सिरहा,जेष्ठ १८ गते । सिरहाको दक्षिणवर्ती क्षेत्र वरियारपट्टी गाउँपालीका वडा नं.१ स्थित बडहरीमा अवस्थित वर्षौ पुरानो ईन्द्र मन्दिरको जिर्णोदारको लागि मधेश प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले प्रदान गरेको २० लाख रकमबाट मन्दिरको पुनःनिर्माण कार्य भईरहेको छ ।

२०३९ सालमा स्थापना भएको इन्द्र मन्दिरको जिर्णेदार अभावका कारण मन्दिरको सौन्दर्यकरण घट्दै गएको थियो । मधेश प्रदेश सरकारको सहयोगले मन्दिरको पुनःनिर्माण हुन थालेपछि स्थानीय खुशी भएका छन् ।
आस्थाको केन्द्रको रुपमा रहेको ईन्द्रम मन्दिरमा भदौ महिनाको पूर्णिमामा धुमधामसँग भव्य तरिकाले मेला लाग्ने गरेको छ । ईन्द्र मेलामा सिरहा, सप्तरी, धनुषा लगायत भारतको विहारबाट समेत मेला भर्न हजारौंको संख्यामा दर्शनार्थीहरु आउने गरेको छ ।

ऐतिहासिकता हिसावले भरिपूर्ण ईन्द्र मन्दिर नेपाल र भारतका स्थानीयले बडहरी दश गज्जा क्षेत्रलाई अम्रावती भन्ने पनि गरेको छ । नेपाल र भारतको दशगजा क्षेत्रमा घर नहुँदा दुई देशीय व्यापार गर्न सहजताको लागि छाप्रोकै मन्दिर बनाई पूजा पाठ गर्न थालेपछि व्यापारि लुटिने काम समेत बन्द भएको सथानीयले बताएका छन् ।
वर्षौपुरानो रहेको ईन्द्रमन्दिर खाबा मेला भनेर पनि चिनिने गरिएको छ । मन्दिरले दुई देशवीचको व्यापारिक सम्बन्धलाई समेत प्रगाढ बनाउनुको साथै बेला बेलामा व्यापारीहरु लुटिने, अभद्र व्यवहार हुने समेत घटाउने काम मन्दिरले सहयोेग गरिएको जनाइएको छ ।





















