काठमाण्डौ,जेठ १२ गते । ‘‘वालेन्द्र वौवा आहाँ एक वेर गाउँ आऊ हम सारा गाउँवासी आहाके देखल भेटलाबाट देख रहल छि।’’ -बालेन्द्र बाबु हजुर एक पटक आफ्नो गाउँ आउनु, हामी सारा गाउँवासी हजुरलाई हेर्न भेटन बाटो पर्खेर बसेका छौं।० यो भनाइ बालेन्द्र साहको पुख्र्यौली घरमा काम गर्ने महोत्तरी जिल्लाको एकडारा गाउँपालिका– २ घर भएकी बिनिता देवीको हो।देशको सङ्घीय राजधानी काठमाडौं महानगरको प्रमुखमा जित सुनिश्चित भइसकेको खबर सुनेर खुसीले गदगद भएकी विनिताले वालेनलाई ३र४ वर्षकै उमेरदेखि देखेकी थिइन्। तर, अहिले फेरि वालेनलाई भेट्ने मन भएको उनको भनाइ छ। वालेनको बाल्यकाल सम्झँदै उनले भनिन्, ‘‘बच्चे मे देखिने रहियै आ
इटहरी,जेठ १२ गते । ‘मर्निङ सोज द डे’ भन्ने भनाइलाई धरानका नवनिर्वाचित मेयर हर्कराज राई (साम्पाङ)ले चरितार्थ गर्न थालेका छन् । सडक अभियानबाट एकाएक मेयर बन्न पुगेका हर्कले पदबहाली गरेलगत्तै पहिलो दिन बुधबार धरानी जनताले खाने पानीको मुहान क्षेत्रमा पुगेर आवश्यक सरसफाइ गराएका छन् । उनले अभियन्ताका रूपमा लामो समयदेखि धराने जनतालाई खानेपानी उपलब्ध गराउनुपर्ने विषयमा पैरवी गर्दै आइरहेका थिए ।यति मात्रै होइन राईले बिहीबार सम्पूर्ण धरानवासीलाई कुचो लिएर धरानको सरसफाइ गर्न आउन आह्वान गरेका छन् । उनले आपूm धराने जनतासँगै सरसफाइमा जुट्ने बताएका छन् ।– पहिलो दिनमै खानेपानीको मुहानमा सरसफाइ– आज (बिहीबार ) द
जनकपुर,जेठ ११ गते । मधेस प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको नाम दोस्रो पटक फेरिएको छ । मुलुकमा संघीयता कार्यान्वयन भएसँगै मधेस प्रदेश सरकार मातहतमा सातवटा मन्त्रालय स्थापना भएको थियो । तर मधेस प्रदेश सरकारमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहभागी भएपछि मुख्यमन्त्री लालबाबु राउतले सात वटा मन्त्रालयलाई फुटाएर दसवटा मन्त्रालय विस्तार गरेका छन् । मन्त्रालय फुटाएसँगै मन्त्रालयको नाम पनि फेरिएको हो ।माओवादी केन्द्र मधेस प्रदेश सरकारमा सहभागी भएपछि आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय स्थापना गरिएको थियो । सो मन्त्रालय सम्हालेको १० महिनापछि सो मन्त्रालयको नाम
ईलाम,जेठ ११ गते । इलाममा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको छ । सरकारी कार्यालयबाट नियमित दिने सेवाप्रवाह प्रायः ठप्प भएको छ । वडा कार्यालयबाट प्रदान गरिने नागरिकता सिफारिसलगायत दैनिक कार्य प्रभावित भएको हो । बैंक, वित्तीय संस्था, एफएमलगायतका सञ्चार संस्थाको सेवा बन्द छ । विद्युत् अनियमितताले अन्य अनलाइनमार्फत हुने काम प्रभावित भएको बताइएको छ । सोमबार बिहानदेखि बन्द विद्युत् आपूर्ति मङ्गलबार पनि सहज हुन सकेन् । नेपाल विद्युत् प्राधिकरण इलाम वितरण केन्द्रले विद्युत् आपूर्ति बन्दको कारण हाल
सिरहा,जेठ ११ गते । टेक्सासको एक प्राथमिक विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित कम्तिमा १८ जनाको मृत्यु भएको छ । अमेरिकाको सातौं ठूलो सहर सान एन्टोनियोबाट करिब ८३ माइल १३३ किलोमिटर टाढा रहेको उभाल्डे सहरमा यो घटना भएको हो। अमेरिकी मिडियाले भने मारिने २१ जना पुगेको र यसमा १८ जना बालबालिका र तीन जना वयस्क रहेको बताएको छ ।घटना भएको रोब इलिमेन्टरी स्कूल एक प्राथमिक विद्यालय हो ( यसका विद्यार्थीहरू पाँचदेखि ११ वर्षसम्मका हुन्छन्। टेक्सासका गभर्नर ग्रेग एबोटले संदिग्ध व्यक्तिको नाम १८ वर्षीय पुरुष साल्भाडोर रामोस रहेको बताएका छन् । एबोटका अनुसार रामोस आफ्नो गाडी त्यागेर पिस्तोल र सम्भवतः राइफ
