सिरहा,माघ २४ गते – धनुषाको शहीदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शत्रुधन यादवमाथि आइतबार स्थानीय युवाहरूको एक समूहले हातपात गरेका छन् ।प्रदेश २–०२१–झ ००६७८ नम्बरको गाडीमा सवार भएर शहीदनगर नगरपालिकाको कार्यालय तर्फ जाँदै गर्दा स्थानीय केही युवाको एक समूहले प्रमुख प्रशासकीय अधिकृत यादवमाथि हातपात गरेका हुन् । नगरपालिकाको विभिन्न योजनाहरूमा भएको भ्रष्टाचारमा प्रशासकीय अधिकृतको समेत संलग्नता रहेको भन्दै आक्रोशित युवाहरूले यदुकूहा चोकमा उनी सवार गाडीलाई घेरेर हातपात गरेका थिए ।अधिकृत यादव सवार गाडीलाई घेरेर स्थानीयले कुटपिट गर्न थालेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । प्रहरी आए लगतै हात
काठमाडौं,माघ २३ गते – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युनाइटेड अरब इमिरेट्स ९यूएई०को भ्रमणमा जाने भएका छन् । यूएईमा अलपत्र नेपालीहरुको व्यवस्थापनका लागि आगामी साता मन्त्री श्रेष्ठ यूएई जाने तय भएको उनको सचिवालयले जनाएको छ ।भ्रमणका क्रममा वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भिसामा यूएई गई अलपत्र परेका नेपालीको व्यवस्थापनका विषयमा यूएई सरकारसँग छलफल हुनेछ । भ्रमणअघि मन्त्री श्रेष्ठले नेपालका लागि यूएईका राजदून साइद हमदान अल नाकीलाई आइतबार मन्त्रालयमा बोलाएर छलफल गरेका छन्। नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था वा व्यक्तिलाई कारवाहीको दायरामा ल्
पोखरा,माघ २३ गते – एमालेको भातृ संगठन युवा संघले आइतबार मध्यान्न गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालय अघि कालो बेलुन उडाएको छ । त्यसक्रममा ३ जना पक्राउ परेका छन् । फोटो पत्रकार सञ्जय शाक्य, हरि अधिकारी र छिरिङ फोन्चुक ठकुरी पक्राउ परेका हुन् । संघको केन्द्रीय सर्कुलरअनुसार कालो बेलुन उडाइएको संघका केन्द्रीय सचिवसमेत रहेको गण्डकी अध्यक्ष महेन्द्र गुरुङले जानकारी दिए । युवा संघ गण्डकी, कास्की र केन्द्रका प्रतिनिधिहरुले कालो बेलुन उडाएका थिए । कालो बेलुन उडाएर उनीहरु प्रहरीबाट उम्कन सफल भएपनि फोटो पत्रकार शाक्यसहित ३ जना भने पक्राउ परेका हुन् । कालो बेलुन उडाउँदै युवाहरुले मूल्
सिरहा, माघ २३ गते – सुनचाँदी बजारमा साताको पहिलो कारोबार भएको दिन आज छापावाल सुनको मूल्य अधिल्लो कारोबार मूल्यका तुलना बढ्दै प्रतितोला ९२ हजार पाँच सय पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार कायम भएको छ । गत शुक्रबार पनि उक्त सुन प्रतितोला ९२ हजार थियो ।त्यस्तै आज चाँदीको मूल्य पनि अधिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार २५० कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०७ डलर आसपास कारोबार भइरहेको छ
काठमाडौं,माघ २३ गते – सरकारले भोलि सोमबार निर्वाचन मिति घोषणाको तयारी गरेको छ । सरकारले सोमबार बस्ने मन्त्रिपिरषद् बैठकबाट स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको हो । सम्भवतः सोमबार बस्ने बैठकले निर्वाचनको मितिबारे निर्णय गर्ने एक मन्त्रीले अन्नपूर्णलाई बताए ।उनले भने, ुअब बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचन मिति तोक्छ । सम्भवतः भोलि बस्ने बैठकले जेठ ४ गते चुनाव गर्नेबारे निर्णय गर्छ। ’ यसअघि आयोगले जेठ ४ मा स्थानीय तहको चुनाव गर्न सकिने प्रस्ताव सरकारसमक्ष सिफारिस गरेको थियो। आयोगले ७ सय ५३ वटै स्थानीय तहको चुनाव एकै चरणमा गर्न प्रस्ताव गरेको थियो।
