सिरहा,कार्तिक ४ गते । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ ९१ हजार ७०० रुपैयाँ तोकिएको छ । जुन बुधबारको तुलनामा तीन सय रुपैयाँले बढी हो ।

आज तेजावी सुनको भाउ ९१ हजार २०० रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले वृद्धि भएर १२६० रुपैयाँका कारोबार भइरहेको छ भने बुधबार एक हजार २३५ रुपैयाँ तोलामा चाँदीको कारोबार भएको भएको थियो । अनलाई खवरबाट साभार