काठमाडौं,माघ २५ गते – सरकारले आगामी आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकैपटक गर्ने निर्णय गरेसँग दलहरूले यसको स्वागत गरेका छन् । संविधान बमोजिम वैखाशभित्र स्थानीय तहको निर्वाचन गर्ने भनिए अनुरुप सोमबारको मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन वैशाख ३० मा गर्ने निर्णय गरेपछि प्रमुख दलहरुले त्यसको स्वागत गरेका हुन् । सत्तारुढ नेपाली कांग्रेसले सरकारले संबैधानिक प्रक्रिया अनुसार निर्वाचन घोषणा गरेकाले तयारीमा जुट्ने जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालले निर्वाचन घोषणाको स्वागत गर्दै तयारीमा लाग्ने जनाएको छ । सत्तारुढ नेकपा एकीकृत समाजवादीले पनि घोषणा भएको
सिरहा,माघ २५ गते – रौतहट जिल्लाको इशनाथ नगरपालिका—५ लक्ष्मीनियामा सोमबार केही महिलाहरुले सरस्वती माताको प्रतिमा विसर्जन गर्न जाँदै गरेको अवस्था ढुंगामूढा प्रहार गरेका छन् ।इट्टा भट्टामा जिउंदो मानिसलाई जलाउने कार्यको मुख्य नाइकेको रुपमा कारागारमा बन्दी जीवन बिताइरहेका नेपाली कांग्रेसका निलम्वित प्रतिनिधि सांसद मोहम्मद आफताब आलमको निर्वाचन क्षेत्र रहेको सो क्षेत्रमा प्रत्येक बर्ष यस किसिमको विवाद उत्पन्न हुने गरेको छ । होली , छठ , महाबिरी झण्डा , नव रात्री तथा सरस्वती पूजामा राजपुर फरहदवा , रामपुर खाप , घिउरा , मठिया र लक्ष्मीनियामा केही व्यक्तिहरु अवरोध गर्ने जस्ता उछृंखल क्रियाकलाप गर्ने गरेक
काठमाडौं,माघ २५ गते – अध्यागमन विभागले भिजिट भिसामा दुबई जान लागेका तीन जनालाई सोमबार प्रस्थान अनुमति नदिई फिर्ता गरेको छ। अध्यागमनले अर्घाखाँचीका सजना केसी, संखुवासभाका महेश घिमिरे र गोरखाका यम गुरुङलाई शंकास्पद यात्रा भन्दै अनुमति नदिएको हो। अर्घाखाँचीका केसी र संखुवासभाका घिमिरेले भिजिट भिसामा दुबई जानुपर्ने औचित्य पुष्टि गर्न सकेनन्। उनीहरुले गृह मन्त्रालयलयले तोकेको मापदण्ड अनुसार कागजात बुझाउन नसकेपछि अध्यागमनले उनीहरुलाई फिर्ता गरेको हो। गोरखाका गुरुङलाई अध्यागमन कार्यविधि बमोजिम श्रम अवधि नभएकाले फर्काइएको अध्यागमन स्रोतले बताएको छ। अध्यागमनले सोमबार नै अन्य दुई जनालाई पनि प
सिरहा,माघ २५ गते – । सप्तरीको अग्निसाईर कृष्णासवरन गाउंपालिका– ४ विशाल चोकमा सोमबार मेची–महाकाली उल्टो पैदल यात्रामा रहेका ऋृषि परियारलाई भव्य स्वागत गरिएको छ ।दशदिनको कठोर उल्टो पदयात्रा गरी साँझ विशाल चोक पुगेका ३० बर्षीय परियारलाई स्थानीयवासीहरुले खादा अबिर लगाएर स्वागत गरेको हो । मेची–महाकाली उल्टो पदयात्री परियार चोकमा आइ पुग्नासाथ स्थानीयवासीले अबिर खादा लगाइ स्वागत गरेका थिए । उनलाई स्थानीयवासीले खान बस्नको समेत व्यवस्था गरेको स्थानीय रामी यादवले बताए । उल्टो पदयात्री परियारलाई मंगलबार दोसल्ला ओढाएर सम्मान गरी विदाइ गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । स्थानीय वासीहरुले ठाउँ –
सिरहा,माघ २५ गते – सिरहाको सखुवानन्कारकटि गाँउपालिकामा १० शैयाका आधारभूत अस्पताल निर्माणको लागि एक करोड मूल्य बराबरको १० कठा जग्गा दान गर्ने पाँच दाजुभाइ लाई सखुवा नन्कारकटि गाँउपालिकाले दोसल्ला ओढाई सम्मान गरेको छ ।आमा शङकरियादेवी यादव, पिता पतासी यादव र काका फुसयाही यादवका सम्झनाका लागि एक करोड मूल्य बराबरको जग्गा दान गरेको रामप्रसाद यादवले बताउनुभयो । जग्गा दान गरेपछि सखुवानन्कारकटि गाँउपालिकाले दोसल्लार र सम्मानपत्रसहित सम्मान गरेको उहाँले बताउनुभयो । पाँच जना दाजुभाइ सम्मानबाट खुसी भएका छौं, उहाँले भन्नुभयो ।सखुवानन्कारकटि गाँउपालिकामा आधारभूत अस्पताल नभएकाले अस्पताल निर्माणका लागि जग्गा
