सिरहा,२४ गते ।माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् धनगढीमाई नगरपालिकाका नगरप्रम्ख हरिनारायण चौधरीले माओवादी केन्द्रकै कारणले महिलाहरुको हक अधिकार र पहिचानको मुद्दा कायम भई स्थापित भएको वताउनुभएको छ ।
आज मंगलबार सिरहाको धनगढीमाई नगरपालिका वडा नं ९.स्थित नव निर्मित कभर्ड हलमा अनेम संघ (क्रान्तिकारी) नगर समिति धनगढीद्वारा आयोजित ११२ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस कार्यक्रममा सम्बोधन गर्नुहुँदै नगरप्रमुख चौधरीले माओवादी केन्द्र एक मात्र पार्टी हो जसले महिलाहरुको हक हितको लागि बोल्दछ, त्यसैले पनि अधिकार सुनिश्चितताको लागि महिलाहरुले संगठित रुपमा अगामी निर्वाचनमा गोलाकार भित्रको हसिया हथौडा चिन्हमा मतदान गर्न अपिल गर्नुभएको छ ।

अन्य पार्टीले महिलाहरुमाथि हुने हिंसालाई अनेकनल जालझेल गरी प्रश्रय दिएको आरोप लगाउँदै श्रमजीवी जनताको पक्षमा, महिला हक अधिकार प्राप्तिको मु्द्दालाई जोडदार रुपमा उठाउनुको साथै व्यवहारमा समेत महिला मैत्री पार्टी माओवादी भएकोले सबैले माओवादी केन्द्रमा लाग्न नेता चौधरीले आग्रह गर्नुभयो ।
कार्यक्रममा माओवादी केन्द्रका नृत सीता पोखरेल, धनगढीमाई नगरपालिकाका नगर उपप्रमुख फुलकुमारी श्रेष्ठ, तेज बहादुर आले मगर, प्रकाश योन्जन, सिंहेश््रवर महतो लगायतले महिला अधिकारको बारेमा बोल्नुभएको थियो ।




















