सिरहा,कार्तिक ५ गते ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार बजारमा सुनको मूल्य स्थिर रहेको छ ।  बिहीबार तोलामा ३०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा सुनको मूल्य शुक्रबार पनि सोही मूल्य कायम भएको हो । 

तर, चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको महासंघले जनाएको छ । 

गत बिहीबार प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले सस्तिँदै एक हजार २५० रुपैयाँमा झरेको हो ।