मलंगवा,माघ १९ गते – मोटरसाईकल चोरी गरेको आरोपमा सर्लाही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।मोटरसाइकल चोरीको आरोपमा प्रहरीले लालबन्दी नगरपालिका–५का २९ वर्षीय सुर्यदीप चौधरी, १९ वर्षीय रुपेस माँझी मुसहर र वडा नम्बर १५ का २९ वर्षीय सोमबहादुर रेग्मीलाई मेजरगञ्जबाट फक्राउ गरेको हो । मोटरसाइकल चोरीमा संलग्नहरुलाई सोमबार अबेर साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी माधवप्रसाद बुढाथोकीले जानकारी दिए । गत माघ ७ गते मध्यरात लालबन्दी–५ का ज्ञानबहादुर क्षेत्रीको घरमा राखिएको प्र २–०३–००१ प १०१९ नम्बरको कालो रातो रंगको १ सय २५ सिसीको होण्डा साईन मोटरसाइकल चोरी भएको थियो । ३
सिरहा,माघ १९ गते – नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल आयल निगमले गए रातिदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर एक सय ४२ रुपैयाँ तथा डिजल र मट्टीतेलको एक सय २५ रुपैयाँ मूल्य कायम गरेको छ ।डिजल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ बढेको हो । २०७० साल फागुन ३० मा पेट्रोल प्रतिलिटर १ सय ४० रुपैयाँ थियो । त्यस्तै मूल्य समायोजन गर्दा ग्यासको मूल्य प्रतिसिलिण्डर १५ सय ७५ यथावत् राखिएको छ । यो मूल्य पनि अहिलेसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको हो ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प
सिरहा,माघ १९ गते – मधेश प्रदेश सरकार गठन भएको झण्डै ४ वर्ष बितिसकेको छ । तर अहिले सम्म प्रदेश सरकारको कुनै पनि मन्त्रालयले दरबन्दी अनुसारको कर्मचारी पाउन सकेको छैन ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित ११ मन्त्रालयका लागि साढे ४ सय कर्मचारीको दरबन्दी तोकिएको छ । तर त्यसको आधी कर्मचारी पनि मधेश प्रदेश सरकारसँग छैन । कर्मचारीको अभावमा मधेश प्रदेश सरकारले जेनतेन लामो समयदेखि काम चलाउँदै आएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयदेखि लिएर नव गठित मन्त्रालयहरु पनि कर्मचारीको चरम अभावको समस्या भोग्दै आएको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका ३६ जनाको दरबन्दी रहेकोमा मात्रै २८ जनाले क
काठमाडौँ, माघ १९ गते । ग्राहकलाई स्तरीय विद्युत् सेवा दिन स्मार्ट मिटर जडानका विभिन्न योजनामा लागेको नेपाल विद्युत् प्राधिकरण त्यसका लागि आवश्यक पर्ने रेडियो फ्रिक्वेन्सीको लाइसेन्स भने पाएको छैन । तीन वर्ष पहिले नै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत लाइसेन्सको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रस्ताव पठाए पनि अनुमति पत्र पाउन सकेको छैन ।प्राधिकरणले काठमाडौँ दुई वितरण केन्द्र रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रमातहत ९२ हजार ग्राहकलाई स्मार्ट मिटर जडान कार्य थालनी गरेसँगै प्रस्ताव पठाएको थियो । स्मार्ट मिटर जडानको काम सम्पन्न भइसकेको छ तर रेडियो फ्रिक्वेन्सी सञ्चालनको अनुमति भन
रौतहट,माघ १९ गते । रौतहटको कटहरिया नगरक्षेत्र भित्र सशस्त्र प्रहरीको टोलीले अवैध सालको काठ बरामद गरेको छ । कटहरिया ९ डुमरिया पुल छेउ को खेतमा पराल मुनि लुकाइराखेको ४ वटा सालको गोलिया काठ सशस्त्र प्रहरीको टोलिले बरामद गरेको हो ।विशेष सूचनाको आधारमा सशस्त्र बेस क्याम्प दुधियाभारका प्रमुख ईन्स्पेक्टर मदन रसाइलीको कमान्डमा अस्थायी बेस क्याम्प पोखरभिण्डाबाट गएको संयुक्त टोलीले पराल मुनी लुकाइ छिपाइ राखेको ४ वटा सालको गोलिया झन्डै २३ क्युफिट काठ मंगलबार सांझ बरामद गरेको छ ।बरामद काठ जंगलसहिया सब डिभिजन वन कार्यालयमा बुझाइएको तथा उक्त काठ कसले त्यहाँ राखेको हो सो बारे अनुसंधान
