काठमाडौँ,कात्तिक ६ गते– नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा ब्याजदर नबढ्ने बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घको प्रतिनिधि मण्डलसँगको भेटमा गभर्नर अधिकारीले ब्याजदर स्थिर राख्ने र औद्योगिकीकरणलाई प्रवद्र्धन गर्नेगरी नीतिगत व्यवस्था गर्ने बताउनुभएको हो ।वाणिज्य बैङ्कहरूले निक्षेपमा ब्याजदर बढाइरहेको र चालू आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको समय पनि नजिकिइरहेका बेला परिसङ्घका अधिकारीले गभर्नर अधिकारीलाई भेटेका हुन् । बैङ्क तथा वित्तीय संस्थाहरूमा अस्वस्थ प्रतिस्पर्धा देखिएको बताउँदै उहाँले त्यसलाई कम गर्न राष्ट्र बैङ्कले नयाँ निर्देशिका जारी गरेको
वीरगन्ज,कार्तिक ५ गते । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ९ बडेर्वाबाट प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ। बडेर्वा स्थित नन्दलाल दासको गोठमा बिहीबार राति रकमको हारजित हुने गरी जुवा ९तास० खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको हो। विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कर्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेकै अवस्थामा उनीहरुलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नम्बर ३ का ३० वर्षीय कोशीया ठाकुर, २६ वर्षीय वीरेन्द्र सहनी, २९ वर्षीय सुरेश साह, वडा नम्बर १ का २४ वर्षीय
सिरहा,कार्तिक ५ गते । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार बजारमा सुनको मूल्य स्थिर रहेको छ । बिहीबार तोलामा ३०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा सुनको मूल्य शुक्रबार पनि सोही मूल्य कायम भएको हो । तर, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको छ । गत बिहीबार प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले सस्तिँदै एक हजार २५० रुपैयाँमा झरेको हो ।
काठमाडौं ,कार्तिक ५ गते । बैंक तथा वित्तीय संस्थाको निक्षेपको असर सहकारीमा परेको छ। बैंकहरूले अस्वाभाविक ढंगले निक्षेपको ब्याज बढाएपछि सहकारीबाट चार अर्ब रकम बाहिरिएको छ। बैंकहरूले निक्षेपमा ११ प्रतिशतसम्म ब्याज दिएपछि सहकारीबाट रकम झिकिएको हो। प्रारम्भिक सहकारीका साथै राष्ट्रिय सहकारी बैंक, नेपाल तथा ऋण सहकारी संघ ९नेफ्स्कुन० बाट पैसा झिकेर बढी ब्याज दिने बैंकमा पैसा गएको हो। सहकारीका अधिकांश सदस्य बैंकका ग्राहक पनि छन्। बैंकले राम्रो अफर ल्याएपछि सहकारीबाट अस्वाभाविक ढंगले निक्षेप झिकिएको सहकारीकर्मी स्वीकार्छन्। नेफ्स्कुनका कार्यवाहक अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय सं
सिरहा,कार्तिक ४ गते । बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। महोत्तरी भगाहा गाउँपालिका वडा नम्बर ३ घर भई भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोल बस्ने रामनाथ सिंह पक्राउ परेका हुन्। उनलाई ब्युरोको टोलीले बुधबार पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। सिंहले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानी(जानी २०७६ बैशाख १० गते प्रभु बैंक लिमिटेड शाखा कार्यालय भक्तपुरको चेक काटेर जाहेरवाललाई दिएका थिए।सो चेक बाउन्स भएपछि पीडितले दिएको जाहेरीमा उच्च अदालत पाटनले २०७७ माघ २० गते उनलाई चार दिन कैद र ११ लाख जरि
सिरहा,कार्तिक ४गते । तास खेलिरहेको अवस्थामा होटल सहित संचालक ७ जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका(६ गोदाम लाईनस्थित सम्राट होटेलमा तास खेलिरहेको अवस्थामा होटल संचालक सोही ठाउँ बस्ने २९ वर्षीय सुरेन्द्र शाही लगायत ७ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो। उक्त होटलमा जुवातास खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले छ । उनीहरूलाई नगद ७४ हजार ३ सय ७५ रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । त्यसतै ललितपुर, ललितपुर महानगरपालिका(२३ हात्तिवनस्थित टहरोमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने मोरङ सानेपोखरी गाउँपालि
भक्तपुर,कर्तिक गते४–भक्तपुरमा स्रोत नखुलेको ८० लाख नगदसहित एकजना पक्राउ परेका छन्। मध्यपुर ठिमी नगरपालिका((१ लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रूपैयाँसहित काठमाडौं कोटेश्वर बस्ने बाग्लुङ गल्कोट नगरपालिका(१० पाण्डवखानी घर भएका ३६ वर्षीय चित्रबहादुर पुन मगरलाई बुधबार राति पक्राउ गरेको हो ।लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोवार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले मगरलाई बा ४९ प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रूपैयाँसहित नियन्त्रणमा लिइ अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप ५० लाख रूपैयाँ फेला पारेको प्रहरीले जनाएको छ ।उनलाई आवश्यक
सिरहा,कार्तिक ४ गते । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ ९१ हजार ७०० रुपैयाँ तोकिएको छ । जुन बुधबारको तुलनामा तीन सय रुपैयाँले बढी हो ।आज तेजावी सुनको भाउ ९१ हजार २०० रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले वृद्धि भएर १२६० रुपैयाँका कारोबार भइरहेको छ भने बुधबार एक हजार २३५ रुपैयाँ तोलामा चाँदीको कारोबार भएको भएको थियो । अनलाई खवरबाट साभार
काठमाडौं,कार्तिक ३ गते–नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले बाढी पहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।बाढी पहिरोमा फसेकाहरुको उद्धारमा खटिन तीनै तहका सरकारलाई परिचालित हुन समेत निधिले ध्यानाकर्षण गराएका छन् ।‘बाढीका कारण जोखिममा परेका व्यक्तिहरुलाई तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गर्दै राहत र क्षतिपूर्तिको व्यबस्था मिलाउन संघीय सरकारको ध्यानाकर्षण गराउँन चाहन्छु’, निधिले बक्तव्यमा लेखेका छन् ।उनले अविरल वर्षाका कारण धानबाली नष्ट भएका किसानलाई राहतको व्यवस्था गर्न पनि माग गरेका छन्
काठमाडौं,कात्तिक ३ गते । स्मार्ट च्वाइस टेक्नोलोजी ९एससीटी० को क्यूआर पेमेन्ट शुरु भएको छ । डिजिटल बैंकिङका लागि ज्युँदो इतिहासको रुपमा रहेको एससीटीले ग्राहकहरुलाई भरपुर सुविधा दिने गरी क्यूआर पेमेन्टको शुरुवात गरेको हो ।विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाको प्राप्तिमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहज र एकीकृत गर्न सक्ने गरी यस किसिमको क्विक रेस्पोन्स कोड पेमेन्ट प्लेटर्फम स्मार्ट क्यूआर सञ्चालनमा ल्याएको कम्पनीले बताएको छ ।स्मार्ट क्यूआरको सञ्चालनमा आईएमई(पे, प्रभु(पे, क्यू(पे जस्ता स्वदेशी भुक्तानी सेवा प्रदायक, ग्लोबल आईएमई बैंक र अन्तर्राष्ट्रिय संस्था युनियन(पे इन्टरनेशनलको समेत सहका
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.