काठमाण्डौ,फागुन ५ गते – महानगरपालिका वडा नं– १६ नयाँ बजार मेडिकल चोक एरियामा केहि ब्यक्तिहरुले नेपाली नक्कली नोटको अबैध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा यस महाशाखाबाट खटि गएको बिषेश प्रहरी टोलीले उक्त स्थानबाट हजार दरका २९४९दुई सय चौरानब्बे० थानको २,९४,०००।–९दुई लाख चौरानब्बे हजार० नक्कली नेपाली नोट सहित निम्न मानिसहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भई रहेको ।
पक्राउ परेका रौतहट गौर नपा– १२ घर भई हाल काठमाण्डौ नयाँ बजार बस्ने बिन्देश्वर प्रसादको छोरा बर्ष २८ को पृथ्वी प्रसाद साह ।
रौतहट राजपुर नपा–३ घर भई हाल काठमाण्डौ नयाँ बजार बस्ने अकबर अलीको छोरा बर्ष २७ को मोहम्मद मुसरफ अली । रौतहट राजपुर नपा – ६ घर भई हाल काठमाण्डौ नयाँ बजार बस्ने शेख अलीका छोरा बर्ष ३० को असरफ अली सहिद । रौतहट गौर नपा– ९ घर भई हाल काठमाण्डौ नयाँ बजार बस्ने शेख नशरुलका छोरा बर्ष २८ को महमद शम्साद आलम ।
बरामद भएको सामानको बिवरण:
झ/७३ ( ६३६७०३ नम्बरको नक्कली नेपाली नोट थान ५५ झ/८३ ( ६१३६७५ नम्बरको नक्कली नेपाली नोट थान ५४ झ/७३ ( ६३६७०२ नम्बरको नक्कली नेपाली नोट थान ४९ झ/३६ ( ५३०६६० नम्बरको नक्कली नेपाली नोट थान ४३ झ/१६ ( ७६१४४४ नम्बरको नक्कली नेपाली नोट थान ४३ झ/७६ – ५५२४५१ नम्बरको नक्कली नेपाली नोट थान ४३ झ/६४ – ५५३६२२ नम्बरको नक्कली नेपाली नोट थान ४
झ/ ६४ – ५५३६८८ नम्बरको नक्कली नेपाली नोट थान १ छर६४ – ५५३६८७ नम्बरको नक्कली नेपाली नोट थान १ छ/६४ – ५५३६९२ नम्बरको नक्कली नेपाली नोट थान १
उक्त परिमाणको नक्कली नेपाली नोट सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।




















