X Sharama Funecure

मनोरञ्जन

    Showing ८१-९० of ९१ items.
  • सञ्चालनमा केबुलकार ।

    चितवन,असोज ३० । मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । नेपालीको महान् चाड बडादसैँको महानवमी र विजयादशमीका दिन सेवा बन्द गरिएको केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको हो । विगतकम वर्षमा दसैँमा तीन दिन बन्द गरिँदै आएकामा यस वर्ष भने महानवमी र विजयदशमी दुई दिन मात्र बन्द गरिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्जवल शेरचनले बताउनुभयो । गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर दर्शन गर्न जाने दर्शनार्थीको सहजताका लागि सञ्चालन गरिएको नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण बन्द भएपछि २०७८ भदौ २३ गतेदेखि खुलेको हो । गत भदौ २३ देखि अस

    • प्रकाशित मितिः असोज ३०, २०७८
    • २११ पटक पढिएको
  • हराउँदै छ सखिया नाचको रौनक

    कञ्चनपुर,असोज ३० गते । दशैंमा थारु समुदायका महिलाले देखाउने सखिया नृत्यको रौनकता कञ्चनपुरमा हराउँदै जान थालेको छ । कृष्णजन्माष्टमीका दिनदेखि आरम्भ गरिने नृत्य दशैंसम्म देखाउनुपर्ने चलन थारु समुदायमा रहेपनि हाल यस नृत्यलाई छोटयाएर पाँचदेखि तीन दिन मात्रै देखाउन थालिएको छ ।कोरोना महामारीका कारण सखिया नृत्यलाई छोट्याउनु परेको जोनापुरका वडघर रामप्रसाद चौधरीले बताए । ‘सखिया नृत्य सामुहिकरुपमा देखाइने भएकाले निकै भीडभाड हुन्छ,’ उनले भने, ‘त्यसैले यस नृत्यलाई छोटो अवधिका लागि देखाउने व्यवस्था मिलाएका छौं ।’ गाउँका अधिकांश व्यक्ति व्यावसायीक कार्यमा सङ्लग्न भएकाले पनि पहिला जस्तो सबैसँग फुर्सद नहुँदास

    • प्रकाशित मितिः असोज ३०, २०७८
    • १९२ पटक पढिएको
  • उपाधि त्रियुगा एएफसीलाई

    सिरहास्थित धनगढीमाई नगरपालिका वडा नं. १३ डावरमा हिजो अबेर सम्पन्न ‘प्रथम डावर गोल्ड कप’ को उपाधी त्रियुगा ए.एफ.सी फत्तेपुर सप्तरीले प्राप्त गरेको छ । फाईनल खेल अवधिमा २–२ को बरावरीमा टुङ्गीपछि आयोजक लक्ष्मी युवा क्लव र एफसीविच भएको ट्राईवेकरमा एफसीले २ को विरुद्ध ४ गोल गरेर ए.एफ.सी. पत्तेपुरले जित आफ्नो पोल्टामा पार्न सफल भएको हो ।  वीजयी टिमलाई धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरिनारायण चौधरिले ५० हजार नगद, शिल्ड, पदक सहित प्रमाणपत्र प्रदान गरेको छ । दोस्रो हुने आयोजक लक्ष्मी युवा क्लव डावरलाई उप प्रमुख फुलकुमारी श्रेष्ठले ३० हजार नगद सहित शिल्ड ,पदक सहित प्रमाणपत्र वितरण प

    • प्रकाशित मितिः असोज २८, २०७८
    • १९३ पटक पढिएको
  • आज दशैको आठौ दिन, विशेष पुजा

