वीरगन्ज,मघा २६ गते – पर्सामा निर्माणधीन वीरगन्ज(ठोरी हुलाकी सडक, ठेकेदार र चितवन राष्ट्रिय निकुन्जका कारण समयमै सम्पन्न हुन नसक्दा अलपत्र परेको छ। पर्सामा वीरगन्जको प्रतिमा चोकदेखि ठोरी गाँउपालिकाको चौतारासम्म ६० किलो मिटर हुलाकी सडक दुई वटा निर्माण कम्पनीले चार वर्षअघि ठेक्कामा लिएका हुन्।
वीरगन्जको प्रतिमा चोकदेखि सेढवाको चमरी होलसम्म सम्म ३० किलोमिटरको ठेक्का पप्पु कन्ट्रक्सनले र चमरी होलदेखि ठोरीको चौतारासम्मको ३० किलोमिटरको ठेक्का कालिका बानिया जेभी कन्ट्रक्सनले सकारेको हो। वीरगन्जदेखि सेढवासम्मको हुलाकी सडकको ठेक्का पप्पु कन्ट्रक्सनले एक अर्ब ३२ करोड ४७ लाख ८३ हजार सात सय २७ रुपैयाँमा र सेढवादेखि ठोरीसम्मको हुलाकी सडक निर्माणको ठेक्का कालिका बानिया जेभी कन्ट्रक्सनले एक अर्ब दुई करोड ९६ लाख रुपैयाँमा सकारेको हो। त्यो मध्ये कालीका बानिया जेभीले आफ्नो भागमा परेको ३० किलोमिटरमध्ये साढे २५ किलो मिटर सडक कालोपत्रे गरी ११ महिना पहिले नै अर्थात गत मार्चमै सरकारलाई हस्तान्तरण गरिसकेको छ। 
निकुन्जको अवरोधले कालोपत्रे रोकियो
उसको भागमा परेको बाँकी साढे चार किलोमिटर (ठोरी गापा २ को फारलाइनदेखि ठोरी १ को चौतारासम्म) सडकमा भने चितवन राष्ट्रिय निकुन्जको अवरोधका कारण कालोपत्रेको काम रोकिएर अलपत्र छ। निकुन्जले त्यो क्षेत्र वन भित्र पर्ने भएको र वातावरणीय प्रभाव मुल्यांकन (इआइए) पनि नगरिएको कारण देखाउँदै अवरोध गरेपछि साढे ४ किलोमिटर सडकको कालोपत्रे रोकिएको हो।
वीरगन्ज ठोरी हुलाकी सडकमा पर्ने तिलावे खोलामा बन्दै गरेको अधुरो पुल। तस्बिर: क्रान्ति शाह।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका प्रमुख दरोगा साहले निकुन्जको अवरोधका कारण ठोरीमा साढे चार किमि सडक कालोपत्रे हुन नसकी अलपत्र परेको बताए। कालीका बानियाको भागमा परेको ३० किमि सडकमध्ये साढे २५ किमि सडक कालोपत्रे गरी निर्माण कम्पनीले गत मार्च मै सरकारलाई हस्तान्तरण गरिसकेको साले जानकारी दिए। बाँकी साढे ४ किमि सडकको भने कालोपत्रे सुरु गर्नै लाग्दा निकुन्जले जंगल क्षेत्रभित्र पर्ने भन्दै काम गर्नै नदिएको उनले बताए। साहले भने, ‘ट्रयाक खोल्ने बेला र कल्भर्ट बनाउने बेला कुनै अवरोध गरिएन तर जब अरु सबै काम सकेर कालोपत्रे सुरु गर्ने बेला निकुन्जले त्यहा अवरोध गरिदियो।
ठोरी गाँउपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले भने निकुन्जको नियत नै खराब देखिएको बताए। निकुन्जले जंगल क्षेत्रभित्र पर्ने भन्दै काम रोके पनि उक्त सडक जंगल छेउको मानववस्ती र खेतबारी भएर गएकाले यसमा निकुन्जले अनावश्यक बखेडा झिकेको श्रेष्ठले बताए। श्रेष्ठले भने,‘यदि वास्तवमै जंगल भित्र पर्ने हो भने निकुन्जले ट्रयाक खोल्ने बेला नै रोक्नुपर्थ्यो तर त्यो बेलामा केही भनेन, अहिले अरु सबै काम सकाएर कालोपत्रे गर्न लाग्दा इआइए नगरिएको भन्दै काम रोकिदियो। यस बारे संघीय सरकारका वनमन्त्रीलाई भेटेर जानकारी गराइसकेको भन्दै श्रेष्ठले भने,‘सम्भवत छिट्टै काम सुरु हुन्छ होला। यता , पप्पु कन्ट्रक्सनले ठेक्का सकारेको बाँकी ३० किलोमिटर ९वीरगन्जदेखि चमरी होलसम्म० सडक पनि पटक(पटक म्याद थप्दा पनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन। पहिलो पटकको सम्झौता अनुसार सम्झौता गरिएको मितिले ३० महिनाभित्र अर्थात २ जुन २०२० भित्र हुलाकी सडक निर्माण सकेर सरकारलाई हस्तान्तरण गर्नु पर्ने थियो।
तर पप्पुले विभिन्न बहाना र कारण देखाएर समयमै काम नसकाएका कारण अहिले पनि अधुरै छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका प्रमुख दरोगा साहले पछिल्लोपटक चैत मसान्तसम्मको लागि म्याद थपिएको जानकारी दिए। उनले भने,‘पप्पुको ठेक्कामा परेको ३० किमि सडकको लगभग सबै काम सकिएको छ। एक दुई ठाँउमा छिटफुट काम बाँकी छ, त्यो पनि गरिरहेको छ। चैतसम्म उसले पनि सबै काम सकाउँछ।
हुलाकी सडकको पुल पनि ६ वर्षमा बनेन
यसैबिच पप्पुकै ठेक्कामा परेको हुलाकी सडक खण्डमै पर्ने तिलावे पुलको काम पनि ६ वर्ष बित्दा पनि सकिएको छैन। पर्सामा पर्ने हुलाकी सडकमा १४ वटा पुल रहेकोमा १३ वटा पुलको निर्माण कार्य सकिसकेको छ। तर पप्पुले ठेक्का सकारेको तिलावे खोलाको पुल भने ६ वर्ष बितिसक्दा पनि अधुरै रहेको छ। २०७२ जेठ २५ मा पप्पु, लुम्बिनी जेभीले ७ करोड ७१ लाख रुपैयाँमा ३ वर्षमा बनाउने गरी तिलावे खोलाको पुलको ठेक्का सकार गरेको थियो। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय बिरगन्जका अनुसार पहिलो कार्यादेश अनुसार तिलावे खोलाको पुल २०७५ जेठ २४ भित्रै निर्माण कम्पनिले निर्माण सम्पन्न गर्नु पर्ने थियो। पटक(पटक थपिएको ठेक्काको पछिल्लो म्याद २०७८ भदौ ६ मै सकिएपछि अन्तिमपटक आगामी चैत मसान्तसम्मको म्याद थपिएको छ। ठेकेदार कम्पनीका इन्जिनियर बसन्त घिमिरेले चैत भित्र सकाउने गरी तीब्र गतिमा काम भइरहेको बताए। उनले भने, ‘दुईमध्ये अब एउटा मात्रै स्पान राख्न बाँकी छ, त्यो पनि १र२ दिनमा राख्छौं, त्यसपछि २८ दिनमा टेको हटाएर फिनिसिङको काम सुरु गर्छौं, चैतभित्र पुलको काम सकिन्छ




