सिरहा,माघ २३ गते – हजार दरका नेपाली नोट भारतमा छपाएर ल्याउने गिरोह सक्रिय दुई करोडबराबरका फर्जी रुपैयाँ बजारमा भएको अनुमानघटना १माघ १८ गते राति बाराको सिम्रौनगढ नगरपालिका–२ बाट २ लाख ९६ हजार नक्कली नेपाली नोटसहित एक युवक पक्राउ परे। पक्राउ पर्ने रौतहटको मौलापुर नगरपालिका–७ पिपरियाका किशोरी साह थिए। साहलाई सिम्रौनगढ–१ रानीवास बजार हुँदै हरिहरपुर गाउँ जाने क्रममा प्रहरीले पक्राउ गरेको हो।प्रहरीले साहको साथबाट बरामद सबै नक्कली नोट एक हजार दरको रहेको जनाएको थियो। प्रहरीले साहले चढेको ना.२५प १९७७ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको थियो। बाराका कलैया, निजगढ, जितपुर, सिमरालगायत व्यापारिक र ग्राम
म्याग्दी,माघ २३ गते – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय स्थल घोडेपानी जोड्ने बैकल्पिक सडक निर्माण भएको छ। अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ७ हिस्तानमा पर्ने महभिरदेखि घराम्दी र टिकोटदेखि ठुलाखर्क, प्यारीभारानी ताल हुँदै सडक सञ्जाल जोडिएको हो। यसबाट घोडेपानी, घराम्दी, टिकोटका बासिन्दाको साथै घोडेपानी घुम्न जाने पर्यटकलाई आवत जावतमा सुबिधा पुगेको छ। यसअघि गाउँपालिकाको केन्द्र पोखरेबगर देखि घार–खिबाङ–शिख–चित्रे हुदै घोडेपानी सडक थियो। हिस्तानका वडाध्यक्ष गमप्रसाद फगामीले स्थानीयवासीले रु। एक करोड भन्दा बढी चन्दा संकलन गरेर करिब १८ किलोमिटर सडक निर्माण गरेका जानकारी
जनकपुरधाम,माघ २३ गते – माघ २३ गते । मधेस प्रदेश सरकारले बेमौसमी वर्षाबाट पीडित किसानलाई बल्ल राहत दिने तयारी गरेको छ । गत कात्तिकको अन्त्यतिर भएको वर्षाका कारण प्रदेशका विभिन्न जिल्लाका धानबालीमा ठूलो क्षति पु-याएको थियो ।“बेमौसमी वर्षाका कारण पीडित किसानलाई राहत वितरणको तयारी सुरुआत गरेका छौँ”, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी मनिषकुमार पालले भन्नुभयो, “यसका लागि निर्देशिका तयारी भइसकेको छ, तथ्याङ्क सङ्कलनको काम जारी छ ।” सबै जिल्लाका स्थानीय तहका जनप्रतिनिधिलाई पीडित किसानको नाम, क्षतिको विवरण र बैंक खाता पठाइदिन पत्राचार गरिसकेका उहाँको भनाइ छ । स्थानीय तहहरूबा
जनकपुरधाम,माघ २३ गते – मधेश प्रदेशमा एक राज्यमन्त्री थपिएका छन्। मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन राज्य मन्त्रीमा नेकपा एकीकृत समाजवादीका नागेन्द्र राय यादवलाई नियुक्त गरेका हुन्। मुख्यमन्त्री राउतले प्रदेश प्रमुख हरिशंकर मिश्रको उपस्थितिमा यादवलाई शपथ ग्रहण गराएका हुन्। राज्यमन्त्री बनेका यादव रौतहटको निर्वाचन क्षेत्र ३ ९क० बाट निर्वाचित भएका हुन्। यसअघि मन्त्रालयमा राज्य मन्त्रीको रुपमा सुरेश मण्डल रहेका थिए। पार्टी विभाजनअघि मुख्यमन्त्री राउतले उनलाई पदमुक्त गरेका थिए।मन्त्रालय टुक्राएपछि मंसिर ५ गते नेकपा एकीकृत समाजवादीका शत्रुधन महतोको नेतृत्वमा नेकपा एस सरकार
सिरहा,माघ २३ गते – पछिल्लो केही दिनयतादेखि पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले प्रभावित मौसम आइतबारदेखि सुधार हुने भएको छ। देशभर आज आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रदेश नं १ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ।सोमबार प्रदेश नं १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही अन्य प्रदेशमा मौसम सामान्यतया सफा रही देशका मध्य तथा पश्चिमी भू–भागका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।मौसम पूर्वानुमान महाशाखाको पछिल्लो
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.