राजविराज, ८ पुस । सप्तरीको खडक नगरपालिका ३ कंचिरामा आजदेखि मेयर गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।

खडक नगरपालिकाको सहयोगमा बाईज युनियन फुटबल क्लब कंचिराको आयोजनामा सुरु भएको प्रतियोगितामा मानिथम फुटबल टिमले विजयी सुरुवात गरेको छ । 

प्रतियोगिताको उद्घाटन खेलमा समशेरपुर टिमलाई शून्यका बिरुद्ध एक गोल अन्तरले पराजित गर्दै मानिथम फुटबल टिमले विजयी सुरुवात गरेको हो । प्रतियोगिता अन्तर्गत भोलीको खेल मोरङ्गको बिराटनगर र सिरहाको गोलबजार बीच हुने जनाएको छ ।  

खडक नगरपालिकाका प्रमुख जयप्रकाश चौधरीले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको सो प्रतियोगिता पुस १८ गतेसम्म सञ्चालन हुने आयोजक समितिका सन्तोष कुमार चौधरीले जानकारी दिनुभयो । 

कुल १० टिम सहभागि सो प्रतियोगिताको बिजेताले रु. ५१ हजार नगद तथा कप प्राप्त गर्ने छन् भने उपबिजेता टिमले रु. ३१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।