काठमाडौं, माघ २५ गते– विद्युत् उत्पादन बढ्दै जाँदा त्यसलाई मुलुकभर सहज र दिगो रूपमा वितरण गर्ने प्रसारण लाइन निर्माणको गति भने सुस्त छ । बढ्दो ऊर्जाको माग सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले उच्च क्षमताका प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकतामा राखे पनि लगानी, निर्माण प्रक्रिया, स्थानीय अवरोध तथा सरकारी निकायबीचकै समन्वय अभावले यो प्रक्रिया अवरुद्ध छ । सरकारले नदी कोरिडोरमा आधारित उच्च क्षमताका प्रसारण लाइन बनाउन दशक पहिलेदेखि नै प्रक्रिया थाले पनि निर्धारित समयमा तयार हुन सकेका छैनन् । यसकै कारण पनि गत वर्षायाममा देशको एक भूक्षेत्रमा विद्युत् आवश्यकता रहँदा अन्यत्रको छ सय मेगावाटसम्म विद्यु
सिरहा,माघ २४ गते – गृह मन्त्रालयले नियन्त्रित लागुऔषध गाँजालाई औषधीय प्रयोगका लागि मापदण्ड बनाउने तयारी गरेको छ ।सोमबार सिंहदरबारमा गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गर्दै मन्त्रालयका सचिव टेकनारायण पाण्डेले गाँजा प्रयोगको मापदण्ड बनाउन लागेको बताए । गृह सचिव पाण्डेले भने–‘गाँजाको व्यवस्थित उत्पादन र प्रयोगको मापदण्ड बनाउँछौं ।’गृहमन्त्री बालकृष्ण खाणले सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजनाको २१ नम्बर बुँदामा गाँजाको औषधीय प्रयोगबारे उल्लेख गरिएको छ । गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्र कार्यविधि तयार गर्ने मन्त्रालयको तयारी छ । नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले
काठमाडौं,माघ २४ गते – नेपाल वायुसेवा निगमले न्यारोबडी ए३२० विमान ९एन(एकेडब्लूको इन्जिन फेर्न नेदरल्याण्डको कम्पनी छनोट गरेको छ । इन्जिन बिग्रेर कतारको दोहा विमानस्थलमा ग्राउण्डेड न्यारोबडीको इन्जिन फेर्न ग्लोबल टेण्डरमार्फत नेदरल्याण्डको आम्सटरडममा रहेको एमटीयू मेन्टिनेन्स लिज सर्भिस बी।भी कम्पनी छनोट गरेको हो । उक्त कम्पनीबाट निगमले इन्जिन भाडामा लिएर फेर्न लागेको प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उनकाअनुसार इन्जिन भाडामा लिने प्रक्रिया अघि बढाइएको छ । काठमाडौंबाट २८ डिसेम्बरमा दोहा उडेको न्यारोबडी जहाजमा सुरक्षित अवतरणपश्चात पार्किङ गर्ने क्रममा विमानको बायाँतर्फ
सिरहा,माघ २४ गते– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक सयले बढेर ९२ हजार छ सय पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९२ हजार पाँच सयमा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार एक सय कायम भएको छ । जसको मूल्य आइतबार प्रतितोला ९२ हजार तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर एक हजार २५५ कायम भएको महासङ्घले जनाएको छ ।महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अ
काठमाडौं,माघ २४ गते – नेपालमा सोमबार कोरोनाविरुद्धको थप ८ लाख ८२ हजार ८० मात्रा अस्ट्राजेनेका खोप आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत बेलायत सरकारले सहयोगमा सो खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ । नेपालमा कोरोनाविरुद्ध खोप आउने क्रम जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप अभियानलाई तीव्र पारेको जनाएको छ
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.