सिरहा,माघ १८ गते । मधेश प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय धनुषाले सिरहास्थित धनगढीमाई नगरपालिकालाई डिजिटल फ्यामिली हेल्थ फोल्डर ट्याव हस्तान्तरण गरिएको छ । पाइलोट प्रोग्रामको रुपमा रहेको उक्त कार्यक्रमको धनगढीमाई नगरपालिकाबाट शुरु भई नेपाल अधिराज्यभरि संचालन हुने जनाइएको छ । सिरहामा धनगढीमाई नगरपालिका र औरही गाउँपालिकाका निर्देशनालायको छनोटमा परेका हुन् । यो क्रम मधेश प्रदेशका सबै जिल्लामा लागू हुने जनाइएको छ । दिन प्रतिदिन रोगहरुको संख्या बढ्दै गएकोले परिवारभित्रका हरेक व्यक्तिले स्वास्थ्य सेवा लिएको नलिएको थाहा पाउने उद्देश्यले डिजिटल फ्यामिली हेल
काठमाडौं,माघ १८ गते – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले नाइजेरिया र खाडी मुलुक हिँडेका ११ जनालाई प्रस्थान अनुमति ९डिपार्चर० दिन अस्वीकार गरेको छ । पर्यटक प्रवेशाज्ञा ९भिजिट भिसा० मा सियरा लियोन, नाइजेरिया र खाडी मुलुक हिँडेका ११ जनालाई त्रिअबी अध्यागमन कार्यालयले शंकास्पद भ्रमण भन्दै उनीहरुको यात्रामा रोक लगाएको हो । उनीहरुले भ्रमणको औचित्य पुष्टि गर्न सकेनन् । त्रिअबी अध्यागमन कार्यालयले उनीहरुलाई सोमबार फिर्ता गरेको हो । अध्यामगन कार्यालयले कतार हिँडेकी कैलालीकी शारदा गिरी, साउदी अरेविया हिँडेका सिरहाका शुरेस कुमार मण्डल र सियरा(लियोन हिँडेका सिरहाका अल्प
सिरहा,माघ १८ गते – नेपालमा फेरि बर्डफ्लु संक्रमण पुष्टि भएको छ ।मोरङ जिल्लाको ग्रामथान(१ खुनियाकट्टा र बुढिगंगा (५ मा बर्डफ्लू देखिएको पशु सेवा विभागले पुष्टि गरेको हो । कुखुरामा फेला परेको बर्डफलू रोग ९एच फाइभ एन वान, एच फाइभ एन वान० पुष्टि भएको पशु सेवा विभागले जनाएको छ। विभागले सोमबार एकविज्ञप्ति जारी गर्दै बर्डफ्लू नियन्त्रणका लागि नियमित रूपमा सघन रोग सर्भिलेन्स, नमुना संकलन तथा प्रयोगशाला परीक्षणको कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिइएको छ ।कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा आरटी पीसीआर विधिबाट परीक्षण गरेको थियो । विभागका अनुसार १६५० लेयर्स कुखुरा, ५० परेव
सिरहा,माघ १८ गते – सुनको भाउ मंगलबार प्रतितोला १०० रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार भने छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने स्थिर छ । सोमबार एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि त्यही भाउमा निर्धारण भएको छ ।
सिरहा,माघ १८ गते । वर्षौदेखि वर्षाको बेला आउजाउमा समस्या झेलिरहेका सिरहा सखुवानान्कारकट्टी गाउँपालिका वडा नं. ४ स्थित सिमराहाका स्थानीयलाई गाउँमा सडक ढलान भएपछि खुशी भएका छन् । प्रदेश नं. २ सरकार अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयको चालिस लाखको सहयोगमा हिल्लामे हुने सडकमा तीन सय साठी मिटर लम्बाई र ६ ईन्च मोटाई रहेको पक्की ढलान भएपछि उक्त बाटो भएर आउ जाउ गर्नेहरुको लागि सहज भएको हो । ढलान नहुदा वर्षामा हिलोसँगै जताततै खाल्डा खुल्डीका कारण आउजाउमा समस्या भइरहेको बेला प्रदेश सरकारबाट आएको रकमबाट सडक ढलान भएपछि हिडडुल गर्न सहज हुनुको साथै गाउँमा भोज भतेरको बेलामा पनि ढलानले सहयोग गरिएको
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.