विराटनगर,फागुन १२ गते – घरनजिकै खाल्डोमा जमेको पानीमा डुबेर बुधबार साँझ मोरङको जहदा गाउँपालिका–७ मझारेस्थित सिर्सियामा एकजना नाबालकको मृत्यु भएको छ । महेश हस्दाका ३० महिनाका छोरा रविन हस्दाको डुबेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मञ्जील मुकारुङले जानकारी दिए ।
उनका अनुसार घरअगाडि रहेको कल ९ट्युबेल०को पानी जमेको खाल्डोमा खसेर बेहोस भएको अवस्थामा उद्धार गरी बालकलाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो । उपचारका क्रममा चिकित्सकले साँझ ५ बजेतिर मृत घोषित गरेका हुन् । प्रहरीका अनुसार आमा बजार गएको र बुवा घरकै काममा व्यस्त भएका बेला खेल्दै जाने क्रममा बालक खाल्डोमा खसेर डुबेको खुलेको छ । डीएसपी मुकारुङले घटनाका बारेमा अनुसन्धान थालिएको बताए




















