सिरहा,फागुन ६ गते – सप्तरीको सप्तकोशी नगरपालिकामा तालाबन्दी गरिएको छ ।

नगरपालिकामा आर्थिक अनियमितता भएको र आय–व्यय सार्वजनिक गर्न नगरप्रमुखले आलटाल गरेको भन्दै चारदलीय संर्घष समितिले विहीबार तालाबन्दी गरेको हो । संघर्ष समितिले अनियमितताको छानबिन हुनु पर्ने माग अघि सारेका छन् । संघर्ष समितिका संयोजक समेत रहेका नेपाली कांग्रेस नगर समितिका सभापति युवराज खनालले नगरपालिकामा भएको आर्थिक कारोवार र कर्मचारी नियुक्ति प्रक्रियाबारे सम्पूर्ण विवरण माग गर्दै पटक पटक ज्ञापन पत्र बुझाउँदा पनि नगर प्रमुख उत्तम गौतमले आलटाल गर्दै आएकोले बाध्य भइ तालाबन्दी गर्नुृ परेको बताए ।

संघर्ष समितिद्वारा पछिल्लो पटक माघ २४ गते ज्ञापन पत्र बुझाईएको थियो । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकिकृत (समाजवादी) द्वारा गठित संघर्ष समितिले महालेखा नियन्त्रणको कार्यालय र आन्तरिक लेखापरीक्षणबाट बेरुजु ठहर गरिएका खर्चको सम्पूर्ण विवरण सार्वजनिक गर्नु पर्ने माग गरेको छ