सिरहा,फागुन २३ गते – मिथिला मध्यमा परिक्रमाका यात्रीहरु सोमबार जलेश्वर पुग्ने भएका छन् ।मिथिला बिहारी तथा किशोरीजी को डोला सहित नेपाल भारतका सयौं संख्यामा रहेका यात्रुहरु परिक्रमामा सहभागी रहेका हुन्छन । यात्राको तेस्रो दिन भारतको बिहार राज्यमा पर्ने मधुवनी जिल्लाको फुलहर (गिरिजास्थान)मा रात्रि विश्राम गरेका यात्री शनिबार चौथौं दिन महोत्तरीको भारतीय सीमावर्ती मटिहानी पुगेका थिए । यस अघि विहीबार धनुषाको ठेराकचुरीबाट यात्रा सुरु गरेका मध्यमा परिक्रमाका यात्रीले क्रमशः धनुषाको हनुमानगढी र भारतको मधुवनीको कल्याणेश्वर (कलना)मा पहिलो र दोस्रो दिनको रात्रि विश्राम गरिसकेका छन् । मटिहानी प्रवेश गरेका
काठमाडौं,फागुन २३ गते – सरकारले अनलाइन टिभीहरुले इजाजतपत्र लिनुपर्ने गरी राष्ट्रिय प्रशारण नियमावलीमा संशोधन गरेको छ। युट्युबमा जथाभाबी सामग्री प्रकाशन भएको व्यापक गुनासा आएपछि सरकारले इजाजत लिएरमात्रै सञ्चालन गर्न पाउने व्यवस्था गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावली एघारौं संशोधन गर्दै युट्युबलगायत इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन गर्ने व्यवस्था गरेको हो। युट्युब सञ्चालन गर्न ५ लाख रुपैँया चाहिने र इजाजत लिनुअघि उपभोक्ताको उमेर बर्गीकरण गर्नुपर्ने नियमावलीमा उल्लेख छ।बालबालिका र सबै उमेर समूहका लागि उपयुक्त हुने कार्यक्रमलाई ’यु’ रेटिङ, १० वर
सिरहा,फाल्गुन २३ गते । अर्घाखाँचीको एक विद्यालयकी नाबालिग विद्यार्थी आफैले पढाउने शिक्षकबाट पटक पटक बलात्कारको शिकार हुनुपरेको रहस्य खुलेको छ । अर्घाखाँची जिल्ला प्रहरी कार्यालयले विद्यालय र ती शिक्षकको नाम गोप्य राख्दै सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार जिल्लाको मालारानी गाउँपालिकाका २७ वर्षीय ती शिक्षकले १५ वर्षीया छात्रालाई पटकपटक बलात्कार गरेको रहस्य खुलेको हो । त्यहाँका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले उक्त दिन निज शिक्षकले घर नजिकैको जंगलमा लगेर ती विद्यार्थीलाई पहिलोपटक जबरजस्ती करणी गरेको जानकारी दिए । त्यसपछि पनि उनले पटकपटक बलात्कार गरेको प्रहरी
सिरहा, फाल्गुन २२ गते । प्रेम गरेर विवाह बन्धनमा बाँधिएको महिना नबित्दै श्रीमतीलाई हत्या गरेको आरोपमा सिरहा कर्जन्हा ७ का राम नरेश रउतको छोरा २३ वर्षीय अमर राउतलाई प्रहरीले पक्राउ गरेको छ । आज सिरहा प्रहरीले आज आइतबार पत्रकार सम्मेलन गरी हत्या आरोप लागेका राउतलाई सार्वजनिक गरेका हुन् । कर्जन्हा नगरपालिका वडा नं.७ स्थित कमला नदी किनारको काँस घारीमा काठमाडौंको जैशी देवलकी २२ वर्षीय छोरी पूजा कुमारी पौदारको शव मंगलबार फेला परेको हो । वैदेशिक रोजगारीमा रहेका अमर र पूजाको सामाजिक संजालमार्फत् चिनजान भई एक वर्षदेखि प्रेम झांगिंदै गएपछि राउत नेपाल फर्किएपछि पूजासँग आ आफ्नो परिवारलाई जानकार
तनहुँ,फागुन २२ गते – दमौली बजारस्थित भोलेटार चोकमा लागेको आगो नियन्त्रणमा आएको छ। करिब ५ घन्टापछि आगो नियन्त्रणमा आएको हो। ब्यास नगरपालिका ४ स्थित भोलेटार चोकमा रहेको भूपाल हार्डवयर पसलमा बिहान १० बजेतिर आगलागी भएको थियो। आगो लागेको थाहा पाउने वित्तिकै जनप्रतिनिधि एवं नेपाल सरकारका श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) दमौली पुगेका थिए। आगलागी नियन्त्रणका लागि काठमाडौंमाबाट सिम्रिक एयरको हेलिकोप्टर दमौली गएको थियो। फायर फाइटिङसहितको सिम्रिक एयरको ९ एन ए जे जेड कलसाइनको सिम्रिक एयरको हेलिकोप्टरका चालकमा सुरेन्द्र पौडेल र राजेन्द्र दुवाल थिए। हेलिकोप्टरले स्थानीय मादी खोलाबाट
