनाबाट मोहनी लगाउने र फुकाउने काम गरिन्छ’ भन्ने जस्ता प्रचार सामग्रीका पछाडि कुद्नेहरू पनि उत्तिकै हुने गरेका छन् । प्रहरी प्रवक्ता ९डीआईजी० मुकुन्दराज आचार्यले धामी झाँक्री वा मातासँग उपचार गराउने नाममा गएको साउन यता पाँच जनाले ज्यान गुमाइसकेको बताउनुभयो । प्रहरीका अनुसार बोक्सीको आरोप लग
काठमाडौँ, माघ १ गते – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न समुदायमा मनाइने माघे सङ्क्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।माघे सङ्क्रान्ति वा मकर सङ्क्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले हर्षोल्लास पूर्वक मनाउने परम्परा रही आएको तथा थारू समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा धुमधामसँग मनाइने प्रचलन रहेको उल्लेख गर्दे उहाँले विविधतापूर्ण नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न माघी पर्वले योगदान गरिरह
सिरहा,माघ १ गते – महोत्तरीको गौशाला बजारमा प्रहरी कार्यालय नजिकै रहेको एउटा मोबाइल पसलबाट बीस लाख बराबरको सामान चोरी भएको छ। रातीको समयमा गौशाला बजारस्थित मिथिलाञ्चल कम्प्युटर कम्पलेक्सबाट मोबाइल तथा इलेक्ट्रोनिक्स समान चोरी भएका हुन्।पक्राउ पर्ने डरले पसलमा जडान गरिएको सिसिक्यामेराको बक्स पनि चोरी गरेर लगेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु प्रदिप बस्यालले जानकारी दिए। पसलको मूल गेटको ढोका फुटाएर अज्ञात समूहले चोरी गरेको उनले बताए। घटना स्थलबाट प्रहरी कार्यालय करिब २ सय मिटरको दुरीमा छ। चोरले विभिन्न किसिमका २ सय ३१ थान मोबाइल चोरी गरेर लगेको पसल सञ्चालक संजित यादवले बताए।
सिरहा,पुष ३० गते – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ सय रुपैयाँले बढेको हो ।बिहीबार प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेका महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा २०० रुपैयाँले नै बढ्दै ९२ हजार २०० रुपैयाँ पुगेको छ। चाँदीको मूल्य भने बिहीबारको मूल्यमा पाँच रुपैयाँले बढ्दै एक हजार २६० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ
वीरगन्ज,पुष ३० गते – वीरगन्जमा ९ दिन पहिले मृत अवस्थामा भेटिएका भारतीय इ–रिक्सा चालकको हत्या पुुरानो झगडाको रिसइबी र आर्थिक प्रलोभनका कारण गरिएको खुलेको छ। भारत बिहारको बैशाली जिल्लाको महुवा घर भइ हाल वीरगन्ज—३ छपकैयामा बसेर इ–रिक्सा चलाउँदै आएका ४५ वर्षीय मुख्तार मियाँ पुष २२ गते वीरगन्ज—२३ इटियाहीस्थित कुलो नजिक मृत अवस्थामा फेला परेका थिए। पुष २१ गते साँझ वीरगन्जको नारायणी अस्पताल छेउबाट बिरामी लिन भनेर इ–रिक्सा लिएर हिडेका मुख्तार पुष २२ गते अपरान्ह इटियाहीमा मृतफेला परेका थिए। पक्राउ पर्नेमा भारत बिहारको मोतीहारी घर भई हाल वीरगन्ज—३ छपकैयामा बस्दै आएका इ–रिक्सा चालक ३० वर्षीय सुनिल क
सिरहा,पुष ३० गते – झापाको दमक नगरपालिका– २ हुम्से– दुम्से सामुदायिक जंगलबाट अवैध लागूऔषध गाँजा १२ किलो र चरेस ६ ग्राम २ सय ६० मिलिग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईलाम माईसेबुङ गाउँपालिका– २ बस्ने ३२ वर्षीय दिपेन्द्र राई र सोही ठाउँ बस्ने १९ वर्षीय नुवसन मुखिया रहेका छन् । प्रहरी चौकी बागखोरबाट खटिएको प्रहरीलाई देख्नासाथ मे. ३ प ५६६२ नम्बरको मोटरसाइकलमा सवार उनीहरु भागेपछि तत्काल नियन्त्रणमा लिएर जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला अदालत झापाबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.