सिरहा,फागुन ५ गते – उदयपुरको बेलका नगरपलिका– ८ सिरुवानीस्थित सडकबाट करिब ४ सय केजी अवैध लागूऔषध गाँजा र नगद ६३ हजार २५ रुपैयाँ सहित बेलका नगरपालिका– ८ बस्ने २७ वर्षीय गोकुल राई लगायत ३ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । 

उक्त स्थानमा अवैध रुपमा लागूऔषध गाँजाको कारोबार तथा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले कों.१ ज २७६१ नम्बरको महेन्द्र पिकअप गाडी जाँच गर्ने क्रममा गाडीमा लुकाई ल्याउँदै गरेको उक्त परिमाणको लागूऔषध फेला पारी गाडीका चालक राई समेत ३ जनालाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।