X Sharama Funecure

खेलकुद

    Showing ३१-४० of ९७ items.
  • प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा आयोजक टिम प्रथम

    सिरहा, माघ १३ गते । सिरहाको धनगढीमाई नगरपालिकास्थित निर्मल लामा कवर्ड हलमा संचालित प्रथम धनगढीमाई मधेश प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा सात स्वर्ण पदक सहित आयोजक टिम प्रथम भएका । त्यसैगरी चार स्वर्ण पदक सहित धनुषा जिल्ला तेक्वाण्डो टिम दोस्रो र दुई स्वर्ण पदक सहित सर्लाही जिल्ला तेक्वान्दो टिम तेस्रो भएका छन् ।  प्रतियोगितामा प्रथम हुनुभएका आयोजक टिम नगर स्तरीय तेक्वान्दो विकास समिति धनगढी सिरहाका सात स्वर्ण पदक विजेताहरु महिला तर्फ ३८ के.जी. तौल समूहका सन्तोषी कुमारी महतो र पुम्से तर्फ सोहाना सिंह दनुवार रहेका छन् भने पुरुषतर्फ ५० के.जी. सुदिप मगर, ५४ के.जी.का अनिष कुमार यादव,

    • प्रकाशित मितिः माघ १३, २०८०
    • ८६० पटक पढिएको
  • मधेश प्रदेश स्तरीय तेक्वाण्डो प्रतियोगिता

    सिरहा,माघ १२ गते । सिरहाको धनगढीमाई नगरपालिकास्थित निर्मल लामा कभर्ड हलमा आजदेखि प्रथम धनगढीमाई मधेश प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ ।आज एक कार्यक्रमका बीच उद्घाटन भएको खेललाई सम्बोधन गर्नुहुँदै नगरपालिकाका पूर्व नगर प्रमुख हरिनारायण चौधरीले खेलको माध्यमबाट स्वास्थ्यको लाभसँगै राष्ट्रलाई पनि चिनाउने अवसर प्रदान गर्ने भएकाले यसलाई जगेर्ना  गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । नगरपालिकाका नगर उप प्रमुख संगीता चौधरीले स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद नारा दिएर शुरु भएको खेल निष्पक्ष एवम् मर्यादित ढंगले संचालन गर्न आयोजकलाई आग्रह गर्नुभयो ।धनगढीमाई नगरप

    • प्रकाशित मितिः माघ १२, २०८०
    • २८८ पटक पढिएको
  • मेयर कपमा मलिथम उदयपुरको विजयी सुरुवात

    राजविराज, १२ माघ । सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा  आज देखि पाँचा मेयरकप २०७९ फुटबल प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिताको आज सम्पन्न उद्घाटन खेलमा मलिथम फुटबल टिम उदयपुर विजयी भएको छ । शम्भुनाथ फुटबल क्लब शम्भुनाथलाई एकका बिरुद्ध दुई गोल अन्तरले पराजित गर्दै मलिथम फुटबल टिम विजयी भएको हो । दोश्रो हाफको १५ औं मिनेटमा शम्भुनाथ क्लबले गोल गर्दै सुरुवाती अग्रता लिएको थियो । तर दोश्रो हाफको २६ औं मिनेटमा मलिथमले गोल गरी खेललाई बराबरीको अवस्थामा पु¥एको थियो । खेल सकिन केही मिनेट मात्र बाँकी रहदाँ मलिथमले दोश्रो गोल गरी खेल आफ्नो पक्षमा पारेको थियो । प्रतियोगिता

    • प्रकाशित मितिः माघ १२, २०८०
    • ८२५ पटक पढिएको
  • मेयर गोल्डकप फुटबलको उपाधी मानिथम उदयपुरलाई

     राजविराज, १८ पुस । सप्तरीको खडक नगरपालिका ३ कंचिरामा सञ्चालित पाँचौ मेयर गोल्डकप फुटबल प्रतियोगिताको उपाधी  मानिथम फुटबल क्लब उदयपुरले हात पारेको छ ।प्रतियोगिता अन्तर्गत आज सम्पन्न फाइनलमा बिराटनगर स्पोर्टस एकेडेमी मोरंगलाई टाईब्रेकरमा तीनका बिरुद्ध पाँच गोल अन्तरले पराजित गर्दै मानिथम टिमले उपाधी हात पारेको हो । अत्यन्तै प्रतिष्पर्धात्मक खेलको पहिलो हाफको १५ औं मिनेटमा बिराटनगरका सुमन चौलागाईले डिबक्स भित्रबाट आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाएको थियो । त्यसको ३ मिनेट नबित्दै मानिथम फुटबल क्लबका खेलाडीले गरेको प्रहार जोगाउन खोज्दा बल  बिराटनगर तर्फको गोल पोष्टको जाली चु

    • प्रकाशित मितिः पुस १९, २०८०
    • २०४ पटक पढिएको
  • कंचिरामा मेयर गोल्डकप फुटबल प्रतियोगिता सुरु

    राजविराज, ८ पुस । सप्तरीको खडक नगरपालिका ३ कंचिरामा आजदेखि मेयर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।खडक नगरपालिकाको सहयोगमा बाईज युनियन फुटबल क्लब कंचिराको आयोजनामा सुरु भएको प्रतियोगितामा मानिथम फुटबल टिमले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा समशेरपुर टिमलाई शून्यका बिरुद्ध एक गोल अन्तरले पराजित गर्दै मानिथम फुटबल टिमले विजयी सुरुवात गरेको हो । प्रतियोगिता अन्तर्गत भोलीको खेल मोरङ्गको बिराटनगर र सिरहाको गोलबजार बीच हुने जनाएको छ ।  खडक नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको सो प्रतियोगिता पुस १८ गतेसम्म सञ्चालन हुने आयोजक समि

