X wada

मुख्य समाचार

    Showing १,९२१-१,९३० of २,९७२ items.
  • चिसो हावा र हुस्सुले जनजीवन कष्टकर

    सिरहा,माघ १७ गते । बाक्लो हुस्सु र चिसो हावाका कारण उदयपुरको जनजीवन कष्टकर बनेको छ । पाँच दिन यता चिसो हावासँगै बाक्लो हुस्सु लागेर घाम नलागेपछि उदयपुरको सदरमुकाम गाईघाट आसपासको जनजीवन कष्टकर बनेको हो । केही दिन परेको पानीसँगै चिसो हावा र बाक्लो हुस्सु लागेपछि अत्याधिक चिसो बढेको हो । चिसो बढेका कारण उदयपुरको बेलका, चौदण्डीगढी, त्रियुगा कटारी नगरपालिकाको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण स्थानीयबासीको जनजीवन कष्टकर बन्दै गएको छ ।अत्याधिक जाडोका कारण जिल्लाको जनजीवन प्रभावित भएको बेला यहाँका गरिब तथा विपन्न समुदायको जनजीवन प्रभावित भएका छन । चिसो बढेसँगै ठाउँमा आगो

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १५७ पटक पढिएको
  • रात्रीबस र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु,१३ जना घाइते

    सर्लाही, माघ १७ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जङ्गलमा शनिबार राती रात्रीबस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।दुर्घटनामा १३ जना घाइते भएका छन् । सिराहाको बरियारपट्टीबाट काठमाडौंका लागि छुटेको ना ७ ख ७५३ नम्वरको रात्रीबस शनिबार राती ९ बजे ईश्वरपुर नगरपालिका–१२, बाँके जङ्गलस्थित राजमार्गमा ना २९ प ४४९८ नम्वरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।दुर्घटनामा मोटरसाइकल पछाडि सवार ईश्वरपुर नगरपालिका–१२, घारिबथानका २७ वर्षीय भक्तबहादुर खड्काको घटनास्थमै मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो । मृतक खड्काको शव पोष्टम

    • प्रकाशित मितिः माघ १७, २०७८
    • ३६८ पटक पढिएको
  • जेठभित्र स्थानीय निर्वाचन

    डा. सुरेश आचार्यबहसमा रहेको स्थानीय निर्वाचनको विषय सत्तारुढ गठबन्धनको बैठकले निर्वाचन आयोगसँग परामर्श गरेर निर्वाचनको मिति तोक्ने निर्णय गरेपछि अब मत्थर हुने अपेक्षा गर्न सकिन्छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जेठभित्र स्थानीय तहको चुनाव गर्ने निर्णय गठबन्धनले गरेको जानकारी गराउनु भएको छ र यो पनि भन्नुभएको छ – संवैधानिक व्यवस्थाअनुसार जेठ मसान्तभित्र चुनाव गर्ने गरी मिति तोक्ने निर्णय भएको छ, यसका लागि निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले छिट्टै मिति तोक्छ ।गठबन्धन नै सरकार होइन तर मन्त्री कार्कीले जानकारी दिएको विषय सरकारको निर्णयसरह नै मान्

    • प्रकाशित मितिः माघ १७, २०७८
    • १२७ पटक पढिएको
  • ५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउने सरकारको तयारी

    काठमाडौं, माघ १६ गते। सरकारले दुई महिनाभित्र ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ।५ देखि ११ वर्ष उमेरका बालबालिका फाइजर खोप लगाउन प्रक्रिया अगाडि बढाइसकेको स्वास्थ्य सेवा विभाग अन्तर्गत आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा। रुद्र मरासिनीले जानकारी दिनुभयो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रिफिङमा बोल्दै डा। मरासिनीले सोही उमेर समूहका बालबालिकालाई लगाउन ८४ लाख फाइजर खोप किन्न प्रक्रिया अगाडि बढाइसकेको बताउनुभयो।राष्ट्रिय खोप समितिले ५ वर्षदेखि ११ उमेरका बालबालिका खोप दिन सरकालाई सुझाव दिइसकको छ।

    • प्रकाशित मितिः माघ १६, २०७८
    • २३९ पटक पढिएको
  • २४ घण्टामा तीन हजार ४९ जनामा कोरोना पुष्टि

    काठमाडौं, माघ १६ गते। पछिल्लो २४ घण्टामा तीन हजार ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नौ हजार ९१० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४९ जनामा संक्रमण पुष्टि भएको हो।सोही अवधिमा ३२ सय ३५ जनाको एन्टीजेन परीक्षण गर्दा ४९१ जनामा संक्रमण पुष्टि भएको छ।मन्त्रालयका अनुसार कुल १३ हजार १४५ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर तीन हजार ५४० जनामा संक्रमण पुष्टि भएको छ।सोही अवधिमा छ हजार ३५९ जना डिस्चार्ज भएका छन् । त्यस्तै माघ १३ गते देखि १६ गतेसम्म ३२ जनाको मृत्यु भएको छ। देशभर अहिले सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ रहेको छ।

    • प्रकाशित मितिः माघ १६, २०७८
    • २६६ पटक पढिएको
  • मधेस स्वास्थ्य प्रतिष्ठानलाई चार विधामा शिक्षण सफलता

