बारा,माघ २० गते । बाराको कोल्हवी नगरपालिका वाडा नं. ११ को वाडा सचिव लाई घुस रकम सहित पक्रउ गरेको छ । कोलहवी नगरपालिकाका वाडा सचिव विनोद प्रसाद साहलाई जग्गा नाम सारी सिफरिस गर्दा सेवाग्राहीसँग तीन हजार पाँच सय लिसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडाबाट खटीएको टोलिले पक्रउ गरेको हो ।
सेवाग्राहीले दिएको सूचनाको आधारममा उक्त घुसबापत्को रकमसहित साहलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जनाएको छ ।




















