सिरहा,माघ २६ गते –  सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु। ३०० ले उकालो लागेर रु. ९३ हजार ४०० पुगेको छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु. ९३ हजार १००मा कारोबार भएको थियो ।    

   नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु. ९२ हजार ९०० छ, यसको मूल्य अधिल्लो दिन रु. ९२ हजार ६०० थियो ।    

 त्यस्तै आज चाँदीको मूल्य अधिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. २० ले बढेर रु. एक हजार २८० कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८२७ डलर आसपास कारोबार भइरहेको छ ।