    जनकपुर, माघ १६ गते । मधेस स्वास्थ्य बिज्ञान प्रतिष्ठानले डेढ वर्षको अवधीमा स्वास्थ्यसम्बन्धी चार वटा विषयमा शिक्षण प्रशिक्षणका कोर्ष सञ्चालन गर्न सफल भएको छ । प्रतिष्ठानले बिएसी नरसिंङ्ग, बीपीएच, बीएमएलटी र बीएनएस कक्षा सञ्चालन गर्न सफल भएको हो ।गत २०७७ कात्तिक २५ गते गठन भएको प्रतिष्ठानले चिकित्सा शिक्षा आयोगबाट मान्यता प्राप्त गरी एक महिनाअघि २०७८ पुस १९ गतेदेखि शिक्षण प्रशिक्षणको चारवटा कोर्षमा कक्षा सञ्चालन गरेको छ । शिक्षण प्रशिक्षण कोर्ष अन्तर्गत बिएनएस संकायमा १६ जना, बिएसी नरसिंङ्ग, बिपिएच र बिएमएलटीमा एक एक जना विद्यार्थी अध्ययनरत रहेको प्रतिष्ठानले जनाएको छ ।शैक्षिक कार्यक्रममा २० –

    • प्रकाशित मितिः माघ १६, २०७८
    • १३८ पटक पढिएको
  • २८ करोड राजश्व छली आरोपित उमाशंकर २५ हजार धरौटी बुझाएर रिहा

    काठमाडौं, माघ १६ गते। २८ करोड राजश्व छली गरेको आरोपमा पक्राउ परेका उमाशंकर रायभर २५ हजार धरौटी बुझाएर आइतबार रिहा हुनुभएको छ। यसअघि उच्च अदालत पाटनले ७५ लाख धरौटी मागेपछि बुझाउन नसकेर थुनामा रहनुभएका रायभर आइतबार रिहा हुनुभएको हो। सर्वोच्च अदालतले शुक्रबार उहाँको धरौटी रकम घटाएर २५ हजार बनाइदिएको थियो।सर्वोच्चका न्यायाधीश विश्वम्भर श्रेष्ठ र सपना प्रधान मल्लको इजलासले रायभरलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएपछि आइतबार प्रक्रिया पूरा गरेर उहाँ रिहा हुनुभएको हो।रायभर २५ हजार धरौटी बुझाएपछि तारेखमा छुट्नु भएको हो। सर्लाहीका सरोजकुमार मिश्राले उहाँको नागरिकता दुरुपयोग गरेर कम्पनी खोलेर राजश्व छ

    • प्रकाशित मितिः माघ १६, २०७८
    • १४१ पटक पढिएको
  • माओवादीको कार्यालय स्थापना

    अनुभक्त चौधरीसिरहा,१६ गते । नगरक्षेत्रभित्रका आम नागरिकको गुनासो सुनी समाधान गर्ने उद्देश्यले नेकपा माओवादी केन्द्र धनगढीमाई नगर समितिले आज आईतबार कार्यालय स्थापना गरेको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरिनारायण चौधरीले कार्यालयको विधिवत् रुपमा उद्घाटन गर्नुहुँदै आम जनताको गुनासो सुन्ने थलोको रुपमा कार्यालयले सहयोग गर्ने वताउनुभयो । नेता, कार्यकर्ता एवम् शुभचिन्तकहरुको सहयोगले स्थापना भएको कार्यालय नियमित रुपमा जनताको गुनासा सुन्ने र नियम संगत ढंगले समस्या समाधान गर्न कार्यालयले सहयोग गर्ने जनाइएको छ ।  कार्यालय नियमित संचालन गर्न नगर समिति

    • प्रकाशित मितिः माघ १६, २०७८
    • १५६ पटक पढिएको
  • गोलबजारमा विरोध प्रदर्शन

    अनुभक्त चौधरीसिरहा,माघ १५ गते ।  गोलबजारमा सरकार विरोधी विभिन्न नारा सहित नेकपा एमाले निकट युवा संगठनले सिरहाले विरोध प्रदर्शन गरेका छन् । राष्ट्रिय युवा संघ सिरहाको आयोजनामा स्थानीय भएको प्रदर्शनमा स्थानियतह निर्वाचनको मिति घोषणा, मन्त्री रेणु यादवको राजीनामा, पेट्रोलियम पदार्थको मूल्य वृद्धि नियन्त्रण लगायतको माँग गर्दै विरोध प्रर्दशन गरेका थिए ।प्रर्दनको क्रममा संघले लिपुलेक लिम्पिया धुरा हाम्रै हो, किसानलाई समयमै मलखाद उपलब्ध गराउन माँगगरेको छ ।प्रदर्शन पछिको कोणसभामा संघका प्रदेश सचिव बैजनाथ साहले एक हप्ताभित्र मन्त्री रेणु यादवलाई वरखास्त गर्न माग गरेको छ । उनले तत्काल मन्त्री यादवल

    • प्रकाशित मितिः माघ १५, २०७८
    • १४७ पटक पढिएको
  • ८० जनाले रक्तदान गरे

    अनुभक्त चौधरी,सिरहा,माघ १५ गते । सिरहको गोलबजारमा आज एक दिने रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय यूवा संघ नेपाल जिल्लाकार्य समिती सिरहाको यायोजनामा संचालन भएको उक्त कार्यक्रममा १६ जना महिला र ६४ जना पुरुष गरि ८० जनाले रक्तदान गरेका थिए ।कोभिड–१९ का बेला उत्पन्न रगत अभाव पूर्तिका लागि आज देखि गोलबजारबाट सप्तहव्यापी रक्तदान कार्यक्रम सुरु गरेको छ ।मधेश प्रदेशको आठ वटै जिल्लामा कार्यक्रम संचालन हुने राष्ट्रिय यूवा संघ नेपालका प्रदेश सह–संयोजक बैजनाथ साहले जनाउनु भयो ।नेपाल रेडक्रस सोसाईटी धनुषाको टोलिले रक्तदान कार्यक्रममा सहयोग गरेका थिए ।

    • प्रकाशित मितिः माघ १५, २०७८
    • १५० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२