काठमाण्डौ,जेष्ठ १० गते । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम पुनर्संरचना गर्ने घोषणा गरेको छ ।मंगलबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको नीति तथा कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सबै तहको स्वामित्व स्थापित हुने गरी पुनर्संरचना गरिने उल्लेखगर्नु भयो ।प्रधानमन्त्री रोजगार कार्यक्रमलाई रोजगारी, सीप विकास र उद्यमशीलतासँग सम्बन्धित कार्यक्रमहरूको प्रभावकारिता अध्ययन गरी एकीकृत रूपमा कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।अनलाई खवर
लहान,जेष्ठ १० गते । लहान नगरपालिका मेयर महेश चौधरीले जनसंख्या र भुगोलको आधारमा सबै वडाले समानुपातिक बजेट पाउँने बताउँनुभयो । मेयर चौधरीले आज पदभार ग्रहण गर्दै लहान विकास निर्माणका साथै मानव संशाधन विकासको लागि जनप्रतिनिधि र कर्मचारी हातोमालो गरेर अघि बढ्न जोड दिनुभयो । मेयर चौधरीले आफनो सरकारी सुबिधाबाट समाजमा रहेका गरिब, दलित तथा विपन्नवर्गलाई राहतको व्यवस्था गर्ने प्रतिबद्धता गर्नुभयो । उहाँले गरिब, दलित ,निसहाय, मुसलिम, बिपन्नवर्ग र ज्येष्ठ नागरिकलाई प्रत्येक महिनाको २२ गते राहत स्वरूप जनतामा बाँड्ने बताउँनुभयो ।समाजिक विकृति विकृति विसंगति र भ्रष्टाचारलाई पनि अन्त गरि लहानलाई पर्यटन विकासत
काठमाण्डौ, जेष्ठ १० गते ।चालु आर्थिक वर्षको पहिलो १० महिनामा मुलुकको वैदेशिक व्यापार घाटा रु १४ खर्ब ३१ अर्ब ३० करोड पुगेको छ। चालु आवको पछिल्लो १० महिनामा गत आवको भन्दा २४ दशमलव ९४ प्रतिशत भन्दा बढी हो। अघिल्लो आवको पहिलो १० महिनामा मुलुकको व्यापार घाटा रु ११ खर्ब ४५ अर्ब ६३ करोड थियो।भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आवको वैशाख मसान्तसम्म मुलुकको वैदेशिक व्यापार रु १७ खर्ब ७८ अर्ब बराबर पुगेको छ। यस्तो व्यापार अघिल्लो आवका तुलनामा ३० दशमलव ४९ प्रतिशतले बढी हो। गत आवको १० महिनाका अवधिमा मुलकको वैदेशिक व्यापार रु १३ खर्ब ६२ अर्ब ५८ करोड बराबको थियो।सार्वजनिक तथ्याङ्कअनुसार वै
उदयपुर,जेष्ठ १० गते ।त्रियुगा नगरपालिकामा मतगणना सुरु भएको छ । बहुमत दलहरूले वडानम्बर १२ मा पुन: मतदानको माग गरे पनि निर्वाचन आयोगको निर्देशनमा मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले जानकारी दिए । ‘निर्वाचन आयोगबाट मतगणना गर्ने निर्णय आएको छ’ सिलवालले भने, ‘मतगणना सुरु गरेका छौं ।’त्रियुगा-१२ को जनप्रेमी माविमा रहेका क ख ग मतदान केन्द्रमा ३० वैशाखमा भएको मतदानका क्रममा विवाद भएपछि मतदान नै स्थगित भएको थियो । सो केन्द्रमा पुन: मतदान गर्नुपर्ने वा मतगणना गर्ने विषयमा दलहरुबीच विवाद भएपछि मत गणना सुरु हुन सकेको थिएन ।विवादित उक्त मतदान केन्द्रको निर्वाचन आयोगको टोलीले स्थलगत अनुग
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.