बैतडी, माघ १३ गते । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडी आउँदै गरेको पवनदूत यातायातको बस पटन–पञ्चेश्वर सडक खण्डको रौतगउँमा दुर्घटना हुँदा घाईते भएका आठ जनालाई उद्धार गरेर उपचारका लागि डडेल्धुरा पठाईएको छ ।बैतडीको पाटन–पञ्चेश्वर सडकखण्डको मेलौली नगरपालिका वडा–२, को रौतगाउँ नजिकै बिहीबार बिहान ना. ७ ख २५७० नम्बरको पवनदुत यातायातको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परी घाइते हुनेमा मेलौली नगरपालिका– ६, का ४८ वर्षीया कमलापति भट्ट, मेलौली ९ का २४ वर्षीय दुर्गादत्त भट्ट, मेलौली ९ कै ६८ वर्षीय रामसिंह साउद, मेलौली–२, का २१ वर्षीय मनिष चन्द, कञ्चनपुरको दैजीका २१ वर्षीय पूजा भट्ट र बाराका ४५ बर्षीय सिराज
सिरहा,माघ १३ गते – यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाले चालु आर्थिक २०७८र७९ को ६ महिनामा रु २८ करोड ९३ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु आवको साउनदेखि पुस महिनासम्ममा सो राजस्व सङ् कलन गरिएको कार्यालय प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिनुभयो । चालु आवको ६ महिनामा सवारी करबाट रु २० करोड १३ लाख ६८ हजार, सवारी चालक अनुमतिपत्र वितरणबाट रु आठ करोड ५५ लाख ६४ हजार तथा आयकर दस्तुरबाट रु २३ लाख ६८ हजार राजस्व सङ्कलन भएको छ । यस्तै चालु आवको सो अवधिमा मोटरसाइकल सात हजार तीन, ट्र्याक्टर ३०६ लगायत आठ हजार नयाँ सवारी साधन द
वीरगञ्ज,माघ १३ गते – बारामा भारतीय नम्बरको गाडीको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–५ बस्ने ४० वर्षीय नरेश साह र ५५ वर्षीय शितल साहको मृत्यु भएको हो ।कलैया(वीरगञ्ज सडक खण्डको कलैया– ५ स्थित विजय आयल स्टोर अगाडि गएराति साढे ८ बजे भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । कलैयाबाट वीरगञ्ज जाँदै गरेको बीआर ०५ एआर ५१५१ नम्बरको स्कारपियो गाडीले विपरीत दिशाबाट आउँदै गरेको ना. ८ प ८८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार नरेश र शितल घाइते भएका थिए । उनीहरुलाई सुरुमा उपचारको लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको थियो ।नारायणी अ
सिरहा,माघ १२ गते – जनमत पार्टीका कार्यकर्ताहरुले डाक्टरको गाडीमा पनि तोडफोड गरेका छन् ।जलेश्वर अस्पतालका निमित्त प्रमुख डा। सतिश साहको गाडी आन्दोलनकारीले पीडारी चोकमा तोडफोड गरेका हुन् । आन्दोलनकारीले लाठी प्रहार गर्दा डाक्टर साहको टाउँको र मुखमा गम्भीर चोट लागेको छ । उनको मुखमा ८ वटा टाँका लागेको बुझिएको छ ।मेसु प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीबाट बर्दिबास जाँदै गर्दा तोडफोड गरिएको छ । अहिले अहिले पनि जनमतका कार्यकर्ताहरुले आन्दोलन जारी राखेका छन्
सिरहा, माघ १२ गते – केन्द्रीय तथ्याङ्क विभागले २०६८ को जनगणनाको संक्षिप्त तथ्याङ्क सार्वजनिक गरेको छ। विभागले जनसङ्ख्या वृद्धिको अनुमान भन्दा करिब १२ लाख बढीले जनसङ्ख्यामा कमी आएको तथ्याङ्क छ। विभागले २०६८ पछि ३८ लाख ८३ हजार ५५३ ले वृद्धि भएर तीन करोड तीन लाख ७८ हजार ५५ जनसङ्ख्या पुग्ने अनुमान गरेको थियो। तर, सार्वजनिक गरिएको तथ्याङ्कमा २६ लाख ९७ हजार ९७६ ले मात्र जनसङ्ख्या वृद्धि भएर हाल नेपालको जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ। सबैभन्दा धेरै जनसङ्ख्या मधेस प्रदेशमा २०.९९ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५।८१ रहेको छ। बुधबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलन गरेर केन्द्रीय त
