X wada

मुख्य समाचार

    Showing १,७२१-१,७३० of २,९७२ items.
  • अवैध लागूऔषध सहित पक्राउ

    सिरहा,फागुन ३ गते – सिरहाको गोलबजार नगरपालिका– १ बस्ने ३६ वर्षीय युवराज सिंह ठकुरी समेत ३ जनालाई करिब २८ केजी अवैध लागूऔषध गाँजा सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ठकुरीको घरमा लागूऔषध गाँजा लुकाई छिपाई बिक्री गरिरहेको भन्ने सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय गोलबजार र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरुले प्रयोग गरेको प्रदेश नम्बर २– ०१– ००३ प. ५२ १७ नम्बर र स.५ प.१०२० नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • ४३० पटक पढिएको
  • एमसीसी बुधबार बस्ने संसदको बैठकमा पेश हुन सक्छ : डा.महत

    काठमाडौं, फागुन ३ गते – नेपाली काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री रामशरण महतले भोलिको संसद् बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पेश हुनसक्ने जानकारी दिनुभयो ।काँग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले यो अधिवेशनमा भोलि नै पेश हुने सम्भावना रहेको जानकारी दिनुभयो ।‘भोलिदेखि संसद् बैठक सुरु हुन्छ । संसद् बैठकमा एमसीसी भोलि नै पेश हुन्छ कि पर्सि पेश हुन्छ,’ उहाँले भन्नुभयो, ‘यो अधिवेशनमा भोलि नै पेश हुने सम्भावना छ ।’ नेता महतले एमसीसी नेपालको हितमा रहेको जानकारी दिनुभयो । ‘अहिलेसम्म धेरै देशहरुमा एमसीसी चलिरहेको छ । ती देशहरुमा न अमेरिकी सेना पुगेका छन्

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • १४५ पटक पढिएको
  • कर्मचारी अभावमा तीन पक्राउ सेवा प्रभावित

    सिरहा,फागुन ३ गते – कर्मचारी अभावको कारण जिल्ला प्रशासन कार्यालय सप्तरीको कामकाज प्रभावित भएको छ ।दरबन्दीअनुसारका कर्मचारी नहुँदा जिप्रका सप्तरीबाट प्रवाहित हुने सेवा प्रभावित भएको हो । जिप्रका सप्तरीमा प्रमुख जिल्ला अधिकरी, सहायक प्रमुख जिल्ला अधिकारी, तीन प्रशासकीय अधिकृत, १० जना नायब सुब्बा, पाँच खरिदार र कार्यालय सहयोगीसहित ३३ जनाको दरबन्दी रहेको छ । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमका अनुसार एक अधिकृत, आठ नायब सुब्बा , पाँच खरिदार र कार्यालय सहयोगीकै भरमा अहिले कार्यालय सञ्चालन भइरहेको छ । उनले भने,‘कार्यालयमा तीन प्रशासकीय अधिकृतको दरबन्दी छ, तर एक जना प्रशासकीय अधिकृत एक्लैले सबै जिम्म

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • १२८ पटक पढिएको
  • टी–२० वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

    काठमाडौं,फागुन ३ गते –   अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी०को पछिल्लो टी– २० वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।आईसीसीले सोमबार अपडेट गरेको वरीयता अनुसार नेपाल १३औं स्थानमा झरेको हो । यसअघि नेपाल १२औं स्थानमा थियो ।ओमानमा सोमबार सम्पन्न चारदेशीय टी– २० मा तीन खेलमध्ये एक खेल मात्र जितेको नेपालको वरीयता खस्किएको हो । नेपालले पहिलो खेलमा ओमानलाई पराजित गरेको थियो । तर त्यसपछि युएई र आयरल्याण्डसँग लगातार पराजित भयो । सोमबार भएको खेलमा आयरल्याण्डलाई १२७ रनमा रोके पनि ब्याटिङ नचल्दा नेपालले टेष्ट मान्यता प्राप्त टिमलाई पहिलो पटक हराउने अवसर गुमाएको थियो ।आयरल्याण्डलाई नेट रनरेटले पछ

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • ४६७ पटक पढिएको
  • टिपरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयद्वारा पूर्व– पश्चिम राजमार्ग अवरुद्ध

    दाङ्ग,फागुन ३ गते – दाङमा टिप्परको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा राप्ती गाउँपालिका(१ की ३५ वर्षीय डीला पौडेल रहेकी छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार उनलाई पूर्व(पश्चिम् राज्मार्गअन्तर्गत राप्ती गाउँपालिका(१ पाखापानीमा रा१ख १२८६ नम्बरको टिपरले बिहान ६ बजे ठक्कर दिएको थियो ।साइकलमा दूध बेच्न भालुवाङ जाँदै गरेकी पौडेललाई टिपरले ठक्कर दिएको हो । घटनापछि मृतकका आफन्त र स्थानीयले सडक अवरुद्ध गरेका छन् । पूर्व(पश्चिम् राजमार्ग बन्द भएपछि गाडी सडकमै रोकिएका छन् । मृतकको शव घटनास्थानमै छ ।

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • ५४० पटक पढिएको
  • लागूऔषधसहित ६ जना पक्राउ

