काठमाडौं,माघ ५ गते – राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक परीक्षण ९क्वालिब्रेसन फ्लाइट० का लागि एरोनटिकल रेडियो अफ थाइल्याण्ड ९एरोथाई०को टोली माघ १० गते नेपाल आउने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरका अनुसार एरोथाईको टोली क्क्यालिब्रेसन फ्लाइटको स्थलगत अध्ययनका लागि माघ १० गते नेपाल आउने बताउनुभएको छ । टोलीले अर्र्को दिनबाट नै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बारेमा अध्ययन गर्ने उहाँले बताउनुभयो । टोलीको अध्यनका आधारमा क्यालीब्रेसन फ्लाइट गरीने ठाकुरले बताउनुभयो ।
टोलीको अध्यननले अनुमति दिए माघ २७ गते क्यालीब्रेसन फ्लाइट गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको तयारी छ । ‘एरोथाईको टोली माघ १० मा नेपाल आउदै छ ।उसले अध्ययन गरेपछि क्यालिब्रेशन उडान गर्न सुझाव दिन्छ । त्यससपछि हामी उहान गर्नेछौँ,’ प्राधिकरणका नि। महानिर्देशक ठाकुरले भन्नुभयो ‘यदि टोलीले अनुमति प्रदान गरे माघ २७ मा क्वालिब्रेसन फ्लाइट गर्ने योजनामा छौँ ।’
मंसिर महिनामा क्यालिब्रेशन उडान गर्ने भनिए पनि भिजिबिलिटी कम र कोरोना संक्रमणको जोखिम बढेकाले टोली नेपाल आएको थिएन । क्यालीब्रेसन उडान गर्न धेरै ढिलो भइसकेकाले अव भने मिति नसारिने ठाकुर बताउनुहुन्छ । उडानका लागि पाँच किलोमिटर सम्मको भिजिबिलिटी आवश्यक पर्दछ भने दिनको छ घण्टा क्यालिब्रेसन फ्लाइट गर्नुपर्दछ ।
क्यालिब्रेशन फ्लाइटमा धावनमार्गको एलाइनमेन्ट, बत्ती, उपकरण जाँच गर्ने र सबै चिजको रिपोर्ट ठीक भएपछि परीक्षण उडान गर्नुपर्ने नियम छ।क्यालिब्रेशन फ्लाइटपछि के हुन्छ रु क्यालिब्रेशन फ्लाइटपछि सञ्चार, कन्ट्रोल टावरसहित विमानस्थलमा जडित उडान–उपकरणहरुले काम गरे–नगरेको पत्ता लाग्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनमथ ठाकुरले बताउनुभयो ।
कम्यूनिकेशन र कन्ट्रोल टावरसँग सम्बन्धित उपकरणको परीक्षण सफल भएपछि भने जहाज उडान÷अवतरणको बाटो खुल्नेछ । त्यसपछि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनबाट मान्यताप्राप्त रुट स्थापित गर्नुपर्ने प्रावधान छ ।ठाकुरका अनुसार भैरहवा विमानस्थलमा फ्लाइट क्यालिब्रेसन सकिएपछिको तीन महिनामा विमानस्थल व्यवसायिक उडानका लागि योग्य बन्नेछ । त्यसपछि प्राधिकरण आफैले परीक्षण उडान गरी अन्तर्राष्ट्रिय उडानका लागि यो विमानस्थल खुला गर्नेछ




















