X wada

मुख्य समाचार

    Showing १,६६१-१,६७० of २,९७२ items.
  • यौन सम्बन्ध राख्न नदिएको भन्दै भाउजूको हत्या

    सिरहा,फाल्गुन ९ गते । केही महिनाअघि कपिलवस्तुमा मृत फेला परेकी एक महिलालाई देवर नाता पर्ने एक पुरुषले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । गत मङ्सिर ११ गते दिउँसो करिब ४ बजेको समयमा जिल्लाको  वाणगंगा नगरपालिका–१० सोनपुर बस्ने ६० वर्षीया यशोदा लोनिया आफ्नै घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले  झण्डै ३ महिना पछि हत्या अभियोगी पत्ता लगाएको हो । हत्यामा संलग्न ती वृद्धाकै देवर नाता पर्ने  ४० वर्षीय शम्भु लोनियालाई प्रहरीले पक्राउ गरेको छ ।  हत्या आरोपीलाई प्रहरी आइतबार सार्वजनिक गरेर घटना विवरण बाहिर ल्याएको छ ।फागुन  ५ गते  पक्राउ गरिएका अभियुक

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • २३४ पटक पढिएको
  • रङ्गशाला जङ्गलमा परिणत हुँदा...

    सिरहा,फाल्गुन ९ गते । कैलालीको टीकापुर खेलकुदका लागि निकै सम्भावना भएको क्षेत्र हो । टीकापुरमा बस्ती विस्तारका समयमा खेलकुद विकासको सम्भावनालाई मध्यनजर गर्दै धेरै काम अगाडि बढाइएको थियो ।  पछिल्लो समय संघीय तथा स्थानीय सरकारले यहाँको खेलकुद प्रवद्र्धनमा ध्यान नदिँदा  टीकापुरले पाउनुपर्ने सफलता अझै पाउन सकेको छैन ।टीकापुर नगर खेलकुद विकास समितिको नाममा अहिले पनि २२ बिघा जग्गा छ । सरकारले अहिलेसम्म त्यो रङ्गशालाको स्तरोन्नतिका लागि करोडको लगानी गरिसकेको छ । राज्यको करोडौँ खर्च भएको रङ्गशाला जङ्गलमा परिणत छ । निर्माण भएका संरचना पनि संरक्षणको अभावमा काम नलाग्ने अवस्थामा पुगिसकेका छन् ।

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • १५० पटक पढिएको
  • एमसीसी पेश गर्दै संसद्‍ बैठक फागुन १२ गतेसम्म स्थगित

    काठमाडौं, फागुन ८ गते –  अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० सम्झौता संसदमा पेश भए लगत्तै प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ ।आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थ मन्त्रालयको तर्फबाट सञ्चार  तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग सम्बन्धी सम्झौता अनुमोदनका लागि संसद् बैठकमा पेश गर्नुभएको हो । एमसीसी सम्झौता पेश भए लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक स्थगित गर्नुभएको हो । अर्को बैठक फागुन १२ गते बिहीबार दिउँसो १ बजे बस्नेछ

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • २१३ पटक पढिएको
  • सचिवालयमा दर्ता भएको साढे दुई वर्षपछि एमसीसी संसद्‍मा पेश

    काठमाडौं, फागुन ८ गते – अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसद्‍ सचिवालयमा दर्ता भएको अढाई वर्षपछि प्रतिनिधिसभा बैठकमा पेश भएको छ ।आइतबारको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रालयको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि पेश गर्नुभएको हो। लामो विवाद र बहसपछि सचिवालयमा दर्ता भएको अढाई वर्षपछि अमेरिकी अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट संसद्‍मा पेश भएको हो। नेकपा ९एमाले० अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा तत्कालीन सरकारका अर्थमन्त्री डा। युवराज खतिवडाले २०७६ असार ३० गते संसद्‍ सचिवालयमा एमसीसी सम्झौता प्रस्ताव द

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • १९४ पटक पढिएको
  • विद्युत् प्राधिकरणको ६ महिनाको नाफा १२ अर्ब