    सिरहा,असोज २७ गते ।  आश्विन शुक्ल अष्टमीका दिनमा आस्थापूर्वक मनाइने महाअष्टमी पर्व  आज दशैंको रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन् । आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गर्ने गरिन्छ ।दसैँको आठौँ दिन आज दशैंघर, कोतलगायत विभिन्न शक्तिपीठहरुमा पशु बलि दिई दुर्गा भवानीको पूजा गर्ने गरिन्छ । आजको दिन कलपूर्जा, हातहतियार र सवारी साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलि दिई पूजा आजा गर्ने गरिन्छ । आजका दिन विभिन्न शक्तिपीठहरुजस्तै सिरहाको लहान,बाला सुन्दरी भगवती, सप्तरीको छिन्नमस्ता, पर्साको गहवामाई,  धनु

    • प्रकाशित मितिः असोज २७, २०७८
    • २८७ पटक पढिएको
  • विकासको आधार पर्यटन

    सिरहा २७ असोज  पर्यटन बहुआयामिक उद्योग भएकाले देशको आर्थिक विकासको सहयोगी मात्र नभई प्रकृति र संस्कृति संरक्षण, वातावरण संवर्द्धनमा महत्त्वपूर्ण योगदान गरिरहेको छ । नेपाल प्राकृतिक सुन्दरता, जैविक तथा सांस्कृतिक विविधताले भरिपूर्ण छ । विश्वका सर्वोच शिखर सगरमाथा, भगवान् बुद्धको जन्मभूमि लुम्बिनी र सीताको जन्मस्थल जनकपुरसहित विभिन्न धार्मिक क्षेत्र खास गरी पशुपतिनाथ, मुक्तिनाथ, देवघाट, त्रिवेणी, बराहक्षेत्रले सबैलाई आकर्षित तुल्याउने गर्छन् । प्राकृतिक र सांस्कृतिक क्षेत्रका सम्पदाहरूको अवलोकन तथा साहसिक खेलका लागि नेपाल प्रमुख गन्तव्य बनेको छ । यो सानो भूगोलभित्र लगभग १२५ जातजाति र १

    • प्रकाशित मितिः असोज २७, २०७८
    • १२५ पटक पढिएको
  • पर्वतमा बनेको विश्वकै दोस्रो लामो जिपलाइनको परीक्षण सफल

    सिरहा २६ असोज, पर्वत।कुस्माको चाक्लेडिलमा अवस्थित विश्वकै दोस्रो लामो सुपरम्यान जिपलाइनको परीक्षण सफल भएको छ ।सदरमुकाम कुश्मा नगरपालिका(५ चाक्लेको डिलबाट कालीगण्डकी नदीको किनारमा रहेको साउने बगरसम्म एक हजार ४०० मिटरको दूरीमा रहेको जिपलाइन को परीक्षण सफल भएको जिपलाइनका अध्यक्ष बिदुर पौडेलले बताए ।उनका अनुसार कालिगण्डकी नदीमाथि २ सय ५० मिटर अग्लो जिपलाइनबाट कालिगण्डकी नदीका दुई भाग पार गर्न सकिन्छ । स्थानी ९ जना व्यवसायीहरुले ‘द हार्नेस कम्पनी मार्फत १५ करोडको लाग्तमा यो जिपलाइनन निमार्ण सम्पन्न गरिएको हो ।जिपलाइनको परीक्षण सफल भएसँगै पर्वतमा साहसिक पर्यटनको विकासकामा महत्वपूर्ण टेवा पुग्‍नेछ ।

    • प्रकाशित मितिः असोज २६, २०७८
    • ११९ पटक पढिएको
  • साधुले शरीरमा जमर उमारे

    २६ असोज, जनकपुरधाम । धनुषामा एक जना साधुले आफ्नै शरीरमा जमरा उमारेका छन् । धनुषाको कमला नगरपालिका– ८ र ९ को सीमामा पर्ने माता लिलावती थान नजिकैको आश्रमका साधु खाल्डो खनी सुतेका छन् । र, आफ्नै शरीरमाथि माटो थुपारेर जमरा उमारेका हुन् । सप्तरी सदरमुकाम राजविराज घर भएका ३५ बर्षीय मनोज कुमार देशमा सुख र शान्तिको कामना गर्दै निराहार ब्रत बसेका छन् र शरीरमा जमरा उमारेकाहुन् 