    सिरहा,फागुन ३ गते – प्रहरीले कास्कीका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पोखरा महागनरपालिका–१ सिमपानीका ३८ वर्षीय पूर्णबहादुर जलारी र पोखरा–१७ छोरेपाटनका ३१ वर्षीय सूर्यबहादुर थापा रहेका छन्। उनीहरूका साथबाट फेनरागन ७० एम्पुल, नुफ्रिन ६९ एम्पुल र डाइजापाम ७० एम्पुल बरामद गरिएको  प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए। त्यस्तै प्रहरीले पोखरा–१७ घारीपाटनबाट १९ वर्षीय प्रशन भण्डारी र १९ वर्षीय अनिस सुनार, पोखरा–१५ नयागाउँका २१ वर्षीय विकास नेपाली तथा स्याङ्जाको बिरुवा–८ घर भई हाल पोखरा–१५ नयागाउँ बस्ने २१ वर्षीय विशाल गुरुङलाईसमेत पक्राउ गरेको छ।

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • १५७ पटक पढिएको
  • सुरक्षामा शंका : बलात्कार अभियुक्तलाई प्रहरीले भगाएको आरोप

    महोत्तरी,फागुन ३ गते – सेटिङ्गमा जुवा खेलाएको भन्दै यसअघि आलोचना व्यहोरेको महोत्तरीका प्रहरी फेरि अर्को घटनाका कारण चर्चामा रहेको छ।जबरजस्ती करणी गरि फरार रहेका अभियुक्त पक्राउ गरेको प्रहरीको घेराबाट भागेपछि आलोचना भइरहेको हो। पीडितपक्षले प्रहरीको मिलेमतोमा अभियुक्तलाई भगाइएको आरोप लगाएको छ। जबरजस्ती करणीका फरार अभियुक्त जितु मण्डललाई प्रहरीले भगाएको पीडित पक्षको आरोप छ। मण्डलविरुद्ध १० साउन २०७७ रातको ९ बजे जिल्लाको रामगोपालपुरकी एक महिलालाई जबरजस्ती करणी गरेको भन्दै पीडितपक्षले किटानी जाहेरी दिएका थिए। जिल्लाकै औरही नगरपालिका बस्ने २६ वर्षीय जितु मण्डलसहित सोही उमेरका खुस्रे मुखियाले जबरजस्त

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • २९३ पटक पढिएको
  • सिरहामा पाँच सय ८१ जनाको बध्याकरण हुँदा एक जना पुरुष परेनन्

    सिरहा,फागुन ३ गते –  सन्तानको रहर पुगेका दम्पतिको लागि सिरहामा सञ्चालित निःशुल्क परिवार नियोजन (बध्याकरण) शिविरमा पाँच सय ८१ जनाको बध्याकरण हुँदा एक जना पनि पुरुष परेनन् । सिरहाको भलुवाही, औरही गापा , भगवानपुर गापा, धनथढीमाई नपा, गोलबजार नपा, मिर्चैया नपा र कर्जन्हा नपा सहित ६ ठाउँमा आयोजित निःशुल्क बध्याकरण शिविरमा पाँच सय ८१ जना महिलाको मिनिल्याप सेवा लिएको हो ।बिहmष् गिनबमजगलभ कबदगलभलुवाहीमा ९४, औरही गापामा ५१ , भगवानपुर गापा एक सय ३, धनथढीमाई नपा ८६, गोलबजार नपा ८६, मिर्चैया नपामा एक सय १२ र कर्जन्हा नपामा ४८ जना महिलाको मिनिल्याप गरिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका भेक्टर कन्ट्र

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • ३१० पटक पढिएको
  • वीरगञ्जबाट लागु औषधसहित एक जना पक्राउ

    वीरगञ्ज,फागुन ३ गते – वीरगञ्जबाट लागु औषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत विहार जिल्ला मोतिहारी थाना रामगढवा– १४ बस्ने २२ वर्षीय जगतकुमार कुशवाहा पक्राउ परेका हुन् ।सोमबार बिहान साढे ९ बजे वीरगञ्ज महानगरपालिका वडा नं– १४ गण्डकचोकस्थित सडक खण्डमा प्रहरी चौकी गण्डकबाट खटिएको नियमित चेकिङ्ग टोलीले उनलाई पक्राउ गरेको थियो । शंकास्पदरूपमा पैदल हिंडिरहेका कुशवाहाले बोकेको ब्यागभित्र कालो प्लाष्टिकको झोलामा लुकाइछिपाइ ल्याएको प्रतिबन्धित लागु औषध बरामद भएको प्रहरीले जनाएको छ । उनको साथबाट एनुर्फिन, डाइजीपाम र फेनारगन एकरएक सय एम्पुल गरी जम्मा तीन सय एम्पुल फेला परेको जिल्ला प्रहरी का

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • १७१ पटक पढिएको
  • मलद्वारमा लुकाएर खैरो हेरोइनको ओसारपसार

    विराटनगर,फागुन ३ गते –  मोरङमा विभिन्न उपाय लगाएर लागुऔषधको ओसारपसार हुने गरेको पत्ता लागेको छ। लागुऔषध नियन्त्रणका लागि प्रहरीले नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गर्न थालेसँगै ओसारपसार तथा कारोबारमा संलग्नले नयाँ उपाय लगाएर लागुऔषधको ओसारपसार गरिरहेको फेला परेको हो। मोरङको सुनवर्षी नगरपालिका–१ मा बस्दै आएका २३ वर्षीय विनोद तामाङ मलद्वारमा लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) लुकाएर ल्याउँदै गरेको अवस्थामा पक्राउ परेका छन्। धनकुटाको जोरपाटी घर सुनवर्षीमा बसोबास गरिरहेका उनलाई प्रहरीले सोमबार साँझ सुनवर्षी–८ बाट पक्राउ गरेको छ। प्लाष्टिकमा पोको पारेर तामाङले मलद्वारभित्र लुकाई ल्याउँदै गरे

    • प्रकाशित मितिः फागुन ३, २०७८
    • ३३३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२