सिरहा,माघ ५ गते – कञ्चनपुर, बेलौरी नगरपालिका– ६ बुटाबारीबाट करिब ७ ग्राम ५८ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित कैलाली धनगढी उपमहानगरपालिका– २ बस्ने ३३ वर्षीय राजेश स्वारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । से.५ प ८७४८ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
सितगंगा नगरपालिका– ८ सातमाराबाट करिब १ किलो ४ सय ३० ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ राप्ती गाउँपालिका(१ पुलचोक बस्ने ४३ वर्षीय बिर बहादुर खत्री र सोही ठाउँ बस्ने ३७ वर्षीय मनोज थापा रहेका छन् । ईलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त बस्तु सहित पक्राउ गरेको हो ।
बराहक्षेत्र नगरपालिका– ६ ठाकुर बारीबाट करिब ६ किलो अवैध लागूऔषध गाँजा सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका(३ बस्ने २८ वर्षीय नगेन राई र उदयपुर चौदण्डी नगरपालिका(१ बस्ने ३२ वर्षीय नबहाङ किराती राई रहेका छन् । ईलाका प्रहरी कार्यायल महेन्द्रनगरबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
मनहरी गाउँपालिका– ९ खरंगाबाट करिब ४ किलो अवैध लागूऔषध गाँजा सहित सोही ठाउँ बस्ने ४९ वर्षीय राम बहादुर घलानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उनले लागूऔषध गाँजा बिक्री गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




















