काठमाडौं,माघ २५ गते – नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीको बैठक बस्दैछ । सभापति एवम् प्रधानमन्त्री देउवा भने बैठकमा सहभागी नहुने बताइएको छ। बैठक केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो बस्न लागेको हो ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकको तयारीका लागि पदाधिकारी बैठक बस्न लागेको हो। सभापति देउवाले आगामी बिहीबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । कार्यसम्पादन समिति बैठकमा म्याद समाप्त भएका भ्रातृ एवम् शुभेच्छुक संस्थाहरू र जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरूका छलफल हुने जनाइएको छ।
बैठकमा समसामायिक राजनीतिक विषयअन्तर्गत स्थानीय तहको निर्वाचनबारे छलफल हुनेछ




















