अनुभक्त चौधरी

सिरहा,१६ गते । नगरक्षेत्रभित्रका आम नागरिकको गुनासो सुनी समाधान गर्ने उद्देश्यले नेकपा माओवादी केन्द्र धनगढीमाई नगर समितिले आज आईतबार कार्यालय स्थापना गरेको छ ।

2 2

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरिनारायण चौधरीले कार्यालयको विधिवत् रुपमा उद्घाटन गर्नुहुँदै आम जनताको गुनासो सुन्ने थलोको रुपमा कार्यालयले सहयोग गर्ने वताउनुभयो ।

नेता, कार्यकर्ता एवम् शुभचिन्तकहरुको सहयोगले स्थापना भएको कार्यालय नियमित रुपमा जनताको गुनासा सुन्ने र नियम संगत ढंगले समस्या समाधान गर्न कार्यालयले सहयोग गर्ने जनाइएको छ । 

कार्यालय नियमित संचालन गर्न नगर समितिका सदस्यहरुलाई जिम्मा दिने एकीकृत नेकपा माओवादी केन्द्रका धनगढीमाई नगर समितिका अध्यक्ष प्रकाश योन्जनले  वताउनुभयो ।