सिरहा,कार्तिक २२ गते । अबैध रुपमा लुकाई छिपाई राखेको अबस्थामा ठुलो परिमाणका साल (सखुवा) चिरान डिभिजन वन कार्यालय सिरहाले बरामद गर्नुभयो ।विशेष सूचनाको आधारमा मिर्चैया नपा ९ पुलिसपट्टाबाट जंगलमा ल्याई भाडीमा लुकाई छिपाई ल्याउँदै गरेको अबस्थामा ५१ थान सखुवाको चिरान बरामद गरेको हो ।चुरेक्षेत्रको बाटोहुँदैै अवैधरुपमा तस्करहरुले काठ ल्याउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा त्यहाँ पुगेका सव डिभिजन वन कार्यालय मिर्चैया, चोर्हवा र जिल्लाका सशस्त्र वन रक्षकको टोलिले काठ बरामद गरेको डिभिजन वन कार्यालय लहानका डिभिजनल वन अधिकृत सुभाष चन्द्र दासले जानकारी दिए ।उनले बरामद काठ जङ्गलक्षेत्रमा यत्रतत्र छरिएको
सिरहा, कार्तिक २० गते । बेमौसमी वर्षाले फुलका बोटहरुलाई नष्ट गरिदिंदा सिरहाका विभिन्न ठाउँमा फुल खेती लगाइएका कृषकहरु चिन्तित बनेका छन् । वर्षाले फुल खेतीलाई नष्ट पारिदिंदा नजिकिंदै गरेको दीपावली र छठ पर्वको लागि फुलको मागलाई परिपूर्ति गर्न अन्यत्रबाट फुल आयात गर्नुपर्ने वाध्यताका रहेको कपिलदेव नर्सरीका संचालक राम चौधरीले वताउनुभयो ।सिरहास्थित धनगढीमाई नगरपालिकामा दर्जनभन्दा बढी फुल नर्सरी रहेका छन् । फुलको लागि प्रख्यात रहेको धनगढीमा यसअघि दशैं, तिहार र छठ पर्वको लागि स्थानीय स्तरमा उत्पादन भएको फुलबाट परिपूर्ति हुनुको साथै दुर दराजको ठाउँबाट फुलको मागलाई समेत पूर्ति गरिरहेको थियो । 
इलाम, कार्तिक १९ गते । इलामको देउमाइ नगरपालिका २ महबिरका चन्द्रप्रसाद पौडेलको घरमा बिहिबार साँझ आगलागि हुँदा ६१ लाख बढी रुपियाँको क्षती भएको अनुमान गरिएको छ ।बिद्युत सट भई आगलागि हुँदा ढुंगा, माटो, काठ र टिनले बनेको दुई तले घरसहित नगद र सरसामान जलेर नष्ट हुँदा ६१ लाख ५ हजार ५ सय बराबरको क्षती भएको पीडितले जनाउनुभएको हो । आगलागी हुँदा घरभित्र भएको किराना पसल, दुध डेरीसहित नगद, सुन चाँदी खाद्यान्न र लत्ताकपडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । प्रहरी र स्थानीयले राती ९ बजे आगो नियन्त्रणमा लिएका थिए ।आगलागिबाट नगद ५ लाख, सुुन १० तोलाको ९ लाख २० हजार, चामल ३० बोरा ७५ हज
बुटवल,कार्तिक १९ गते – कपिलवस्तुमा जुवा खेल्दै गरेका ३१ जना पक्राउ परेका छन् । जिल्लाको दुई ठाउँबाटा ६ लाख बढी नगदसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।जिल्लाको बाणगंगा नगरपालिका(१ बैरियास्थित किशोरजङ्ग पुनको घरबाट १९ जना र वडा नंं २ को लेकबेसी होटेलबाट १२ पक्राउ परेका हुन् ।इलाका प्रहरी कार्यालय पिपराको गस्ती टोलीले गएराति दुई स्थानका जुवा खालबाट ६ लाख १९ हजार १२७ रुपैयाँ नगदसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ परेकाहरू स्थानीय उद्योगी व्यापारी भए पनि प्रहरीले नाम सार्वजनिक गरेको छैन ।पक्राउपछि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका उनीहरूलाई मुलुकी अपराध संहिता दफा १२५
सिरहा,कार्तिक १७ गते – नेपालले पहिलो चरणमा ३९ मेगावाट विद्युत् भारतमा निर्यात सुरु गरेको छ ।गएराति १२ बजेदेखि ढल्केबर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट विद्युत् निर्यात सुरु गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । यसअघि यो लाइनबाट विद्युत् आयात हुँदै आएको थियो । अस्ति मात्रै नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् व्यापारका लागि अनुमति पाएको थियो । यो अनुमति पाएसँगै नेपाल र भारतबीचको विद्युत् व्यापार नयाँ चरणमा प्रवेश गरेको छ । प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालमा रहेका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट व
