X wada

मुख्य समाचार

    Showing १,६५१-१,६६० of २,९७२ items.
  • तनहुँमा ई– पासपोर्ट बन्न सुरु

    तनहुँ,फागुन ९ गते – जिल्ला प्रशासन कार्यालयबाट ई(पासपोर्ट वितरण थालिएको छ ।जिल्लाबाट ई(पासपोर्ट वितरण थालेपछि सर्वसाधारणले काठमाडौँ धाउनुपर्ने समस्याको अन्त्य भएको छ । प्रशासनले सुरुमा हप्ताको छ दिन २५ जनाका दरले सेवाग्राहीलाई सेवा दिने गरे पनि अहिले बढाएर प्रतिदिन ४५ सेवाग्राहीलाई सेवा पुर्‍याइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए । उनका अनुसार कार्यालयले दुई पटक पासपोर्ट ल्याएर वितरण गरिसकिएको छ ।कर्मचारीको अभाव, कर्मचारीमा दक्षता नभएका कारण सुरुमा काम गर्न कठिनाइ हुने भएकाले कम सेवाग्राहीलाई सेवा दिइएको हो ।उनले भने, ‘कर्मचारीमा दक्षता अभिवृद्धिसँगै सेवाग्राही सङ्ख्या क

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • १७६ पटक पढिएको
  • रेडपाण्डाको जस्तो देखिने २ थान छाला सहित पक्राउ

    काठमाडौं,फागुन ९ गते – रेडपाण्डाको जस्तो देखिने २ थान छाला सहित रुकुम पश्चिम वाफिकोट गाउँपालिका(५ घर भई काठमाडौं नयाँ बसपार्क मञ्जुश्री मार्ग बस्ने २५ वर्षीय नवराज केसीलाई महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका(२ सानेपा हाईटमा रेडपाण्डाको छाला लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले बुझ्दा उक्त छाला बोकेको व्यक्ति नयाँ बसपार्क मन्जुश्रीमार्गमा भएको बुझिएपछि उनलाई सोही ठाउँबाट उक्त छाला सहित फेला पारी पक्राउ गरिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • १९९ पटक पढिएको
  • कोदो खेती लोपो

    सिरहा,फागुन ९ गते – सर्लाही सहित मधेश प्रदेशको जिल्लाहरुमा कोदो खेती लोप हुँदै गएको छ ।नयाँ पुस्ताका किसानलाई कोदोको महत्वबारे जानकारी अभावमा कोदो खेती लोप हुँदै गएको हो । कोदो खेतीले व्यवसायिक रुप समेत लिन नसक्दा कोदो फल्ने खेतमा अन्य बालीहरु लगाइने गरिएको छ । तराईमा कोदोलाई मरुवा भनेर चिनिन्छ । कोदोलाई औषधिका रूपमा समेत प्रयोग गरिनुका साथै पोषिलो तत्वका रूपमा समेत लिइने विज्ञहरु बताउँछन् । दुई–तीन दशक पूर्व सम्म सर्लाहीका दर्जनौं गाउँका किसानहरुले कोदो९मरुवा० खेती गर्दै आएका थिए । तर अहिले यसको खेती लगभग विस्थापित नै भइसकेको यहाँका बुढापाका किसानहरू बताउँछन् । पछिल्लो समय मानिसहरु कोदोबाट बन

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • २२७ पटक पढिएको
  • सुन–चाँदीको मूल्यमा गिराबट

    सिरहा,फागुन ९ गते – सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९६ हजार २०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार ७०० रुपैयाँमा किचबेच भइरहेको छ।यसअघि, आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेर १३०० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी तोलाको १३ सय ५ रुपैयाँमा  कारोबार भएको थियो।

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • १६० पटक पढिएको
  • होटलमा मृत भेटिए अमेरिकन नागरिक

    जोमसोम,फागुन ९ गते –  मुस्ताङमा भिसा अवधि सकिएर लुकिछिपी बस्दै आएका ५१ वर्षीय अमेरिकन नागरिक जेवई एल पेरीको आइतबार साँझ मृत्यु भएको छ ।उनको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीस्थित होटल रेड हाउसमा कोठामा सुतिरहेको अवस्थामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।अमेरिका स्थित क्यालिफोर्नियाका नागरिक जेवई एल पेरीको पार्सपोर्ट नम्बर ५२२४५१२७० रहेको छ । उनी सन् २०१९ को नोभेम्बर ५ तारिखमा १५ दिनको भिसा अनुमती लिएर नेपाल प्रवेश गरेका थिए ।  हेर्दा सामान्य नागरिक जस्ता देखिने उनले ४ पटकसम्म नेपालमा बस्न भिसा अवधि नविकरण गर्दै आइरहेका थिए ।उनले सुरुवाती भिसा अवधि सकिएपछि क्र

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • १९२ पटक पढिएको
  • कवाड बन्दै मधेस प्रदेश सरकारको पाँचवटा बस

