सिरहा,फागुन ५ गते – जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले जातीय विभेद अन्त्य नभए सम्म मुलुकमा समृद्धि र विकास हुन नसक्ने बताएका छन् ।सन्त शिरोमणी रविदासजी महराजजीको ६४५औं जन्म जयन्तीको अवसरमा बुधबार जनकपुरधाम उपमहानगरपालिका– २४मा आयोजित समारोहमा बोल्दै उनले भने,‘यहाँ व्याप्त जातीय भेदभाव ,छुवाछुत लगायतको विभेदहरुको अन्त्य नभए सम्म प्रदेश मात्र नभइ समग्र मुलुककै विकास सम्भव छैन ।’ ऐतिहासिक मधेश विद्रोहबाट प्राप्त मधेशी ,दलित उत्पीडित वर्गको लागि आरक्षणले मुलुकमा परिवर्तन हुँदै गएको अनुभूति गराए पनि जातीय विभेद भने कायमै रहेको उनले बताए । तर आन्दोलनबाट प्राप्त उपलब्धिका
सिरहा,फाल्गुन ५ गते । आगामी वैशाख ३० गतेका लागि स्थानीय तहको चुनाव घोषणा भएको छ । राजनीतिक दलसहित स्थानीय तहका जनप्रतिनिधिहरु समेत चुनावी गतिविधिमा होमिसकेका छन् ।तर स्थानीय तहको पहिलो कार्यकाल सकिनै लाग्दा समेत केही स्थानीय तहहरुले यो वर्षको बजेट अहिलेसम्म ल्याउन सकेका छैनन् ।स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा १ अनुसार स्थानीय तहले कार्यपालिकाबाट स्वीकृत गराई प्रत्येक असार १० गते सभामा पेश गर्नुपर्ने प्रावधान छ । दफा ६ अनुसार असार मसान्तभित्र प्रत्येक आर्थिक वर्षको बजेट पारित गर्नुपर्ने उल्लेख छ । तर केही स्थानीय तहले अझैसम्म बजेट ल्याउन सकेका छैनन् ।राजनीतिक दल र जनप्रतिनिधि
सिरहा,फाल्गुन ५ गते । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि दल दर्ता खुला भएको छ ।निर्वाचन आयोगले सूचना प्रकाशन गरी निर्वाचनमा भाग लिनका लागि आजदेखि दल दर्ता गर्न आह्वान गरेको हो ।आयोगले जारी गरेको सूचना अनुसार आजदेखि यही फागुन १५ गतेसम्म कार्यालय समयमा दल दर्ताको निवेदन दिन सकिनेछ ।दल दर्ताका लागि सार्वजनिक बिदाका दिन पनि कार्यालय खुल्ने आयोगले जनाएको छ ।पेस गर्नु पर्ने कागजातहरू दल दर्ताका लागि निवेदन दिंदा दलको विधान, घोषणापत्र, नियमावली, झण्डा र चिह्नको नमूना, कम्तीमा २१ सदस्य केन्द्रीय समितिको व्यवस्था तथा अघिल्लो वर्षको लेखापरीक्षण प्रतिवेदनलगायत कागजात त
डोटी,फाल्गुन ३ गते । बैवाहिक बलात्कारका आरोपित एक व्यक्तिलाई उच्च अदालत दिपायलले तीन बर्ष ६ महिना कैद सजाय सुनाएको छ ।गर्भवती श्रीमतीलाई कुटपिट र यातना दिई बलात्कार गरेको अभियोगमा सोमबार उच्च अदालत दिपायलले अछामका २५ वर्षका युवकलाई तीन वर्ष ६ महिना कैदको फैसला गरेको हो ।अछामकी एक महिलाले श्रीमान्ले बहुबिवाह गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । सो अभियोगमा जिल्ला अदालतले श्रीमानलाई धरौटीमा छाडेको थियो । त्यसपछि श्रीमानले आफूविरुद्ध मुद्धा गरेको आक्रोशमा ‘तेरो जिन्दगी बर्बाद बनाएर छाड्छु’ भन्दै शारीरिक र मानसिक यातना दिन सुरु गरेका पीडितको भनाइ छ । त्यसै क्रममा २०७७ असोज २३ गते सुतिरहेको अव
पेरिस, फागुन ३ गते । दक्षिणी फ्रान्सेली विभाग पाइरेनिस–ओरिएन्टलेसको एक भवनमा आगलागी हुँदा सात जनाको मृत्यु भएको फ्रान्सेली गृहमन्त्री गेराल्ड डार्मानिनले सोमबार बताएका छन् ।फ्रान्स ब्लु ब्रोडकास्टरका अनुसार घटना सोमबार बिहान भएको हो ।आगो भुइँतलामा रहेको एउटा किराना पसलमा फैलिएको र नजिकैका भवनहरूमा फैलिदा कम्तिमा ११ अपार्टमेन्टहरूलाई असर गरेको थियो ।आगलागीमा परी करिब ३० जना घाइते भएको बताइएको छ । मन्त्रीका अनुसार घटनाबारे अनुसन्धान थालिएको छ ।
