सिरहा,माघ ११ गते – सुनचाँदी बजारमा मंगलबार छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले उकालो लागेर रु ९४ हजार पुगेको छ। पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९३ हजार ५०० मा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० कायम भएको छ। जसको मूल्य सोमबार प्रतितोला रु ९३ हजार तोकिएको थियो।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा रु १५ ले घटेर प्रतितोला रु एक हजार ३०० तोकिएको महासङ्घले जनाएको छ। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४१ डलर आसपास कारोबार भइरहेको छ