भक्तपुर,कर्तिक गते४–भक्तपुरमा स्रोत नखुलेको ८० लाख नगदसहित एकजना पक्राउ परेका छन्। मध्यपुर ठिमी नगरपालिका((१ लोकन्थलीबाट स्रोत नखुलेको ८० लाख रूपैयाँसहित काठमाडौं कोटेश्वर बस्ने बाग्लुङ गल्कोट नगरपालिका(१० पाण्डवखानी घर भएका ३६ वर्षीय चित्रबहादुर पुन मगरलाई बुधबार राति पक्राउ गरेको हो ।

लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोवार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले मगरलाई बा ४९ प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रूपैयाँसहित नियन्त्रणमा लिइ अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप ५० लाख रूपैयाँ फेला पारेको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक कारवाहीका लागि सम्पत्ति शुद्धिकरण विभाग हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