आशिष विश्वकर्मा
सिरहा,माघ १५ गते ।सिरहाको गोलबजार नपा १० को घुर्मिघाट र धर्मपुरमा खानेपानीको आयोजना बन्ने भएपछि स्थानियहरुखुशीले गदगद भएका छन् । खाने पानीको अभाव झेलिरहेका यहाँका जनता गोरखा बेलफेयर ट्रष्ट र स्थानीय जनश्रमदानमा एक करोड ६० लखभन्दा बढीको लागतमा खाने पानीको आयोजना बन्न थालेपछि स्थानीय खुसि भएका हुन् ।
घुर्मीघाट देउराली खानेपानी उपभोक्ता समितिमार्फत ९७ घरधुरीकालागि ७५ लाख ७२ हजार एक सय ३५ रुपैयाँ र धर्मपुर खानेपानी उपभोक्ता समितिमार्फत १ सय पाचँ घरधु्ीकालागी ८४ लाख ६७ हजार ८ सय ४९ रुपैयाँको लागतमा खानेपानी आयोजना निर्माण गरिएकोे गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले जानकारी दिए ।पजबलभउबलष् ज्ञ
उनले गोरखा बेलफेयर ट्रष्ट नेपाल व्रिटिस संस्थाले नगरपालिकासँगको समन्वयमा करिव दुइसय भन्दाबढी घरधुरीलाई “एक घर एक धारा” योजना सहितको कार्य अगाडी बडाएको जनाए । उनले यहाँ यो योजना आईपुग्नुको संयोग सुनाए । उनले दुईवर्ष अघि नाकको उपचारको क्रममा धरान गएका वेला त्यही संस्थाका प्रमुखसङ्ग होटलमा खानाखाने क्रममा चिनजानभएपछि आफूले आफ्नो नगरपालिकामा निम्तो गरेको बताए । उनलेभने, ‘होटलमै चिनजान भयो, उहाँले पनि हामी शुद्धपीउने पानीको क्षेत्रमा काम गर्ने बताए, मैलेपनि त्यही आफ्नो पालिकामा निम्तो गरें, नभन्दै उहाँ आउनु भयो, नगरसँग सम्झौता भयो र आज काम पनि सुरु भएको छ ।’
यो योजनाले यसक्षेत्रका जनताले ठूलो राहत महसुस गरेको पनि मेयर साहले सुनाए ।
मंसिर २९ बाट सुरुगरेर ७० दिनमा योजना सम्पन्न गर्ने टार्गेटको साथ काम भईरहेको आयोजनाका सुपरभाईजर सवइन्जिनियर आशिष चौधरीले बताए । उनले अहिले सम्म सवैघरहरुमा धारा निर्माणको काम सम्पन्न भईसकेको बताए । अव धर्मपुरमा ओभरहेड ट्याङ्क र बोडिङ्ग जडाको कामबाँकी रहेको बताए । घुर्मिघाटका धेरै योजनाहरु सम्पन्न भईसकेकोले अव फिनिसिङ्ग र वायरिङ्गको काम बाँकी रहेको सवइन्जिनियर चौधरीले बताए । उनले अहिलेसम्ममा ४० प्रतिशत काम पुरा भएको जनाए ।
उनले यो योजनाले आगामी २० वर्षसम्म यहाँको जनसमूदायलाई पानी आपुर्तिगर्न सक्नेगरी डिजाईन गरेको सवइन्जिनियर चौधरीले सुनाए ।
टाढा टाढाका इनार र खोला खोल्सीको पानीले जीविका धानीरहेका यहाँका बासिन्दाले खाने पानीको आयोजना बन्ने भएपछि दैनिक रुपमा श्रमदान गरिरहेको धर्मपुर मगरटोल खानेपानि उपभोक्ता समितिका अध्यक्षहरु राजन बलम्पाकीले जनाए । उनले भन्ने, धर्मपुर र घुर्र्मीघाटको योजनामा संस्थाको तर्फबाट दुइटा योजनाकोलागी करिव १ करोड ५५ लाख भन्दाबढीरकम व्यहोरेको छ भन्ने स्थानीय लाभग्राहीहरुले ३२ लाख भन्दाबढी मुल्य बराबरको श्रमदान गरीरहेको आयोजनाका सुपरभाईजर सवइन्जिनियर आशिष चौधरीले बताए ।
पूर्व पश्चिम राजमार्गदेखि करिव ६ किलोमिटर उत्तरमा घुर्मिघाटका ९७ घरधुरी र धर्मपुरका एक सय ५ घरधुरीका लागि छुट्टाछुट्टै योजना बनिरहका छन् । याहाँ मधेसी, दलित , जनजाति लगायतका वस्ति रहेको छ । उनीहरुले अहिले घर घरमै धारा पुग्ने भएपछि दिनरात श्रमदान गरिरहेका छन् । दैनिक आवश्यकताको आधारमा १५ देखि २५ जना सम्म स्थानियले श्रमदान गरिरहेको स्थानिय सुक बहादुर थापाले जानकारी दिए । उनका अनुसार केही प्राविधिक बाहेक सवै काम स्थानीयले श्रमदानमार्फत गरिहेका बताए ।
स्थानीय लाभग्राहीहरुको भरपुर सहयोगका कारण छोटो समयमा योजना सम्पन्न हुनलागेको स्थानिय अगुवा तथा नेता भतm बहादुर थापा मगरले बताए । उनलेभने, ‘धेरै ठाउँमा योजना परेर पनि स्थानीयलाई चाँसो हुँदैन तर यहाँ दिन रात हामी स्थानीयहरु योजना सफल बनाउन लागिरहेका छौ , त्यसैले पनि यो योजना चाँडो सकिन लागेको हो ।
खाने पानी आयोजनाको लागि धुर्मिघाट र धर्मपुर मगरटोलमा २० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्क निर्माण गरिएको छ ।
सिरहाको उत्तरवर्ति चुरेसँग जोडिएका लहान, धनगढीमाई नपा, गोलबजार नपा, मिर्चैया नपा तथा कर्जन्हा नपाका वासिन्दा अझैपनि खानेपानीको समस्या झेलिरहेका छन् ।




















