काठमाडौँ, माघ ८ गते । काठमाडौँ उपत्यकालगायत देशका मुख्य सहरमा सिटामोललगायतका औषधि अभाव भएको गुनासो आइरहँदा सरकारले सिटामोलसहितका अन्य औषधिको अभाव नहुने विश्वास दिलाएको छ । सबै प्रदेशमा गरी एक करोड ३३ लाख ४२ हजार ट्याब्लेट सिटामोल वितरण गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले सिटामोललगायत औषधिको अभाव नभएको जानकारी गराउनुभयो । उहाँले केन्द्रीय मेडिकल स्टोर बाराबाट सातवटै प्रदेशलाई सिटामोल वितरण गरिएको बताउनुुभयो । प्रदेश १ को प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरलाई २७ लाख ६४ हजार ट्याब्लेट सिटामोल वितरण गरिएको उहाँले जानकारी दिनुभयो । यस्
सिरहा,माघ ७ गते । अबैध रुपमा लुकाई छिपाई राखिएको अबस्थामा सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १२ सिमलटोकीबाट तीन लाख ७० हजार मूल्य बराबरको सालको काठ सहित ३ जनालाई डिभिजन वन कार्यालय सिरहा, लहानले पक्राउ गरेको छ । वन कार्यालयका रेञ्जर देबेन्द्र पासवानको नेतृत्वमा खटिएको गस्ति टोलीले सो ठाउँमा छापा मार्दा काठको काम गरिरहेको अबस्थामा अवैध काठसहित स्थानीय देब नारायण महतो,श्याम सुन्दर महतो र सोही नगरापालिका वाड नं. ४ वस्ने प्रविण महतोलाई पक्राउ गरिएको जनाइएको छ ।डिभिजन वन कार्यालयका डिभिजनल प्रमुख सुभाषचन्द्र दासका अनुसार आँपको बंगैचाको विभिन्न ठाँउबाट लुकाई छिपाई राखेको अबस्थामा झण्डै ५६ क्यू.
जनकपुर माघ ७ गते । मधेस प्रदेशमा पछिल्लो सात दिनको अवधिमा तीन गुणाले कोरोना संक्रमित बिरामी वृद्धि भएको छ । प्रदेशका जिल्लाहरुमध्ये सबभन्दा बढी धनुषामा ३४७ जना संक्रमित छन । तर, कोभिड अस्पतालमा कोरोना संक्रमित बिरामीको संख्या शून्य जस्तै छ ।जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमित बिरामीको उपचारका लागि पुनः कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानले सञ्चालनमा ल्याएको एक सय शैयाको कोभिड विशेष अस्पतालमा भेन्टिलेटर र आइसीयू २०÷२० बेडको व्यवस्था रहेको प्रतिष्ठानका उपकुलपति प्रा।डा। रामकेवल साहले जानकारी दिनुभयो । तर, संक्रमितको संख्या अत्यधिक रहेको भए पनि अस्पता
सिरहा,माघ ६ गते । पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस (कोभिड)१९ को संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने ६४९ जना निको भएका छन् ।
सिरहा, माघ ५ गते । धनगढीमाई नगरपालिका वडा नं. ५ मोथियाहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस र एमाले परित्याग गरी दर्जनौ नेता कार्यकर्ता पुनः माओवादी केन्द्रमा प्रवेश गरेका छन् । यस अघि नेपाली कांग्रेसबाटै धनगढीमाई नगरपालिका वडा नं. २ स्थित भवानीपुरका नेपाली कांग्रेसबाट निर्वाचित पूर्व गा.वि.स.अध्यक्ष गहुमलाल चौधरीको नेतृत्वमा सयौं नेता कार्यकर्ता प्रवेश भएका थिए । नेकपा माओवादी केन्द्र धनगढीमाई नगरपालिका ५ नं. वडा कमिटीद्वारा आयोजित कार्यक्रममा नव प्रवेशीहरुलाई फुलमाला र अबिर लगाई माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् धनगढीमाई नगरपालिकाका नगरप्रम्ुख हरिनारायण चौधरीले स
