अनुभक्त चौधरी,सिरहा,माघ १५ गते । सिरहको गोलबजारमा आज एक दिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय यूवा संघ नेपाल जिल्लाकार्य समिती सिरहाको यायोजनामा संचालन भएको उक्त कार्यक्रममा १६ जना महिला र ६४ जना पुरुष गरि ८० जनाले रक्तदान गरेका थिए ।कोभिड–१९ का बेला उत्पन्न रगत अभाव पूर्तिका लागि आज देखि गोलबजारबाट सप्तहव्यापी रक्तदान कार्यक्रम सुरु गरेको छ ।
मधेश प्रदेशको आठ वटै जिल्लामा कार्यक्रम संचालन हुने राष्ट्रिय यूवा संघ नेपालका प्रदेश सह–संयोजक बैजनाथ साहले जनाउनु भयो ।नेपाल रेडक्रस सोसाईटी धनुषाको टोलिले रक्तदान कार्यक्रममा सहयोग गरेका थिए ।




















