सर्लाहि,माघ २६ गते –  नेपाल बैंक लिमिटेड मलंगवा शाखाबाट एकजना ग्राहकको रकम चोरी भएको छ ।

सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका–२का बोनी ट्रेडर्सका संचालक शिवनाथ प्रसादको नाममा रहेको खाताबाट फरक–फरक मिति र समयमा गरी १ लाख ७८ हजार ३ सय ४० रुपैयाँ चोरी भएको छ । नेबंैलिको मलंगवा शाखामा आफूले बोनी ट्रेडर्सको नाममा ०२ ९००१०१२१२१४७०००००१ नम्बरको खाता र आफ्नो नाममा ०२९०१००७१२६९४७०००००१ नम्बरको खाता संचालन गर्दै आएको र सोही खाताहरुबाट आफूलाई कुनै किसिमको जानकारी नगराइ विभिन्न मिति र समयमा रकम झिकिएको उनले बताए ।

आफूले खाताबाट पैसा नझिक्दा पनि रकम हराएको जानकारी पाए लगत्तै नेबैलि मलंगवा शाखा प्रबन्धक शम्भु ठाकुरलाई सो कुराको जानकारी गराइ खाताबाट चोरी भएको रकम तुरुन्त खातामा जम्मा गराइ दिन भन्दै नेबैलि मलंगवा शाखामा लिखित निवेदन दिएका छन् । त्यसको साथै रकम निकाल्ने व्यक्तिको बारेमा छानबिन गरि चोरी भएको रकम उपलब्ध गराइ दोषीलाई कानून बमोजिम कारवाही गर्न भनी जिल्ला प्रहरी कार्यालय मलंगवामा समेत लिखित उजुरी दिइसकेको शिवनाथले जानकारी दिए ।