सिरहा,फागुन २२ गते – न कतै झ्याली, मृदङ्ग र डम्फूको आवाज, न फागु गीतको अलाप १ होरी लागेको छनकै पाइँदैन । मिथिलामा श्रीपञ्चमी पर्व मनाइएसँगै सुरु हुने होरी गीत ९फागु गीत० कतै नसुनेपछि पर्वको उल्लास हराउँदै गएको छ । तिथिले फागुन शुक्लपक्ष लागेपछि ‘होरी’ लागेपनि कतै डम्पूm, मृदङ्ग र झ्यालीका तालमा फागु गीत नसुनिएपछि पुराना पुस्ताका मैथिल निरास देखिँदा छन् ।भक्ति, ठट्टा, परम्परा र उल्लासको सङ्गम हुन्छ फागु गीतमा । ‘शिव मठपर राम खेलैय होरी।।हो।।शिवमठपर।।१’ ९भगवान शिवको मठमा राम होरी खेल्छन्० बोलमा ‘होरैया’ ले डम्फू, मृदङ्ग र झ्यालीको तालमा गाएका गीत सुनिएपछि बाटो हिँड्ने बटुवा पनि टक्क अडेर त्यसको
वीरगञ्ज,फागुन २२ गते – सशस्त्र प्रहरीले ५ किलो लागुऔषध गाजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।भारत बिहार राज्य, पश्चिम चम्पारण जिल्ला, सोनखर पञ्चायत– १३ रामनगर बस्ने २९ वर्षीय संदिप पटेल २५ वर्षीय प्रेम पटेल पक्राउ परेका हुन् । सशस्त्र प्रहरीले उनीहरुको साथबाट ४ हजार ५ सय भारतीय रुपैयाँ र १ थान मोबाईलसमेत बरामद गरेको छ ।ठोरी गाउँपालिका– ३ सिकारीबासबाट राति साढे ८ बजे उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । नेपाल भारत सीमा क्षेत्रमा बोर्डर आउट पोष्ट ब्रम्हानगरबाट सशस्त्र प्रहरी नायब निरीक्षक खिलेन्द्र बहादुर बस्नेतको टोलीले उनलाई पक्राउ गरेको थियो ।द्यच् ण्ट ग् छडठघ नम्बरको भा
काठमाडौं,फागुन २२ गते – वैदेशिक रोजगार न्यायाधीकरणले एकैपटक ५३ वटा म्यानपावर कम्पनीका मुख्य सञ्चालकहरूलाई कैद र जरिवाना फैसला गरेको छ। न्यायाधीकरणले ५३ मुख्य सञ्चालकलाई ६ महिना कैद र एकरएक लाख रूपैयाँ जरिवाना सजाय हुने गरी फैसला गरेको हो। न्यायाधीकरणका अध्यक्ष रमेश खत्री, सदस्य गोपीचन्द्र भट्टराई तथा निशा बानियाँको संयुक्त इजलासले यही १६ गते ठगीमा संलग्न म्यानपावर कम्पनीलाई सजाय दिने फैसला गरेको हो। खाडी तथा मलेसिया जाने श्रमिकहरूको भिसा तथा श्रम स्वीकृतिका लागि प्रदान गरिने स्टिकर लगायत कागजात नक्कली बनाएर ठगी गरेको न्यायाधीकरणले ठहर गरेको न्यायाधीकरणका इजलास अधिकृत दुर्गादत्त लम्स
काठमाडौं,फागुन २२ गते – काठमाडौंको बनस्थलीस्थित ढुङ्गेधारामा रहेको तरकारी बजारमा आइतबार बिहान आगलागी भएको छ। बिहान १ बजेतिर आगलागी भएकोमा २ बजेतिर नियन्त्रणमा आएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ। उक्त आगलागीबाट ७० वटा तरकारीका स्टल जलेर नष्ट भएको छ। काठमाडौँ महानगरपालिका–१६ बनस्थली नजिकै रहेको ढुङ्गेधारास्थित तकदिर रत्न शाक्यद्वारा सञ्चालित तरकारी तथा फलफुल बजारमा आगलागी भएको प्रहरीले जनाएको छ।क्षतिको विवरण आउन बाँकी रहेको र घटनाको विषयमा अनुसन्न्धान जारी रहेको वृत्तका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए। उपत्यकाका पाँच वटा दमकलको सहयोगमा स्थानीयवासी र प्रहरीले आगो नियन
सुनसरी, फाल्गुन २२ गते – सुनसरीको धरान उप महानगरपालिका(५ स्थितबाट निषेधित लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान(५ का २६ बर्षीय चेतन मगर रहेका छन । हिजो राती पौने १० बजे बिशेष सुचनाको आधारमा अस्थायी प्रहरी पोष्ट देउरालीबाट खटिएको प्रहरी गस्ती टोलीले मगरको कोठामा खानतलासी गर्दा नियन्त्रित औषधी Tramadol-४९५ क्याप्सुल, Tramol-२६१० क्याप्सुल, Sopapaib-१९१४ ट्याब्लेट र Decolic-२३१५ ट्याब्लेट र को.२१ प ४७४६ नम्बरको मोटरसाईकल थान १ समेत बरामद गरेको हो । नियन्त्रित औषधी सहित पक्राउ परेका मगरको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.