सिरहा, कार्तिक २० गते । बेमौसमी वर्षाले फुलका बोटहरुलाई नष्ट गरिदिंदा सिरहाका विभिन्न ठाउँमा फुल खेती लगाइएका कृषकहरु चिन्तित बनेका छन् । 

वर्षाले फुल खेतीलाई नष्ट पारिदिंदा नजिकिंदै गरेको दीपावली र छठ पर्वको लागि फुलको मागलाई परिपूर्ति गर्न अन्यत्रबाट फुल आयात गर्नुपर्ने वाध्यताका रहेको कपिलदेव नर्सरीका संचालक राम चौधरीले वताउनुभयो ।

सिरहास्थित धनगढीमाई नगरपालिकामा दर्जनभन्दा बढी फुल नर्सरी रहेका छन् । फुलको लागि प्रख्यात रहेको धनगढीमा यसअघि दशैं, तिहार र छठ पर्वको लागि स्थानीय स्तरमा उत्पादन भएको फुलबाट परिपूर्ति हुनुको साथै दुर दराजको ठाउँबाट फुलको मागलाई समेत पूर्ति गरिरहेको थियो । 

phul2

विशेषतः चाडपर्व, उत्सवमा अत्यधिक रुपमा फुलको माग हुने गरेको छ । स्थानीयमा फुलको उत्पादन कमी भएपछि यसपल्टको छठ पर्व मनाउन स्थानीयलाई गत वर्षको तुलनामा महंगो मूल्यमा फुल किन्नुपर्ने वाध्यता रहेको छ ।