    काठमाडौं,फागुन ८ गते – पछिल्लो ६ महिनाको अवधिमा नेपाल विद्युत् प्राधिकरणले भने उल्लेख्य नाफा कमाउन सफल भएको छ ।राजनीतिक नेतृत्वको सकारात्मक दिशानिर्देश, सम्बन्धित संस्थाको कार्यकारी प्रमुखको सार्थक पहल र कर्मचारीको मेहनत हुने हो भने समस्यामा परेका सार्वजनिक संस्थानलाई नाफामा ल्याउन सकिन्छ भन्ने उदाहरण प्राधिकरणले प्रस्तुत गरेको छ । प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा १२ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको छ । प्राधिकरणको वित्तीय विवरण (अपरिष्कृत) अनुसार गत आव २०७७/७८ मा मात्रै छ अर्ब १८ करोड नाफा गरेको थियो । चालू आवको पहिलो ६ महिनामा नै नाफा बढेर दोब्बर भएको हो ।यो सँगै सार्वजनिक संस्

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • २०८ पटक पढिएको
  • कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु,एमसीसी टेबल गर्नेबारे छलफल

    काठमाडौं,फागुन ८ गते –  प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा बैठक भर्खरै सुरु भएको हो। बैठकमा संसद्को कार्यसूचीलगायत विषयमा छलफल हुनेछ। आज अपराह्न १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । सत्तागठबन्धनले एमसीसी संसदमा टेबल गर्ने निर्णय गरेपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोबारेमा पनि छलफल गर्नेछ।सरकारले कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफल गरेर एमसीसीलाई कार्यसूचीमा राख्ने र संसद्‍ बैठकमा टेबल गर्ने तयारी गरेको छ।  कार्यव्यवस्थाको बैठकमा एमसीसीबारे छलफल भए कार्यसूची संशोधन गरेर राख्न सकिने संसद् सचिव

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • १२५ पटक पढिएको
  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    बर्दिया,फागुन ८ गते – ३१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका१ जमुनिया बस्ने ४० वर्षीय रामदिन थारुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थारुले ती महिलालाई उनकै घरकोठामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ 

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • १६० पटक पढिएको
  • यार्सागुम्बा र भालुको पित्त सहित एक जना पक्राउ

    कञ्चनपुर,फागुन ८ गते – कृष्णपुर नगरपालिका– ५ वनदेवी मन्दिर नजिकबाट ५ सय २४ ग्राम यार्सागुम्बा र ९२ ग्राम तौलको भालुको पित्त सहित जुम्ला कन्कासुन्दरी गाउँपालिका– ६ स्थायी घर भई हाल कैलाली गोदावरी नगरपालिका– २ अत्तरिया डेरा गरी बस्ने ५७ वर्षीय बृख कामीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कर्यालय धनगढी र ईलाका प्रहरी कार्यालय गुलरीया कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले उनलाई २४ ग्राम यार्सागुम्बा र भालुको पित्त सहित फेला पारी पक्राउ गरेको हो । साथै अनुसन्धानको क्रममा निजको कोठा तलासी गर्दा थप ५ सय ग्राम यार्सागुम्बा फेला पारी प्रहरीले बरामद गरेको हो ।  यस

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • १६८ पटक पढिएको
  • सुनको मूल्य बढयो

    सिरहा,फागुन ८ गते – सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ६०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार ५०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज रु १०० ले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार १०० तोकिएको छ ।जसको मूल्य गत शुक्रबार प्रतितोला रु ९६ हजार तोकिएको थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार ३०५ कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • १३५ पटक पढिएको
  • पेट्रोलियम पदार्थको मुल्य फेरि बढ्यो

    सिरहा,फागुन ८ गते –  नेपाल आयल निगमले  पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य एक सय ४५ रुपैयाँ कायम भएको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य लिटरको एक सय २८ रुपैयाँ कायम भएको छ । ग्यासमा घाटा भए पनि मूल्य नबढाइएको निगमले बताएको छ ।  अन्तर्राष्ट्रिय बजार मूल्य अनुरूप र पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ ६१ पैसा, डिजेल पाँच रुपैयाँ ६२ पैसा र हवाई इन्धन चार रुपैयाँ ९५ पैसा बढेर आएकाले नेपालमा पनि भाउ बढाएको निगमले जनाएको छ ।गएराति बढेको मूल्यमा बिक्री गर्

    • प्रकाशित मितिः फागुन ८, २०७८
    • २२९ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२