महोत्तरी, माघ ५ गते – घरघरै रुघाखोकीका बिरामी बढ्दै गएपछिे भङ्गाहा–४ रामनगरमा चिन्ता छाएको छ । सो क्षेत्रमा यस वर्षको गत वैशाख र जेठ महिनामा मात्र २२ जनाको मृत्यु भएको बताइएको छ । घरघरमा रुघाखोकीका बिरामी थपिँदै गएपछि बस्तीमा चिन्ता छाएको हो ।सत्तरी वर्षीय इस्लाम राइन भन्नुहुन्छ, “अहिले घरघरै रुघाखोकीका बिरामी बढ्दा छन् ।” यद्यपि मृतकमध्ये पिसीआर परीक्षण तीन जनाको मात्र भएको थियो । “बिरामी भएपछि पीसीआर परीक्षण सबैको नहुँदा कोरोना नै भन्ने त भएन, तर परीक्षण गरिएर कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मृतक र अन्य मृतकको बिरामी हुँदाको लक्षण मेल खाएपछि सबै कोरोनाकै कारण भन्ने मानियो”, सो बस्तीका सा
सिरहा,माघ ५ गते – कञ्चनपुर, बेलौरी नगरपालिका– ६ बुटाबारीबाट करिब ७ ग्राम ५८ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित कैलाली धनगढी उपमहानगरपालिका– २ बस्ने ३३ वर्षीय राजेश स्वारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । से.५ प ८७४८ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो । सितगंगा नगरपालिका– ८ सातमाराबाट करिब १ किलो ४ सय ३० ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ राप्ती गाउँपालिक
सिरहा,माघ ५ गते – धनुषाको बटेश्वर गाउँपालिका– ४ राम्रोचोकबाट महोत्तरी भंगाहा नगरपालिका– ७ गोराना बस्ने अमित कुमार पासवानको साथबाट ४५ हजार भारतीय रुपैयाँ र १ थान मोबाइल लुटपाट गरेको घटनामा संलग्न रहेको अभियोगमा ५ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा बटेश्वर गाउँपालिका– ४ बस्ने २७ वर्षीय जिवन ठाकुर, २३ वर्षीय चन्द्रदेव यादव, २६ वर्षीय कम्लेश यादव, ३२ वर्षीय रामबाबु यादव र २६ वर्षीय नरेश रवि दास रहेका छन् । जिवन लगायत ४र५ जना व्यक्तिहरुले भारतबाट काम गरी घरतर्फ जाँदै गरेका अमित कुमारको साथबाट उक्त धनमाल लुटपाट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बटेश्वरबाट खटिएको
पर्सा,माघ ५ गते – वीरगञ्ज महानगरपालिका– १३ तेजारथ टोलमा रहेको मधेश प्रदेशका मुख्यमन्त्रीको निजी निवासमा ढुङ्गा प्रहार गरेको अभियोगमा सोही महानगरपालिका– १ ठेगाना भएका २६ वर्षीय सुमन पटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।वीरगञ्ज महानगरपालिका– ८ घण्टाघरबाट प्रदेश नम्बर २ को नाम मधेश प्रदेश र राजधानी जनकपुर निर्णय भएको विरोधस्वरुप निस्केको मोटरसाइकल र्यालीले नगर परिक्रमा गर्ने क्रममा र्यालीसँगै मोटरसाइकलमा आएका पटेलले मुख्यमन्त्रीको निजी निवासमा एक्कासी ढुङ्गा प्रहार गर्दा निवासको २ वटा सिसा फुटेर क्षति भएको छ । वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले उनलाई तत्काल पक्राउ गरी
काठमाडौं, माघ ५ गते – रोजगारीका लागि ९९ जना नेपाली कामदार आज इजरायल उड्ने वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका निर्देशक डम्बरबहादुर सुनुवारले बुधबार राति ११ बजे ६३ महिला र ३६ पुरुष गरी ९९ जना नेपाली कामदार इजरायलका लागि उड्ने जानकारी दिनुभयो ।उहाँले यो पहिलो उडान रहेको बताउनुभयो । त्यसपछि जनवरीको २९ र फेब्रुअरी १ तारिकका दिन दुई उडान हुने उहाँले जानकारी दिनुभयो । ‘पहिलो पटक १२५ जना नेपाली कामदारको उडानको तयारी गरेका थियौं ।,’ उहाँले भन्नुभयो, ‘तर २६ जना कामदारमा कोरोना पोजेटिभ देखिएका कारण सङ्ख्या घट्यो । अहिले १२५ मध्ये ९९ जना आज राति ११ बजे इजरायल उड्नुहुन्छ ।’ यसैगरी दोस्रो चरणमा
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.