    • प्रकाशित मितिः असोज २६, २०७८
    • १५२ पटक पढिएको
  • शक्ति पीठहरुमा दर्शनार्थीहरुको भीड

    सिरहा,असोज २६ गते । आस्थापूर्वक मनाइने दशैंको आज सातौ दिन विभिन्न शक्ति पिठहरुमा दर्शनार्थीहरुको घुइँचो लागेको छ । आजैका दिन दशैं घरमा फुलपाती पनि भित्र्याइने भएकोले आजको दिन विशेष रहेको जनाइएको छ । बडो धुमधामसँग मनाइने दशैंमा विहानैदेखि सवैजसो शक्तिपिठमा कालरात्री देवीको विधिपूर्वक पूजा अराधना गर्ने दर्शनार्थीहरुको भीड लागेको हो । दुलहीजस्तै सिंगारिएको विभिन्न शक्ति पिठहरुमा विशेष गरी साँझको समयमा झकिझकाउ हुने गरेको छ । १५ दिनसम्म विशेष रुपले मनाइने वडा दशैं पर्व नवरात्रका दिन देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास रहेको छ । यस वर्ष षष

    • प्रकाशित मितिः असोज २६, २०७८
    • २७५ पटक पढिएको
  • यसरी बनाउनुस् मटन ग्रेभी

    काठमाडौँ । दसैंमा विभिन्न किसिमका परिकार घरपरिवार, आफन्त तथा साथीसँग बसेर खाने चलन छ । पर्वअनुसार खानेकुरा पनि नेपाली सँस्कृति झल्कने छन् । तिहारमा सेलरोटी, माघे संक्रान्तिमा तरुल, असार १५ मा दही चिउरा, श्रावण १५ खीर, जनैपूर्णिमामा क्वाँटी खाइन्छ । यसैगरी दसैंमा विभिन्न परिकार पकाए पनि मासुलाई मुख्य मानिन्छ । दसैंमा मासुको खपथ अत्यधिक हुने गर्छ । हरेक भान्सामा मासुका परिकारहरु पाकेकै हन्छ । हरेक घरमा आ–आफ्नै स्वादअनुसार मासुको परिकार पाक्ने गर्छ । दसैंमा धेरै खाइने मासुको परिकार र पकाउने विधि यस प्रकार छन् ।आवश्यक सामग्रीखसीको मासुतेलपाँच फुरन खुर्सानी, प्याज, टमाटर, हरियो धनियाँबेसार, नुन, गर

    • प्रकाशित मितिः असोज २५, २०७८
    • १२६ पटक पढिएको
  • चौधरीको निल गगन के चाँद आहाँ विमोचन

    सिरहा,लहान असोज २४ गते ।  मैथिली गित निल गगन के चाँद आहाू को म्युजिक विडियो विमोचन सिरहाको लहानमा शनिबार गरेको छ । मैथिली गित ूनिल गगन के चाँद आहाू को म्युजिक विडियो विमोचन कार्यक्रमको अध्यक्षता पहिलो पटक अभिनयको क्षेत्रमा पाइला चलेका दुर्गा चौधरीले गरेका थिए । भने प्रमुख अतिथिको रुपमा चौधरीका ममतामयी आमा रम्भा चौधरीले गर्नु भएको थियो। एस।पी सिंहको शब्द र निल घतानिको संगीत रहेको   गीतमा सुमधुर आवाज मिथिलाका चर्चित गायक तेजु मैथिल र सुषमा झाको रहेको छ भने मनिषा चौधरीले निर्माण गरेको म्युजिक विडियोको निर्देशन मोडेल तथा निर्देशक प्रदिप कुमार रसाइलीले गरेका छन्। यस म्युजिक विडियोमा

    • प्रकाशित मितिः असोज २४, २०७८
    • २८५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२