सर्लाही, माघ १२ गते – जुवाको खालबाट सर्लाही प्रहरीले नगदसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ । मङ्गलबार राती १२ बजे बागमती नगरपालिका– ३, धरहरास्थित ढलक भन्ने सञ्चर घिसिङको घरभित्र जुवा खेलिरहेको अवस्थामा प्रहरीले चार लाख ८४ हजार ५० रुपियाँ नगदसहित पक्राउ गरेको हो । जुवाको खालबाट पक्राउ पर्नेहरुमा बागमती नगरपालिका– ३, का ३९ वर्षीय गौरीशङ्कर साह, घरधनी ३४ वर्षीय सञ्चर घिसिङ, ३४ वर्षकै जितबहादुर बम्जन, बसबरिया गाउँपालिका– ५, का ३३ वर्षीय रामज्ञान राय, ३२ वर्षीय सन्तोष साह, ५० वर्षीय छेदु साह रहेका छन् ।यस्तै, हरिवन नगरपालिका– १०, का ३२ वर्षीय साजन पौडेल, २८ वर्षीय प्रकाश अधिकारी, ५७ वर्षीय अर्जुन
कञ्चनपुर,माघ १२ गते – चितुवाले घरपालुवा जनावर खान थालेपछि शुक्लाफाँटा नगरपालिका(२ को जानकारी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिएको छ ।चितुवामाथि निगरानी राख्नका लागि दुईवटा स्वचालित क्यामेरा जडान गरिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए । ‘चितुवाको बासस्थान र प्रजाती पत्ता लगाउन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहयोगमा क्यामेरा जडान गरेका छौं’, उनले भने, ‘चितुवा कुन ठाउँबाट बस्ती पस्छ, त्यस बारेमासमेत जानकारी हुन्छ, चितुवाको प्रजाति पत्ता लागेपछि विशेषज्ञ बोलाएर नियन्त्रण गर्न सहज हुन्छ ।’ निकुञ्ज कार्यालयबाट अरू क्यामेरासमेत ल्याएर च
काठमाडौँ, माघ १२ गते – प्रधानमन्त्री शेरबहादुर देउवाले रासायनिक मल उद्योग खोल्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । नेपालले जहिले पनि रासायनिक मलको समस्या भोग्दैआएको स्मरण गर्नुहुँदै उहाँले रासायनिक मल उद्योग स्थापनाका लागि उद्योगी व्यापारी घरानासँग आग्रह गर्नुभएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार निजी क्षेत्रका प्रतिनिधिहरूसँगको छलफलमा उहाँले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र देशको आर्थिक विकास हुने बताउनुभयो । निजी क्षेत्रबीच सहकार्य गरेर नै देशको विकास गर्नुपर्छ भन्ने मान्यतासाथ सरकारले नीति निर्माण गर्ने गरेको र मल उद्योगका सन्दर्भमा पनि सरकारले प्राथमिकता दिने उहाँ
पार्सा,माघ १२ गते – मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा अर्घाखाँची सन्धिखर्क नगरपालिका(७ घर भई हाल चितवन भरतपुर महानगरपालिका(१ पोखरा बसपार्क बस्ने २८ वर्षीय राजु अधिकारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बैतडी घर भएकी १४ वर्षीया बालिका माघ ७ गतेदेखि घरबाट सम्पर्कबिहीन भएको घटनाको अनुसन्धान एवम् खोजतलास गर्ने क्रममा पर्सा वीरगंज महानगरपालिका(१६ स्थित शंकराचार्य गेट हुँदै भारततर्फ लैजान लागेको अवस्थामा बालिकालाई फेला पारी माइती नेपाल संस्थाको समन्वयमा प्रहरीले उद्धार गरेको थियो । साथै ती बालिकाको साथमा रहेका अधिकारीलाई तत्काल नियन्त्रणमा लिई अनुसन्धान गर्दा अधिकारीले बालिकासँग १ महिना अघ
सप्तरी,माघ १२ गते – सप्तकोसी नगरपालिका(४ बलारदहमा ट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।मंगलबार बिहान पौने ८ बजे फत्तेपुरबाट कञ्चनपुरतर्फ जाँदै गरेको ना ३ ख ९९३२ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको स१०प ४६३५ नम्बरको मोटरलाइकल ठोक्किँदा मोटरसाइकल चालक सप्तकोसी नगरपालिका– १० का २८ वर्षीय लालदेव चौधरीको मृत्यु भएको हो । ट्रक र मोटरसाइकललाघ नियन्त्रणमा दिई यसबारे थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.