जनकपुर, फागुन ३ गते । मधेस प्रदेशको प्रदेशसभाको बैठक फागुन १० गते मङ्गलवार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले फागुन १० गते मङ्गलबार दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेको हो । आइतबार बस्ने भनिएको प्रदेशसभाको बैठक विशेष कारण देखाउँदै स्थगन गरिएको थियो ।प्रदेशसभा बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सचिवलायले जनाएको छ । गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो सङ्कल्प प्रस्ताव पेश गर्नुभएको थियो ।सो बैठकमा प्रदेशसभा सदस्य ज्ञानेन्द्रकुमार यादव
काठमाडौं, फागुन ३ गते। प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० का पक्षमा सबै राजनीतिक दल एक ठाउँमा उभिएर संसद्बाट अनुमोदन हुने विश्वास व्यक्त गर्नुभएको छ।काँग्रेस संसदीय दलको बैठकमा बोल्दै उहाँले यस्तो विश्वास व्यक्त गर्नुभएको हो। उहाँले कांग्रेससँगै सबै दलको सहयोगमा एमसिसी अनुमोदन हुने विश्वास व्यक्त गर्नुभएको काँग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो।एमसीसीसम्बन्धी प्रस्ताव तत्कालीन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषदबाट पारित गरेर २०७६ सा
सिरहा,फागुन ३ गते – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार दुईले बढेर रु ९६ हजार सात सय पुगेको छ । फागुन महिनाको पहिलो दिन आइतबार प्रतितोला रु ९५ हजार पाँच सयमा कारोबार भएको पहेँलो धातुको मूल्य सोमबार स्थिर रही सोही मूल्यमा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार दुई सय कायम भएको छ । जसको मूल्य सोमबार प्रतितोला रु ९५ हजार तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार ३२० पुगेको महासङ्घले जनाएको छ ।महासङ्घले अन्तर्राष्ट्रिय ब
काठमाडौं,फागुन ३ गते – नेपाली कांग्रेस संसदीय दलको बैठकले एमसीसी पारित गर्नुपर्ने निर्णय गरेको छ। मंगलबार बिहान संघीय संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले एमसीसी संसदमा टेबल गरेर पारित गर्ने निर्णय गरेको हो। बैठकले एमसीसी सम्झौता संसद् बैठकमा टेबुल गर्न सरकारलाई आग्रह गर्ने र एमसीसीको सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको हो। बैठकपछि कांग्रेस महामन्त्री गगन थापाले ओली सरकारको नेतृत्व रहँदा पनि एमसीसी संसदमा टेबल गर्नुपर्ने धारणा राखेको स्मरण गराए। उनले भने, ‘संसद एमसीसी सदनमा प्रस्तुत गरेपछि एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पनि एमसीसीको पक्षमा आउँछ भन्ने कुराको बैठ
सिरहा, फागुन ३ गते – हेटौंडा उपमहानगरपालिका(३ बसामाडी बस्ने ३३ वर्षीय अशोक बिकलाई करिब २ केजी ८ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा लागूऔषध गाँजा लुकाई राखेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी बसामाडी र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । सुनवर्षी नगरपालिका– ८ हरिचन्द्रगडीबाट करिब १ ग्राम ७ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित सोही नगरपालिका– १ केचना बस्ने धनकुटा जोरपाटी गाउँपालिका– ६ घर भएका २३ वर्षीय विनोद तामाङला
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.