सुनसरी,फागुन १० गते – झापाको दमक नगरपालिका–५ का दिनेश सिग्देलको हत्या आरोपमा शंकास्पद तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ । सुनसरीको धरान–४ स्थित जंगलमा सिग्देलको शव फेला परेको थियो । इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कुँवरका अनुसार शंकास्पद तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको छ । उनले पक्राउ परेका व्यक्तिको परिचय भने खुलाएनन् ।
अहिले अनुसन्धानकै क्रममा रहेकाले थप विवरण सार्वजनिक गर्न नमिल्ने उनको भनाइ छ । प्रारम्भिक अनुसन्धानका आधारमा शंकास्पद उनीहरुलाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको प्रहरीको भनाइ छ । मृतक सिग्देल हालै वैदेशिक रोजगारीबाट फर्केको बताइएको छ । गत बुधबार बोरामा मान्छेको टाउको तथा दाहिने खुट्टा एउटामा र त्यसको भोलिपल्ट बिहान घटनास्थलबाट उत्तर धरधरे भन्ने स्थानमा अर्को बोरामा बाँकी शरीर भेटिएको थियो




