    • प्रकाशित मितिः पुस ८, २०८०
    • १४७ पटक पढिएको
  • मदरल्याण्ड स्कुलमा कक्षा डेकोरेशन प्रतियोगिता

    वीरगञ्ज, ५ जेठ । वीरगञ्जस्थित मदरल्याण्ड सेकेन्ड्री स्कुलले आज कक्षा डेकोरेशन प्रतियोगिता आयोजना गरेको छ ।बार्षिक शैक्षिक क्यालेन्डर अनुसार विद्यालयले आयोजना गरेको सो प्रतियोगितामा कक्षा ३ प्रथम, कक्षा ६ द्वितिय र कक्षा ७ तृतिय भएको विद्यालयले जनाएको छ । विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापको माध्यमबाट शैक्षिक विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगिताका प्रथम, द्वितिय र तृतिय भएका विद्यार्थीहरुलाई प्रमुख अतिथि राष्ट्रिय समाचार समिति पर्साका प्रमुख राजु विश्वकर्माले पुरस्कार वितरण गर्नुभयो ।विद्यालयका प्रिन्सिपल डा. नन्दन कुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा रिपोर्टस क्लब पर्साका अध

    • प्रकाशित मितिः जेठ ५, २०८०
    • २१३ पटक पढिएको
  • राष्ट्रपति रनिंङ शिल्ड प्रतियोगिता

    सिरहा,फाल्गुन १२ गते । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुदको नारा दिंदै आजदेखि सिरहाको लहानमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ । लहान नगरपालिकाद्वारा संचालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लहान नगर क्षेत्रभरि रहेका एघार वटा सामुदायिक विद्यालयका छात्र छात्राहरु सहभागी रहने छ । खेलको उद्घाटन लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद चौधरीले गर्नुभएको छ । आजको उद्घाटन खेल अन्तर्गत भलिवल प्रतियोगितामा पुरुषतर्फ पशुपति आर्दश माध्यमिक विद्यालयले जित हासिल गरेका छन् भने महिलातर्फ खेलाइएको खेलमा सगरमाथा मा.वि. ढोढनाले जित आफ्नो पोल्टामा पारेका हुन् । त्यसैगरी पुरुषतर्फ

    • प्रकाशित मितिः फागुन १२, २०७९
    • ३०३ पटक पढिएको
  • राजर्षि जनक कप आजदेखि हुने,जावलाखेल युथ क्लब र नेपाल एपीएफ क्लब आमनेसामने

    सर्लाही,माघ २५ गते । राजर्षि जनक कप फुटबल प्रतियोगिताको सातौं संस्करण आज बुधबार सुरु हुँदै छ । वाग्मती युवा क्लब सर्लाही र वाग्मती नगरपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा पहिलो दिन जावलाखेल युथ क्लब र नेपाल एपीएफ क्लब आमनेसामने हुनेछन् । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम बनाइएको प्रतियोगिताको पहिलो खेलका क्रममा वाग्मती नगरपालिकाभित्र सार्वजनिक विदा दिनुका साथै टिकट निःशुल्क गरिएको वाग्मती नगरपालिका नगर खेलकुद संयोजक सागर मैनालीले जानकारी गराए । आयोजकले अन्य दिनको टिकट शुल्क १०० र २०० राखेको छ ।सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा हुने प्रतियोगिता

    • प्रकाशित मितिः माघ २५, २०७९
    • २६६ पटक पढिएको
  • गोलबजार स्पोर्ट क्लव विजयी

    सिरहा,माघ २४ गते । सिरहाको लहान नगरपालिका वडा नं. २२ गमहरीयामा सलहेश यूथ क्लवद्वारा आयोजित प्रथम गोल्ड कपको फाईनल पेनाल्टी खेलमा गोलवजार स्पोर्ट कल्वले गाईघाट फुटवल टिम गाईघाटलाई ३ का विरुद्ध ४ गोलले जित हासिल गरेको छ । विजयी गोलबजार स्पोर्ट क्लवलाई एकावन्न हजार नगद र दोस्रो हुने गाईघाट फुटवल कबल्वलाई सताईस हजान नगद ट्रफी तथा मेडल प्रदान गरेको थियो ।माघ १६ गतेदेखि संचालन भएको खेलमा सिरहा, ससप्तरी,  उदयपुर,धनुषा र सिन्धुली गरी ८ वटा टिमको सहभागिता रहेको आयोजकले जनाइएको छ । 

    • प्रकाशित मितिः माघ २४, २०७९
    • ३७६ पटक पढिएको
  • मेयर कप अन्तर्गत मैत्रीपुर्ण महिला फुटबलमा मझौ बिजयी

    राजविराज,  ५ माघ । शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा  सञ्चालित चौथो मेयरकप २०७९ फुटबल प्रतियोगिता अन्तर्गत बिहीवार छुट्टै मैत्रीपुर्ण फुटबल खेल सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत आज बिहीवार भएको शम्भुनाथ नगरपालिकाको मेयर ११ र प्रशासकीय ११ बीचको मैत्रीपुर्ण खेलमा मेयर ११ शुन्यका बिरुद्ध एक गोल अन्तरले बिजयी भएको छ । मेयर ११ को नेतृत्व शम्भुनाथ नगरपालिकाका नगर प्रमुख जितेन्द्र प्रसाद गुप्ताले र प्रशासकीय अधिकृतको ११ को नेतृत्व प्रमुख प्रशासकीय अधिकृत राजकुमार दासले गर्नुभएको थियो । यस्तै बिहीवारै भएको शम्भुनाथ नगरपालिका भेट्रान र लहान भेट्रान बीचको मैत्रीपु

    • प्रकाशित मितिः माघ ६, २०७९
    • २०३ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२