सिरहा,कार्तिक १४ गते - आज साताको पहिलो कारोबार दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार सुनको मूल्य घटेको बताएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै, आजका लागि तेजाबी सुनको कारोबार मूल्य प्रतितोला ९१ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम थियो । सुनको मूल्यसँगै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको प्रतितोला मूल्य १२ सय ४० रुपैयाँ कायम छ । गत साताको शुक्रबार
सिरहा,कार्तिक १३ गते । नेपाल आयल निगमले शुक्रबार पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा ३ रुपैयाँको दरले बढाएका हुन् । अब साविकको मूल्य भन्दा पेट्रोल प्रति लिटर १३३ रुपैयाँ, डिजल र मट्टितेल प्रतिलिटर ११६ कायम भएको छ । त्यसैगरी खाना पकाउने ग्याँस पनि प्रति सिलिण्डर ५० रुपैयाँ बढाएपछि एक सिलिण्डर ग्याँसको एक हजार पाँच सय रुपैयाँ पुगेको छ । त्यसैगरी हवाई इन्धनमा पनि प्रतिलिटर १० रुपैयाँको दरले बढाएको जनाइएको छ ।क्रमिक रुपमा यसरी सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएपछि खाद्यान्न, लत्ताकपडा लगायतमा मूल्य पनि बृद्धि हु
मोरङ,कार्तिक १२ गते – बिराटनगर महानगरपालिका–१८ भेडियारीबाट स्रोत नखुलेको नगद ८ लाख २० हजार रुपैयाँ सहित झापा बिर्तामोड नगरपालिका–३ बस्ने ३४ वर्षीय उमेश साहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको को.२९ प. ८६४० नम्बरको स्कुटरलाई अस्थाई प्रहरी पोष्ट भेडियारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कुटरको डिकीमा लुकाई ल्याउँदै गरेको उक्त रुपैयाँ फेला पारी उनलाई पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान क्षेत्रीय कार्यालय ईटहरी सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ
रौतहट,कार्तिक १२ गते – रौतहटको मध्यभागमा गरुडा स्थित साह ट्रेड कन्सर्नमा आगलागी भएको छ ।गरुडा नगरपालिका– ४ मा रहेको साहु ट्रेड कन्सर्न हार्डवेयर पसलमा शुक्रबार बिहान साढे ४ बजे विद्युतको तार सर्ट भएर आगलागी भएको हो । आगो नियन्त्रणमा आइसकेको रौतहटका सिडियो कृष्ण बहादुर शाहीले जानकारी दिएका छन् । उनका अनुसार २ वटा दमकलको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी ,सशस्त्र प्रहरीको टोलीले आगो निभाएका थिए ।इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीका अनुसार आगलागी हुँदा घरसहित घरमा भएका सम्पूर्ण समाग्री जलेर नष्ट भएको छ । आगलागीबाट १० करोड बढीको क्षति भएको हुन सक्ने अनुमान गरिएको डि
काठमाडौं, कात्तिक १२ गते – नेपालमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले गिरावट भएको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएकामा बिहीबार प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ५०० रहेकामा बिहीबार प्रतितोला रु ९१ हजार ९००मा कारोबार भएकोे थियो ।यसैगरी आज चाँदी बिहिबारको तुलनामा प्रतितोला रु पाँच घटेर रु एक हजार २४५ कायम भएको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो । छापावाल सुन यो साताको मङ्गलबार अधिकतम रु ९२ हजार ६०० मा कारोबार भए
Copyright © 2021 / 2026 / purbanchalexpress.com / All Rights Reserved.