काठमाडौं,माघ २५ गते –  सरकारले आगामी आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकैपटक गर्ने निर्णय गरेसँग दलहरूले यसको स्वागत गरेका छन् । 

संविधान बमोजिम वैखाशभित्र स्थानीय तहको निर्वाचन गर्ने भनिए अनुरुप सोमबारको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने निर्णय गरेपछि प्रमुख दलहरुले त्यसको स्वागत गरेका हुन् ।  सत्तारुढ नेपाली कांग्रेसले सरकारले संबैधानिक प्रक्रिया अनुसार निर्वाचन घोषणा गरेकाले तयारीमा जुट्ने जनाएको छ । 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालले निर्वाचन घोषणाको स्वागत गर्दै तयारीमा लाग्ने जनाएको छ । सत्तारुढ नेकपा एकीकृत समाजवादीले पनि घोषणा भएको मितिमा प्रतिस्पर्धामा अघि बढ्ने जनाएको छ ।  माओवादी केन्द्रले आगामी केन्द्रीय समिति बैठकबाट निर्वाचनमा अघि बढ्ने विषयमा औपचारिक निर्णय गर्ने भएको छ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले पनि स्थानीय तहको निर्वाच्न वैशाख ३० मा घोषणा हुनु सकारात्मक र स्वागतयोग्य भएको बताएको छ