अनुभक्त चौधरी,
सिरहा,फाल्गुन २४ गते । सिरहाको दक्षिणवर्ती क्षेत्र नरगी टोलमा मधेश प्रदेस सरकार अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयको ४५ लाखको लागतमा राम जानकी सामुदायिक भवन निर्माण भएको छ ।
रामजानकी मन्दिरको नाममा रहेको डेढ कठ्ठा जग्गामा बनेको दुई तल्ले भवन विशेषतः विवाह, ब्रतबन्ध, सेमिनार, गोष्ठी तथा सार्वजनिक कामको लागि निर्माण गरिएका हुन् । भवनको पहिलो तल्लामा ठूलो हल रहेको छ भने माथिल्लो तल्लामा विश्राम स्थलको लागि ४ वटा ठूलठूला कोठासँगै आवश्यक संरचनाहरु निर्माण भएका छन् ।

बहुसंख्यक दलित एवम् विपन्न परिवार मुसहर जातिहरुको बसोबास रहेको उक्त ठाउँमा सामुदायिक भवन बनेपछि उक्त समुदायका स्थानीयहरुलाई विभिन्न सार्वजनिक एवम् विवाह ब्रतबन्ध जस्ता सामाजिक कार्यक्रम गर्न सहज भएको छ । आर्थिक अवस्था निकै नै कमजोर रहेको उक्त जातिहरुलाई सामुदायिक भवन अभावमा विभिन्न सार्वजनिक कार्यक्रमको लागि निकै सास्ती भोग्नु परिरहेको थियो ।
साविकको कचनारी वडा नं. १, २ र ३ लगायत आसपासका गाउँको स्थननीयलाई राम जानकी सामुदायीक भवनले गाउँमा हुने विवाह, ब्रतबन्ध, भेला, सामााजिक कार्य लगायतको कामकाजको लागि मृात्र नभई विभिन्न बैठक, भेला र गाष्ठीका लागि समेत सहज हुने जनाइएको छ ।

हुलाकी राजमार्ग देखि मुश्किलले सय मिटर दक्षिणमा रहेको दुई तल्ले भवनमा सार्वजनिक कामसँगै वैवाहिक कार्यक्रमको लागि समेत उपयुक्त रहेको छ । रकम अभावमा भवनको सम्पूर्ण काम नसकिएकाले कार्य सम्पन्नताको लागि प्रदेश सरकारसँग अझै रकमको अपेक्षा स्थानीयले गरेका छन् ।





















