सिरहा,फागुन १२ गते – लागु औषधसहित दुई युवकलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । लागु औषध ६ ग्राम ब्राउन सुगरसहित पक्राउ पर्नेहरुमा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १३ स्थित लक्ष्मिपुरका २६ वर्षीय सुमित चौधरी र उदयपुरको चौदण्डी नगरपालिका वडा नम्बर ८ स्थित हडियाका ३४ वर्षीय विद्यानन्द चौधरी रहेका छन् ।
सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर २ स्थित सखुवनीबाट प्रदेश १–०५–००१ प ४५९३ नम्बरको मोटरसाइकलमा जाँदै गर्दा उनीहरुको साथबाट ६ ग्राम ब्राउन सुगरसहित पक्राउ परेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । पक्राउ परेका आरोपित दुवै जनामाथि लागू औषध मुद्दामा म्याद थप गराई ।
आवश्यक अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाइएको छ ।




