    जनकपुर,फाल्गुन ९ गते । मधेस प्रदेश सरकारले झन्डै डेढ वर्ष खरिद करोडौं रुपैयाँ खर्च गरेर खरिद गरिएको पाँचवटा बस कवाड बन्दै गएका छन्। २०७७ कात्तिकमै करिब चार करोडको लागतमा खरिद गरिएको पाँचवटा बस सञ्चालन नभएर लामो सयमदेखि मधेस भवन परिसरमा थन्क्याएर राखिएको छ ।मधेस प्रदेशको राजधानी जनकपुरदेखि आठवटै जिल्लाको सदरमुकामसम्म सञ्चालन गर्ने उद्देश्यले प्रदेश सरकारले बस खरिद गरिएको थियो । तर बस सञ्चालनका लागि आवश्यक पर्ने ऐन कानुन तथा कार्यविधि नै निर्माण नहुदाँ बस अहिले खुल्ला अकाशमुनि थन्काएर राखिएको छ । खुल्ला अकाशमुनि राखिएको बसको रङ डिस्कलर हुनुको साथै ब्याट्री, इन्जिन, टायरलगायतका खराब हुँदै गएको छ

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • १४५ पटक पढिएको
  • स्थानीय तह निर्वाचन :राजनीतिक दलका गतिविधि गाउँ केन्द्रित

    सिरहा,फाल्गुन ९ गते । स्थानीय तहको निर्वाचन तयारी अघि बढेसँगै जिल्लामा राजनीतिक दलका गतिविधिलाई गाउँ केन्द्रित गरेका छन् । जिल्लामा ठूला दर मात्रै नभएर साना राजनीतिक दलले समेत वडा तहमै आफ्ना पार्टीका गतिविधि अगाडि बढाएका छन् । राष्ट्रिय राजनीतिका मुख्य प्रतिस्पर्धी दल नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रसहित राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जसपाले समेत गतिविधि बढाउँदै लगेका छन् ।संघीय सरकारका सत्ता साझेदार  दलले आआफ्नै ढङ्गले पार्टीका गतिविधि अगाडि बढाएका छन् । प्रमुख प्रतिपक्षदल एमालेले अहिले वडा तहमै भेला र बैठक गरिरहेको छ । जिल्ला अधिवेशन सके

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • १६७ पटक पढिएको
  • एम्बुलेन्सको ठक्करबाट स्वास्थ्य चौकीकी कर्मचारीको मृत्यु

    इनरुवा,फागुन ९ गते –  सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ मा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा(५ का ३० वर्षीया निर्मला उराँव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ झ ००२८ नम्बर भएको एम्बुलेन्सले उराँव सवार भएको प्रदेश ०१–०२०४१ प २१५५ नम्वरको स्कुटीलाई आइतबार साँझ ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उराँवको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी भोक्राहा नरसिंह गाउँपालिकाको भोक्राहा नरसिंह स्वास्थ्य चौकीमा सहयोगी

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • २१० पटक पढिएको
  • मदिरा बनाउने कच्चा पदार्थ नष्ट

    कलैया,फागुन ९ गते – प्रहरीले जिल्लाको बिभिन्न ठाउंबाट मदिरा बनाउने करिब साढे १२ सय लिटर कच्चा पर्दाथ नष्ट गरेको छ ।महागढिमाई नगरपालिका–३ का राजकुमार राम चमार। जय राम चमार र हृदय राम चमारले लुकाई छिपाई घर भित्र अवैध रूपमा ३ वटा घरेलू रक्सी भठ्ठी संचालन गरी राखेको छ भन्ने सूचनाको अधारमा प्रहरीको टोलीले ३ वटा भठ्ठीबाट ४ सय ५० लिटर।कच्चा पदार्थ तथा ३५ लिटर।तयारी रक्सीलाई नष्ट गरिएको प्रहरी प्रवतmा राजेश थापाले जानकारी दिए । त्यसै गरी जितपुर सिमरा उपमहानगरपालिका–१८ लामीडाँडामा अवैध रुपमा संचालनमा रहेको ५ वटा अवैध मदिरा भठ्ठी सहित तयारी मदिरा २८ लिटर र कच्चा पदार्थ ।७ सय ६५ लिटर वरामद गरी प्रहरीले न

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • १७१ पटक पढिएको
  • सप्तकोसी नगरपालिका भवन तोडफोड

    सप्तरी,फाल्गुन ९ गते । तालाबन्दी गर्न सुरक्षा निकायले रोकेपछि प्रदर्शनकारीले सप्तकोसी नगरपालिका कार्यालय भवन तोडफोड गरेका छन् । नगर प्रमुख उत्तम गौतमले आइतबार एक विज्ञप्ति जारी गरी कार्यालयको सिसा, सवारी साधन, कम्प्युटर, डिजिटल सूचना बोर्डलगायतका कार्यालयको सामान तोडफोड गरेको जनाउनुभएको छ ।कार्यालय तोडफोड गर्ने तथा जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीलाई भौतिक चोट पु¥याउने घटनाप्रति नगरपालिकाले विज्ञप्तिमार्फत खेद पनि व्यक्त गरेको छ ।नेपाली काँग्रेस, नेकपा ९माओवादी केन्द्र०,  जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले बिहीबार नगरपालिकामा गरेको तालाबन्दी शुक्रबार खोलेपछि आइतबार

    • प्रकाशित मितिः फागुन ९, २०७८
    • २४२ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२